Shittalpati
किसान परिचयपत्र उपलब्ध गराउन माग
किसान परिचयपत्र उपलब्ध गराउन माग इच्छाकामनाका किसानले आफूहरूको  पहिचानका लागि परिचयपत्र उपलब्ध गराउन माग गरेका छन् । वास्तविक किसानसम्म अनुदान नपुगेको गुनासो गर्दै उनीहरूले परिचयपत्र उपलब्ध गराउन माग गरेका हुन् ।
छोरी जन्मिए बैंक खातामा पाँच हजार
छोरी जन्मिए बैंक खातामा पाँच हजार स्याङ्जाको गल्याङ नगरपालिकाले आफ्नो नगरभित्र छोरी जन्मिए बैंक खाता खोली नगद पाँच हजार जम्मा गरिदिने कार्यक्रम सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम तथा बजेट विनियोजन गरी उसले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।
सवारी साधनमा ‘रिफ्लेक्टिभ  स्टिकर’ टाँस
सवारी साधनमा ‘रिफ्लेक्टिभ  स्टिकर’ टाँस सवारी दुर्घटना न्यूनीकरणका लागि  जिल्ला प्रहरी कार्यालय बाँकेले सवारी साधनमा ‘ रिफ्लेक्टिभ स्टिकर’ टाँस गरेको छ ।
बस र ट्रक  एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु, २७ घाइते
बस र ट्रक  एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु, २७ घाइते बारामा यात्रुवाहक बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।  कांकड्भिट्टाबाट काठमाडौँ जाँदै गरेको बा ३–००१ ख २५८७ नंको बस र हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना ७ ख ७३०० नंको ट्रक अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक आज विहान एकापसमा ठोक्किएका थिए । 
विषयगत समितिका सभापतिको निर्वाचन हुने मिति तोकियो
विषयगत समितिका सभापतिको निर्वाचन हुने मिति तोकियो लुम्बिनी प्रदेशसभामा विषयगत समितिका सभापति चयनका  लागि निर्वाचन मिति तोकिएको छ । पुस १६ गते विषयगत समितिको सभापतिको उम्मेदवारी दर्ता र १७ गते निर्वाचन गर्ने गरी मिति तोकिएको लुम्बिनी प्रदेश सभाले जारी गरेको सूचनामा उल्लेख छ ।
पर्यटक लोभ्याउने रामपुरको वशिष्ठ गुफा
पर्यटक लोभ्याउने रामपुरको वशिष्ठ गुफा कालीगण्डकी नदीको किनारमा अवस्थित वशिष्ठ गुफा क्षेत्रलाई आकर्षक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने भएको छ । यसका लागि विभिन्न संरचना बनाएर व्यवस्थित गरिन लागिएको छ । पाल्पाको रामपुर नगरपालिका–४ स्थित भुलादीखोलाको भुद्रङ्गघाटमा रहेको गुफालाई स्थानीय सरकारले व्यवस्थित गर्न पछिल्लो समय विभिन्न पूर्वाधार निर्माणमा जोड दिएको छ ।
पूर्वखोलामा जुनियर तथा यूवा रेडक्रस गोष्ठी
पूर्वखोलामा जुनियर तथा यूवा रेडक्रस गोष्ठी जिल्लाको पूर्वखोला गाउँपालिकामा जिल्ला स्तरीय जुनियर तथा यूवा रेडक्रस सर्कल गोष्ठी भएको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको आयोजना र उद्धबुद्ध मावि तथा उद्धबुद्ध कलेजको आतिथ्यतामा गोष्ठी भएको हो ।
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु 
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु  रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–५ स्थित सडकमा लु.१९ प ७४०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई  दुर्घटना हुँदा चालक नवलपरासी बर्दघाट नगरपालिका–४ का २४ वर्षीय पप्पु चमारको मृत्यु भएको हो । 
त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आज
त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आज त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहान ११ बजेदेखि उक्त समारोह सुरु हुनेछ  ।
सुधारिएनन् आप्रवासी कामदारका समस्या
सुधारिएनन् आप्रवासी कामदारका समस्या नेपालसहित विश्वभर आप्रवासी कामदारको हक–अधिकारको वकालत गर्दै हरेक वर्ष डिसेम्बर १८ लाई ‘आप्रवासी कामदार दिवस’को रुपमा मनाइँदै आइएको छ । संयुक्त राष्ट्र संघले ‘सबै आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षणसम्बन्धी महासन्धि’ डिसेम्बर १८, १९९० मा पारित गरेको थियो ।
पुस ७ देखि नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने
पुस ७ देखि नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ । सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो ।
‘समुदायमा काँग्रेस’ अभियान : पुष १६ देखि  गाउँ पस्ने
‘समुदायमा काँग्रेस’ अभियान : पुष १६ देखि  गाउँ पस्ने नेपाली काँग्रेसले सांगठनिक सुदृढिकरणका लागि ‘समुदायमा काँग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । काँग्रेसले आगामी पुस १६ देखि माघ १६ गतेसम्म वडा तहका पार्टी प्रतिनिधि परिचालन गरी अभियान सञ्चालन गर्ने भएको हो ।
Weather Update