Shittalpati
गुल्मीको सत्यवतिमा ‘साहित्य यात्रा’
गुल्मीको सत्यवतिमा ‘साहित्य यात्रा’ जिल्लाको सत्यवती गाउँपालिका –३ मा ‘साहित्य यात्रा’ कार्यक्रम भएको छ । कला, साहित्यको श्रीवृद्धिका लागि ‘साहित्य यात्रा’ कार्यक्रम भएको हो ।
महामारीमा खटिने स्वास्थ्यकर्मी र कर्मचारी सम्मानित
महामारीमा खटिने स्वास्थ्यकर्मी र कर्मचारी सम्मानित कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मी र कर्मचारी सम्मानित भएका छन् । जिल्लाको रेसुङ्गा नगर सरकारले महामारीमा खटिनेहरुलाई सम्मान गरेको हो । नगर सरकारले स्वास्थ्यकर्मी र कर्मचारी गरी ४८ जनालाई सम्मान गरेको छ । सम्मानित व्यक्तिहरुलाई नगरप्रमुख डिल्लीराज भूषालले एक कार्यक्रमका बिच सम्मान गरेका छन् ।
पाल्पामा बेमौसमी वर्षाले तीन करोडको क्षति, कहाँ कति ?
पाल्पामा बेमौसमी वर्षाले तीन करोडको क्षति, कहाँ कति ? पाल्पामा बेमौसमी वर्षाले धानबालीमा पुर्‍याएको क्षतिको विवरण आएको छ । कार्तिकमा परेको बेमौसमी बर्षाको कारण कृषकहरुले लगाएको धानवालीमा तीन करोड बढीको क्षति गरेको छ । पाल्पा कृषि ज्ञान केन्द्रका अनुसार ३ दिनसम्म परेको अविरल बर्षाको कारण यहाँ ३ करोड ४० लाख बराबरको धान नोक्सान भएको हो ।
तिलोत्तमालाई बालमैत्री नगर बनाउने तयारी
तिलोत्तमालाई बालमैत्री नगर बनाउने तयारी रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने तयारी गरिएको छ । यहाँका १६ स्थानीय तहमध्ये तिलोत्तमा बालमैत्री नगर घोषणा हुन लागेको हो । यही मंसिर २९ गतेभित्र बालमैत्री नगरपालिका घोषणा गर्ने गरी नगरमा विभिन्न प्रवद्र्धनात्मक अभियान सञ्चालन भएका छन् ।
काँग्रेस महाधिवेशनको चटारोमा
काँग्रेस महाधिवेशनको चटारोमा देशमा लोकतन्त्र स्थापनाका लागि लामो समयदेखि लड्दै आएको पार्टी नेपाली काँग्रेस यतिखेर १४ औं महाधिवेशन सम्पन्न गर्ने चटारोमा छ । तीनै तहको चुनाव अघि नै काँग्रेसले पार्टीको नयाँ नीति र नेतृत्व छनोट गर्न लागेको हो । अहिले यतिखेर काँग्रेसले स्थानीय, क्षेत्र र जिल्ला तहको नेतृत्व धमाधम छनौट गर्दैछ भने निकट...
‘समाज विकासमा पत्रकारको भूमिका महत्वपूर्ण’
‘समाज विकासमा पत्रकारको भूमिका महत्वपूर्ण’ नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य बसन्त घर्ती मगरले समाज विकासमा पत्रकारको भूमिका महत्वपूर्ण रहने बताएका छन् ।
महिला नेतृत्वको इतिहास रच्छु: महामन्त्री कुंवर
महिला नेतृत्वको इतिहास रच्छु: महामन्त्री कुंवर नेपाल विद्यार्थी संघकी महामन्त्री महेश्वरी कुवंरले नेपाली राजनीतिमा महिला नेतृत्वको इतिहास रच्ने बताएकी छन् ।
काँग्रेसले दियो देउराली स्वास्थ्यचौकीलाई सामग्री
काँग्रेसले दियो देउराली स्वास्थ्यचौकीलाई सामग्री नेपाली काँग्रेस रिब्दीकोट गाउँपालिका–१ वडा कार्यालयले देउराली स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री दिएको छ । काँग्रेसले कोरोना महामारी कायमै रहेकाले विभिन्न संघसंस्थाहरुबाट प्राप्त स्वास्थ्य सामग्री स्वास्थ्यचौकीलाई दिएको हो ।
प्रदूषण नियन्त्रण गर
प्रदूषण नियन्त्रण गर पछिल्लो समय नेपालमा वायु प्रदूषण बर्सैनि बढ्दो क्रममा छ । सवारी साधनको अत्याधिक चाप, अव्यवस्थित सडक निर्माण, उद्योग धन्दा, कलकारखानाहरुबाट निस्कने धुवाँको व्यवस्थापन गर्न नसक्नु जस्ता कारणले वायु प्रदूषण बढ्दो रहेको छ ।
पाल्पामा कृषि प्रमुख तथा प्राविधिकहरुसँग छलफल
पाल्पामा कृषि प्रमुख तथा प्राविधिकहरुसँग छलफल कृषि उत्पादन वृद्धि र बजार व्यवस्थापनलाई केन्द्रविन्दु बनाएर प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाई पाल्पाले जिल्लाका १० वटै स्थानीयतहका कृषि शाखा प्रमुख तथा प्राविधिकहरुसँग छलफल गरेको छ ।
Weather Update