Shittalpati
‘समाज विकासमा पत्रकारको भूमिका महत्वपूर्ण’

पाल्पा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य बसन्त घर्ती मगरले समाज विकासमा पत्रकारको भूमिका महत्वपूर्ण रहने बताएका छन् । प्रेस सेन्टर नेपाल पाल्पाको चौथो जिल्ला सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि घर्तीले लोकतन्त्र, गणतन्त्र, जनयुद्ध र संघीयता स्थापनामा पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताए ।

उनले पत्रकार राज्यको चौथो अंग रहेकोले परिवर्तन र जनताको समस्याको विषयमा पत्रकारले खबरदारी गर्न सक्नुपर्ने बताए । विशिष्ट अतिथि माओवादी पाल्पाका संयोजक नेत्र प्रसाद पाण्डेयले पाल्पाको पत्रकारिताको विकास, श्रमजीवि वर्गको उत्थान र सेवामा प्रेस सेन्टरले काम गरेको बताए ।

यस्तै प्रदेश संयोजक मानसिंह विश्वकर्माले गणतन्त्र स्थापना, राजतन्त्रको अन्त्य जनयुद्धसँगै संघीयतामा पत्रकारको भूमिका महत्वपूर्ण रहेकाले यि क्षेत्रमा दक्ष पत्रकार बनाउन संगठनले भूमिका खेल्नुपर्ने बताए । पत्रकार महासंघ पाल्पाका अध्यक्ष एवम् प्रेस सेन्टरका पूर्व अध्यक्ष रेखीराम रानाले पत्रकारहरु विचारसँगै सूचनाको संवाहक भएकाले प्रेस सेन्टरले विकास विरोधी तत्वहरुलाई खबरदारी गर्नुपर्ने बताए । कार्यक्रममा पूर्र्व अध्यक्ष तथा संगठनका सदस्य जीवलाल सुवेदी, पूर्व उपाध्यक्ष भोजराज भट्टराई, अखिल क्रान्तिकारी पाल्पाका अध्यक्ष पदम सोमै, वाइसिएल नेपाल पाल्पाका उपाध्यक्ष नवराज बस्याल, एकिकृत शिक्षक संगठन पाल्पाका पूर्व अध्यक्ष गणेशराज ज्ञवाली, नेकपा माओवादी केन्द्रका रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की, तानसेन नगर अध्यक्ष प्रतिक्षा गाहा लगायतले सम्मेलन सफलताको शुभकामना व्यक्त गरे ।

प्रेस सेन्टर पाल्पाका संयोजक कृष्ण दर्नालले संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए । सम्मेलनले कृष्ण दर्नालको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा सीता गाहा, नवराज ज्ञवाली, सचिव अमृत अधिकारी, सह–सचिव अमृत काम्मु, डोलराज विक, कोषाध्यक्ष कमल अधिकारी रहेका छन् । सदस्यहरुमा धुर्व खनाल, सुमन गाहा, विकास काफ्ले, प्रवेश पन्थी, संगीता आचार्य, निरज सुनारी, रामराज ज्ञवाली, सुजन महतरा, विष्णु पोखरेल, विश्वराज भट्टराई, कमल गैरे, जुना आचार्य, रिजन राना र मिना कुमाल रहेका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update