६ बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रेस चौतारी पाल्पाको घुम्ती बैंठक
आइतबार, पुस १, २०८०

प्लास्टिकका सामग्रीले चुँदारा समुदायको पेसा संकटमा
आइतबार, पुस १, २०८०
गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा पछिल्लो समय संकटमा परेको छ । चुँदारा समुदायले विगतदेखि परम्परागत रुपमा काठबाट कुँदिएका सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए ।

आज विवाह पञ्चमी
आइतबार, पुस १, २०८०
त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको सम्झनामा आज देशभर विवाह पञ्चमी महोत्सव मनाइँदैछ । द्धत्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधाममा भगवान सीता र रामको विवाह भएको मान्यताका आधारमा उत्सव मनाउने गरिएको हो ।

आज राष्ट्रिय झण्डा दिवस मनाइँदै
आइतबार, पुस १, २०८०
राष्ट्रिय एकताको प्रतीकका रुपमा रहेको झण्डाको सम्मानमा आज छैठौं राष्ट्रिय झण्डा दिवस मनाइँदैछ । झण्डालाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेको दिनको सम्झनामा हरेक वर्षको डिसेम्वर १६ अर्थात् पुस १ गतेका लिन यो दिवस मनाउने गरिएको हो ।

निर्वाचनमा हार्न तयार छौं तर अर्को दललाई भोट हाल्न लगाउने गल्ती गर्दैनौं : महामन्त्री थापा
शनिबार, मंसिर ३०, २०८०
,नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले काँग्रेसका कार्यकर्तालाई अर्को दलको चिन्हमा भोट हाल्न लगाउने गल्ती नगर्ने बताएका छन् ।

टिपरको ठक्करबाट दाङमा दुईको मृत्यु
शनिबार, मंसिर ३०, २०८०
घोराही–तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका–१० नारायणपुरको झारबैरा चोकमा शुक्रबार राति दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।

चिसोबाट ३४ भूकम्पपीडितको ज्यान गयो
शनिबार, मंसिर ३०, २०८०
जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित पीडितहरुले अहिले चिसो र झाडापखालाका कारण ज्यान गुमाउन बाध्य भएका छन् । प्रभावितहरुका लागि अहिलेसम्म अस्थायी आवास निर्माण हुन नसक्दा खुला आकाशमै बस्न बाध्य भएका भूकम्पपीडितहरूले अहिले चिसोका कारण ज्यान गुमाउनुु परेको हो ।

लागुऔषसहित दुईजना पक्राउ
शुक्रबार, मंसिर २९, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध हतियार तथा लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

काँग्रेस महासमिति बैठक फेरि सर्यो
शुक्रबार, मंसिर २९, २०८०
नेपाली काँग्रेसले फेरि पनि महासमिति बैठकको मिति सारेको छ । पुसमा हुने भनिएको महासमिति बैठक काँग्रेसले फागुनका लागि पुन सारेको हो ।

रिपोर्ट नेपालका सम्पादक पाण्डेयको निधन
शुक्रबार, मंसिर २९, २०८०
‘रिपोर्ट नेपाल’ अनलाइनका सम्पादक एवं क्रियाशिल पत्रकार महेन्द्रप्रसाद पाण्डेको ५३ वर्षको वर्षको उमेरमा निधन भएको छ । बिहीबार एक होटलमा विवाह समारोहमा सहभागी भएका पाण्डे अकस्मात विरामी भई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

गुल्मीका किसान मौरीपालनमा आकर्षित
शुक्रबार, मंसिर २९, २०८०
गुल्मीको ग्रामीण भेगका किसान पछिल्लो समयमा मौरीपालनमा आर्कषित हुन थालेका छन् । मौरीपालनबाट कम लगानीमा धेरै आम्दानी हुने भएपछि मौरीपालन गर्ने किसानको संख्या बढ्न थालेको हो ।