नेकपा एमाले पाल्पाको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरू
मंगलबार, माघ २३, २०८०

वर पिपल र पानीका मुहान जोगाउन बाँस हटाउने अभियान
मंगलबार, माघ २३, २०८०
सार्वजनिक जग्गामा लगाइएका बाँसले पानीका मुहान सुक्ने र वर पिपलजस्ता रुखहरु मासिँदै जान थालेपछि यहाँ सार्वजनिक जग्गामा लगाएका बाँस हटाउन सूचना जारी गरेको छ ।

जनताका समस्या र गुनासा सुन्दै समुुदायमा काँग्रेस
मंगलबार, माघ २३, २०८०
सत्तारुढ दल नेपाली काँग्रेस यति बेला समुदायमा व्यस्त छ । काँग्रेस नेताहरु गाउँ–गाउँमा पुगेर जनताका अपेक्षा, सुझाव, गुनासा, समस्या सुन्ने/बुझ्ने काममा दिनहुँ व्यस्त रहेका हुन् ।

संघीय संसद्को हिउँदे अधिवेशन सुरू
मंगलबार, माघ २३, २०८०
संघीय संसद्को हिउँदे अधिवेशन सोमबारदेखि सुरु भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको तेस्रो तथा राष्ट्रिय सभाको पन्ध्रौँ अधिवेशन सुरु भएको हो ।
 (1)1707200041.jpg)
पुल बन्न थालेपछि विद्यार्थी र स्थानीय खुसी
मंगलबार, माघ २३, २०८०
दाङको बबई गाउँपालिका–२ ठूलाचौर गाउँका नागरिक वर्षाको समयमा ट्वाङखोलामा आउने भेलले सधैंँ पीडित हुन्थे । वर्षायाममा आवागमन ठप्प हुँदा गाउँमै बस्नुपथ्र्यो तर अब गाउँलेका दुःखका दिन जाने पक्का भएको छ । लुम्बिनी प्रदेश सरकारको ४६ लाख लागतमा उक्त खोलामा झोलुङ्गे पुल निर्माण हुन थालेपछि स्थानीय खुसी भएका छन् ।

मतदाता नामावलीमा छुुटेकालाई नाम दर्ता गर्न आह्वान
मंगलबार, माघ २३, २०८०
निर्वाचन आयोगले मतदाता नामावलीमा छुटेका योग्य नेपाली नागरिकलाई आफ्नो नाम दर्ता गर्न आह्वान गरेको छ ।

बिना तयारी तानसेन–रानीमहल सडक बन्द गरिएकोमा काँग्रेस सभापति श्रेष्ठको आपत्ति
सोमबार, माघ २२, २०८०
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पूर्व तयारी बिना तानसेन–रानीमहल सडक बन्द गरिएकोमा आपत्ति जनाएका छन् ।

दादुरा–रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो
सोमबार, माघ २२, २०८०
सरकारले दादुरा–रुबेलाविरुद्धको खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले दादुरा–रुबेलाविरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याइएको र दुई लाख ८० हजार मात्रा खोप आउन बाँकी रहेको जानकारी दिए ।

पत्रकार अर्याल सिर्जनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत
सोमबार, माघ २२, २०८०
पाल्पाली पत्रकार माधव अर्याल सिर्जनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । प्रदेशको सातौँ स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले आइतबार राप्ती उपत्यका दाङको देउखुरीमा एक कार्यक्रमका बीच अर्याललाई उक्त पुुरस्कारबाट पुरस्कृत गरेको हो ।

बालिकाको प्रश्न– ‘वडा अध्यक्ष ज्यू ! कहिले बन्छ तानसेन बालमैत्री पालिका ?’
सोमबार, माघ २२, २०८०
जताततैका पालिकाहरु बालमैत्री घोषणा भइरहेका छन्, तानसेन सबै भन्दा पुरानो पालिका हो तर अहिलेसम्म पनि किन बालमैत्री बन्न सकेन ? ‘वडा अध्यक्ष ज्यू ! कहिले बन्छ हाम्रो तानसेन बालमैत्री पालिका ?, अहिलेसम्म के–के तयारीहरु भएका छन् ? बालमैत्री नगरपालिका घोषणा हुँदा हामी जस्ता बालाबलिकाहरुले धेरै अधिकार पाईन्छ रे हो ?’

तानसेनको बसपार्कमा ‘सडक स्वास्थ्य सहायता कक्ष’ स्थापना
आइतबार, माघ २१, २०८०
जिल्लाको सदरमुकाम तानसेनस्थित बसपार्कमा ‘सडक स्वास्थ्य सहायता कक्ष’को स्थापना गरिएको छ । सडकमा हुने बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश सरकारको सहयोगमा कक्ष स्थापना गरिएको हो । कक्षको लुम्बिनी प्रदेश सांसद वीरबहादुर रानाले शुभारम्भ गरेका हुन् ।

शान्ति समाज पाल्पाले भन्यो ‘रुस–युक्रेन, इजरायल–हमास युद्व तत्काल अन्त्य गर’
आइतबार, माघ २१, २०८०
मानव अधिकार तथा शान्ति समाज पाल्पाले रुस–युक्रेन, इजरायल र हमासको युद्वको विरोधमा प्रदर्शन गरेको छ । ‘युद्व निषेध : शान्ति विशेष’ भन्ने अभियान सञ्चालन गरेको समाजले आइतबार तानसेनमा युद्वको विरोध स्वरुप तानसेनमा प्रदर्शन गरेको हो ।

पोखराथोकमा जारी श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ सकियो
आइतबार, माघ २१, २०८०
जिल्लाको बगनासकाली गाउँपालिका–२ पोखराथोकमा जारी तीन दिने श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ सकिएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय पोखराथोक शाखाको आयोजनामा सञ्चालित महायज्ञ शनिबार सकिएको हो ।