सम्पदाको संरक्षणमा ध्यान दिऊ
मंगलबार, साउन ५, २०७८
कुमारी बैंकको कामु सीईओमा अनुजमणि
सोमबार, साउन ४, २०७८
कुमारी बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा अनुजमणि तिमिल्सिनालाई तोकिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले ४ वर्षको कार्यकाल पुरा गरी अवकाश लिएपछि तिमिल्सिनालाई कामु सीईओ तोकिएको हो । कुमारी बैंकको सञ्चालक समितिको निर्णयानुसार बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत तिमिल्सिनालाई साउन १ देखि लागू हुने गरी कायममुकायम प्रमुख...
विपत्ति कम गर्न ध्यान दिऊ
सोमबार, साउन ४, २०७८
नेपालका निम्ति मनसुनी विपत्ति एक नियमित नियति हो । यो वर्ष त अझ पानी बढी परेर धेरै ठाउँहरुको जनजीवन अस्तव्यस्त बनाएको छ । जेठ महिनादेखि लगातार परेको वर्षाका कारण पहाडी र तराईका जिल्लाहरूका हजारौँ जनताका घरबस्ती डुबानमा परेका छन् ।
मुख्यमन्त्री शंकर पोखरेल अब पनि पदमा बस्न सुहाउँदैन : बराल
सोमबार, साउन ४, २०७८
म्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा गुल्मी निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेश सांसद सुदर्शन बरालले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा भएपछि पदमा रहन नमिल्ने बताएका छन् ।
पाल्पाको रिब्दीकोटमा वृद्ध मृत अवस्थामा फेला
सोमबार, साउन ४, २०७८
जिल्लाको रिब्दीकोट गाउँपालिका –१ ख्याहामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । सोमबार विहान सोही ठाउँका ७० वर्षीय शालिकराम वि.क. मृत अवस्थामा फेला परेका हुन् ।
विश्वासको मतका पक्षमा मतदान गर्न काँग्रेस संसदीय दलको आह्वान
आइतबार, साउन ३, २०७८
नेपाली काँग्रेस संसदीय दलले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई संसद्को विश्वास छ भनी राख्नुहुने विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दल एवं सांसदलाई आह्वान गरेको छ ।
पाल्पा कोरोना अपडेट : आइतबार ४८ जना संक्रमितले कोरोना जिते, १२ जनामा संक्रमण
आइतबार, साउन ३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ४८ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ४८ जना संक्रमितले कोरोना जितेका हुन् ।
भ्रूणहत्या आरोपमा युवती पक्राउ
आइतबार, साउन ३, २०७८
अवैध गर्भधारण गरेर भू्रणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भू्रण हत्या गरेर बारीमा गाडेको आरोप लागेको हो ।
कोरोना खोप : शिक्षकको प्राथमिकता सच्याउन ट्रेड युनियन पाल्पाको माग
आइतबार, साउन ३, २०७८
,नेपाल ट्रेड युनियन काँग्रेस पाल्पाले शिक्षकको प्राथमिकता सच्याउन माग गरेको छ । नेपाल सरकारले कोरोना विरुद्धको खोप लगाउन विश्व विद्यालय, विद्यालयका प्रध्यापक, शिक्षक तथा कर्मचारीलाई दोस्रो प्राथमिकतामा राख्दा पाल्पामा भने तेस्रो प्राथमिकतामा राखिएको प्रति गम्भिर ध्यानाकर्षण जनाउदै तत्काल प्राथमकिता सच्याउन ट्रेड युनियले माग गरेको हो ।


