शिक्षासेवी गौतमद्वारा विद्यार्थीलाई खाजा सामग्री
बुधबार, चैत ९, २०७८
देशभर यातायात कार्यालय अनिश्चतकालका लागि बन्द
बुधबार, चैत ९, २०७८
देशभरका यातायात कार्यालय अनिश्चितकालका लागि बन्द हुने भएका छन् । यातायात व्यवस्था विभागले एक सूचना जारी गरी देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा अनिश्चतकालका लागि बन्द गर्न लागेको जनाएको छ ।
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु
बुधबार, चैत ९, २०७८
लुम्बिनी प्रदेशका छुट्टाछुट्टै स्थानमा भएका घटनामा तीन जनाको मृत्यु भएको छ । रूपन्देही, दाङ र बर्दियामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो ।
अदुवा बजारीकरणमा समस्या, बारीमै कुहाउन कृषक बाध्य
बुधबार, चैत ९, २०७८
बारीभरि लगाएका अदुवाको उत्पादन लिने समय भयो कि बजारकै चिन्ताले पिरोल्ने गरेको बगनासकालीका अदुवा व्यवसायी पशुपति बस्यालको गुनासो छ । अदुवाको बजार भारतमै निर्भर रहँदा पछिल्ला वर्षमा बजार समस्या निम्तिएको उनी बताउँछन् । भारतीय बजारलाई लक्षित गरी यहाँका कृषकले अदुवा उत्पादन गर्दै आएका छन् ।
सर्वसाधारणलाई शेयर जारी गर्दै बलेफी हाइड्रोपावर
बुधबार, चैत ९, २०७८
बलेफी हाइड्रोपावर लिमिटेडले यही चैत १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अड्ढित मूल्यमा १८ करोड २७ लाख ९७ हजार रुपैयाँ मूल्य बराबरको १८ लाख २७ हजार ९ सय ७० रुपैयाँ कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री...
पुरुषोत्तमले ल्याए जिल्ला चिनाउने ‘पाल्पाली ढाका’ गीत
बुधबार, चैत ९, २०७८
पाल्पाली गायक पुरुषोत्तम गैरेले पाल्पालाई चिनाउने गीत ल्याएका छन् । उनले पाल्पाको धार्मिक, साँस्कृतिक, पर्यटन क्षेत्रलाई समेटिएको ‘पाल्पाली ढाका’बोलको गीत ल्याएका हुन् । गायक गैरेले उक्त गीत केही दिन अघि तानसेनबाट लोकापर्ण गरेका छन् । उक्त गीत तानसेन नगर सरकारका प्रमुख अशोककुमार शाहीले एक औपचारिक कार्यक्रमका बिच विमोचन गरेका हुन् ...
गंगा, जमुना लघु चलचित्र प्रदर्शन
बुधबार, चैत ९, २०७८
जिल्लाको रिब्दीकोट गाउँपालिकामा गंगा, जमुना लघु चलचित्र प्रदर्शन गरिएको छ । मोहन कन्या जागृती बाल क्लब द्वारा निर्मित म्याप नेपालको सहयोगमा बनेको बाल विवाह रोकथाम विषयक गंगा जमुना लघु चलचित्र एक कार्यक्रमका बिच गाउँपालिकाको कार्यालयमा प्रदर्शन गरिएको हो ।
बेरोजगारीको डर लाग्दो दृश्य
बुधबार, चैत ९, २०७८
स्थानीय तहको निर्वाचनका लागि चैत ६ गतेदेखि म्यादी प्रहरीको भर्ना सुरु भएको छ । देशभरका जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीमा भर्ना हुन युवा पुस्ताको लर्को छ । डेढ महिने रोजगारीका लागि आवेदन दिन सयौं युवा चर्को घाममा लामबद्ध देखिन्छन् ।
रेसुङ्गामा हिल टंकी, बलाङ्केट र धागो वितरण
मंगलबार, चैत ८, २०७८
जिल्लाको रेसुङ्गा नगरपालिकामा सामाजिक तथा समावेशी लक्षित कार्यक्रम गरिएको छ । नगरपालिकाको वडा २ को आयोजनामा सामाजिक तथा समावेशी लक्षित कार्यक्रम अन्तर्गत हिल टंकी, बलाड्ढेट र धागो वितरण गरिएको हो । वडा २ का लक्षित लाभग्राहीलाई ३४ थान टंकी, ४६ थान बलाड्ढेट र ५८ जनालाई धागो बितरण गरिएको वडाध्यक्ष उदय...
चैत्र १७ देखि अर्गली–पाल्पा महोत्सव हुने
मंगलबार, चैत ८, २०७८
पाल्पा, गुल्मी र स्याङजाको संगमस्थल रुरु क्षेत्र धाम रिडीमा यही चैत्र १७ गतेदेखि अर्गली– पाल्पा महोत्सव हुने भएको छ । अर्गली जनचेतना युवा मञ्चको आयोजना र तानसेन नगरपालिका १४ को सहयोगमा चैत्र १७ गतेदेखि २७ गतेसम्म अर्गली–पाल्पा महोत्सव हुने भएको हो ।
विद्यालय हिँडेका दुई किशोर बेपत्ता
मंगलबार, चैत ८, २०७८
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोर दुई दिनदेखि परिवारको सम्पर्कमा आएका छैनन् । चैत ६ गते आइतबार बिहान १० बजेदेखि रेशनुन्थलाका रामबहादुर थापाका १५ वर्षीय छोरा विष्णु थापा र सोही स्थानका उनका साथी लोर्के थापाका १६ वर्षीय छोरा आशिष थापा बेपत्ता भएका हुन् ।
पाल्पामा म्यादी प्रहरीमा भर्ना हुनेको भिड, युवाहरु भन्छन् ‘रहर होइन बाध्यता’
मंगलबार, चैत ८, २०७८
जिल्लामा म्यादी प्रहरीमा भर्ना हुनका लागि युवाहरुको भीड बढेको छ । बैशाख ३० गते हुने आसन्न स्थानीय तह निर्वाचनका लागि आइतबारदेखि देशभर नै म्यादी प्रहरी भर्ना खुलाइएको छ । भर्नाका लागि गाउँ–गाउँबाट आएका युवाहरु विहानैदेखि जिल्ला प्रहरी कार्यालय अगाडि लाइन बसेका छन् । भर्ना हुनका लागि पुरुषसँगै महिलाको सहभागिता पनि...


