भण्डारी समाज नेपालको केन्द्रीय सदस्यमा पाल्पाका शंकर निर्वाचित
सोमबार, मंसिर ३, २०८१
पूर्वसभामुख ढुंगानाको निधनप्रति पाल्पा काँग्रेस सभापति श्रेष्ठद्वारा श्रद्धाञ्जली व्यक्त
सोमबार, मंसिर ३, २०८१
नेपाली काँग्रेसका पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
सडकको पहुँचले मलैबासीलाई सहज
सोमबार, मंसिर ३, २०८१
दाङको विकट भनिने बबई गाउँपालिका–७ मलैबासीका लागि अहिले विगतमा जस्तो दुःख छैन । विगतमा सडकको सहज पहुँच नहुँदा स्ट्रेचर वा डोकोमा बोकेर बिरामीलाई अस्पताल लैजानुपथ्र्यो । बीचबाटोमा जङ्गल भएकाले जनावरको पनि उत्तिकै डर हुन्थ्यो । तर, अहिले सडकको पहुँचले धेरै सहज भएको छ ।
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा
सोमबार, मंसिर ३, २०८१
पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
पूर्वसभामुख ढुङ्गानाको निधन
सोमबार, मंसिर ३, २०८१
पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा उनको आइतबार दिउँसो १ः३० बजे निधन भएको ढुङ्गानाका स्वकीय डा रुद्र शर्माले जानकारी दिए ।
लुम्बिनी प्रदेशमा कहाँ–कहाँ हुँदैछ उपनिर्वाचन ?
सोमबार, मंसिर ३, २०८१
स्थानीय तह उपनिर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशका रिक्त पदमा मंसिर १६ गते चुनाव हुँदैछ । विभिन्न कारणले रिक्त रहेका यहाँका स्थानीय तहमा ६ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
सोमबार, मंसिर ३, २०८१
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार डोटी, कैलाली, झापा र मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको हो ।
मणिमुकुन्द सहकारीले मनायो २३ औं वार्षिक साधारण सभा
सोमबार, मंसिर ३, २०८१
तानसेनमा रहेको मणिमुकुन्द बचत तथा ऋण सहकारी संस्थाले २३ औं वार्षिक साधारण सभा मनाएको छ । सहकारीले भव्य समारोहकाबिच साधारण सभा मनाएको हो ।
रामपुरमा महिला मृत फेला
आइतबार, मंसिर २, २०८१
जिल्लाको रामपुरमा एक महिला मृत फेला परेकी छन् । रामपुर नगरपालिका–३, बगाहादेखि सीताकुण्ड जाने कच्ची सडक खण्डको पश्चिम पट्टी नालीमा सोही ठाँउका डिलबहादुर सारुको श्रीमति ६५ वर्षीय सुकमाया गिरी सारु शनिबार साँझा अचेत अवस्थामा फेला परेकी थिइन् ।
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
आइतबार, मंसिर २, २०८१
आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिईन ।
स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको मनोनयन दर्ता हुँदै
आइतबार, मंसिर २, २०८१
यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारहरूको मनोनयन पत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले मनोनयन पत्र दर्ता गराउन सक्नेछन् । आज बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको...
पाल्पाबाट सुरु भयो पुस्तक व्यवसायी महासंघको ‘राष्ट्रिय जागरण अभियान’
शनिबार, मंसिर १, २०८१
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले पाल्पाबाट ‘राष्ट्रिय जागरण अभियान’ प्रारम्भ गरेको छ । महासंघले व्यवसायीहरुबिचको सम्बन्धलाई थप मजबूद बनाई महासंघलाई गतिशिल र चलायमान बनाउने उद्देश्यले ‘राष्ट्रिय जागरण अभियान’ शनिबारदेखि प्रारम्भ गरेको हो ।
पाल्पा साहित्य समाजले गर्यो साहित्यकार र कलाकारलाई सम्मान
शनिबार, मंसिर १, २०८१
पाल्पा साहित्य समाजले साहित्यकार र कलाकारलाई विभिन्न पुरस्कारबाट सम्मान गरेको छ । समाजले शनिबार १७५ औं छविलाल नेपाल जन्मजयन्ती, १२१ औं माधव प्रसाद देवेकोटा जन्मजयन्ती तथा ३० औं बार्षिक दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान गरेका ८ जना व्यक्तिलाई सम्मान गरेको हो ।


