Shittalpati
स्याङ्जामा पर्यटन पूर्वाधारका ४५ योजना सञ्चालनमा
स्याङ्जामा पर्यटन पूर्वाधारका ४५ योजना सञ्चालनमा स्याङ्जामा चालु आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माण सम्बन्धी ४५ योजना सञ्चालनमा रहेका छन् । गण्डकी प्रदेश सरकारले स्याङ्जाका ४५ योजना निर्माणका लागि बजेट विनियोजन गरेसँगै पर्यटन पूर्वाधार निर्माण थालिएको हो । 
पाल्पाको रिमिघा लेकमा काँग्रेस महासमिति बैंठक बस्दै 
पाल्पाको रिमिघा लेकमा काँग्रेस महासमिति बैंठक बस्दै  जिल्लाको रम्भा गाउँपालिका २ र ३ स्थित रिमिघा लेकमा नेपाली काँग्रेस पाल्पाको महासमिति बैंठक बस्ने भएको छ । काँग्रेसले संविधान निर्माता, पूर्वप्रधानमन्त्री शुसिल कोइरालाको ८ औं स्मृति दिवसको अवसर पारेर शुक्रबार (भोलि) रिमिघामा अवधारण पत्र तयारी महासमिति बैंठक राखेको हो ।
गुल्मीका बाँदर पीडित किसानलाई गुलेली र मटेंग्रा
गुल्मीका बाँदर पीडित किसानलाई गुलेली र मटेंग्रा जिल्लाको रुरु क्षेत्र गाउँपालिका–२ ग्वादीका ८१ वर्षीय चन्द्रमणी बराल बिहीबार गुलेली र मटेंग्रा पाएपछि खुसी देखिन्थे । गाउँमा बाँदर आतंक बढेपछि नेपाली काँग्रेस गुल्मीले ‘गुल्मी काँग्रेसको अठोट, सवल वडा सक्षम टोल’, अभियान अन्तर्गत समुदायमा काँग्रेस अभियानको क्रममा गुलेली र मटेंग्रा निःशुल्क वितरण गरेपछि बराल उत्साहित भएका हुन् ।
विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन नेपालमा
विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन नेपालमा विश्वका सीमान्तकृत समुदायको आवाज उठाइने विश्व सामाजिक मञ्चको १६औँ संस्करण आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म काठमाडौँमा हुने भएको छ । मञ्च अन्तर्गतको नेपाल आयोजक समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म काठमाडौँको भृकृटीमण्डपमा सम्मेलन हुने जनाइएको हो ।
बसको ठक्करबाट युवकको मृत्यु
बसको ठक्करबाट युवकको मृत्यु धनुषामा विद्यालयको बसको  ठक्करबाट एक युवकको मृत्यु भएको छ । जनकपुरधाम उपमहागनरपालिका–२३ बेलापुरस्थित जनकपुरधामको श्रीराम स्कूलको बसले आज ठक्कर दिँदा एक भारतीय नागरिकको ज्यान गएको हो । 
प्रतिनिधि सभा बैठक  : समसामयिक विषयमा सांसदहरुले गराए सरकारको ध्यानाकर्षण
प्रतिनिधि सभा बैठक : समसामयिक विषयमा सांसदहरुले गराए सरकारको ध्यानाकर्षण प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक विषय, विभिन्न विकास पूर्वाधार आयोजना निर्माणमा भएको ढिलाइ र न्यून पुँजीगत खर्चबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सहाराविहीनहरुको लागि नयाँ जीवन प्रदान गर्दै पाल्पाको अभियान नेपाल 
सहाराविहीनहरुको लागि नयाँ जीवन प्रदान गर्दै पाल्पाको अभियान नेपाल  सहाराविहीन अवस्थामा रहेका बालबालिका र बेसहारा एवं मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुलाई अभियान नेपाल पाल्पाले नयाँ जीवन प्रदान गर्दै आएको छ ।
सत्ता स्वार्थका कारण लोकतन्त्र संस्थागत हुन सकेन : एमाले नेता पोखरेल
सत्ता स्वार्थका कारण लोकतन्त्र संस्थागत हुन सकेन : एमाले नेता पोखरेल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता स्वार्थका कारण लोकतन्त्र संस्थागत हुन नसकेको बताएका छन् । बुधबार तानसेनमा आयोजित पार्टीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘स्वास्थ्य क्षेत्रमा स्वयंसेवक भावनाले अगाडि बढ्नुपर्छ’
‘स्वास्थ्य क्षेत्रमा स्वयंसेवक भावनाले अगाडि बढ्नुपर्छ’ नेपाल नेत्र ज्योति  संघ लुम्बिनी प्रदेशका सभापति सागर प्रताप  राणाले स्वास्थ्य क्षेत्रमा स्वयंसेवक भावनाले अगाडि बढ्नुपर्ने बताएका छन् । नेपाल नेत्रज्योति संघ पाल्पाको २३ औं वाार्षिक साधारणसभालाई तानसेनमा सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका राणाले स्वास्थ्य जस्तो संवदेशील विषयमा स्वयंसेवक भावना राख्नुपर्ने बताएका हुन् ।
बाँसबारी जग्गा प्रकरण : चौधरीसहित तीन रिहा
बाँसबारी जग्गा प्रकरण : चौधरीसहित तीन रिहा बाँसबारी छाला जुत्ता कारखाको जग्गा प्रकरणमा पक्राउ परेका च्याम्पियन फूटवेयर लिमिडेटका सञ्चालक तथा व्यवसायी अरुण चौधरीसहित तीन जना रिहा भएका छन् ।
चन्द्र भण्डारीले भने– ‘व्यवस्थापिका र कार्यपालिकालाई राजश्व तिरेर पाल्नुपर्ने आवश्यकता के छ ?’
चन्द्र भण्डारीले भने– ‘व्यवस्थापिका र कार्यपालिकालाई राजश्व तिरेर पाल्नुपर्ने आवश्यकता के छ ?’ नेपाली कांग्रेसका सांसद  डा. चन्द्र भण्डारीले बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै न्यायपालिकाले संसदले पारित गरेको निर्वाचन क्षेत्र पूर्वाधार विकास आयोजना खारेज गरेको भन्दै व्यवस्थापिकाको अधिकार न्यायपालिकाले प्रयोग गर्न नपाउने बताए । उनले व्यवस्थापिकाले आफ्नो अधिकारको संरक्षण गर्न नसके व्यवस्थापिकाप्रति प्रश्न उब्जिने धारणा व्यक्त गरे ।
बागलुङका आठ ठूला सडक स्तरोन्नति हुँदै
बागलुङका आठ ठूला सडक स्तरोन्नति हुँदै यस वर्ष बागलुङमा आठ वटा ठूला सडक आयोजना स्तरोन्नति हुन थालेका छन् । संघीय सरकार अन्तर्गतका आयोजना सडक डिभिजन कार्यालय बागलुङमार्फत स्तरोन्नति हुन थालेका हुन् ।
Weather Update