नवजनचेतना राष्ट्रिय दैनिक २०७८ चैत ३० गते बुधबार
बुधबार, चैत ३०, २०७८
प्रेस चौतारी पाल्पाका उपाध्यक्ष घिमिरे प्रेस युनियनमा प्रवेश
मंगलबार, चैत २९, २०७८
प्रेस चौतारी पाल्पाका उपाध्यक्ष विष्णु घिमिरे नेपाल प्रेस युनियन पाल्पामा प्रवेश गरेका छन् । युनियनका गतिविधि र विचारलाई आत्मसाथ गर्दै घिमिरे मंगलबार युनियन प्रवेश गरेका हुन् ।
गुल्मी काँग्रेसको संसदीय बोर्ड गठन
मंगलबार, चैत २९, २०७८
नेपाली काँग्रेस गुल्मीले संसदीय बोर्डको गठन गरेको छ । सभापति खिलध्वज पन्थीको अध्यक्षतामा बसेको बैठकले पार्टीको विधान अनुसार गुल्मी काँग्रेसको संसदीय बोर्डको गठन गर्ने निर्णय बमोजिम बोर्ड गठन भएको हो ।
जीर्ण अवस्थामा ढुङ्गे धारा
मंगलबार, चैत २९, २०७८
संरक्षणको अभावमा जीर्ण अवस्थामा रहेको गुल्मीको इस्मा गाउँपालिका–२ ढाँडाको ढुङ्गे धारा । विगतमा ढाँडा र व्यादीको सिङ्गो गाउँले खानेपानी र सरफाइको रुपमा प्रयोग गर्दै आएको ढुङ्गे धारा अहिले संरक्षण नहुँदा जीर्ण अवस्थामा पुगेको छ । यहाँका अधिकांश पुराना ढुङ्गे धारा सुकिसकेका छन् भने केही लोप भइसकेका छन् ।
गुल्मीमा दलहरु उम्मेदवार छनोट गर्न व्यस्त
मंगलबार, चैत २९, २०७८
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गुल्मीका राजनीतिक दलहरु उम्मेदवार छनोट गर्न व्यस्त छन् । पालिकाका अध्यक्ष एवं प्रमुख, उपाध्यक्ष एवं उपप्रमुख, वडाध्यक्ष र वडासदस्य टुङ्गाउन दलहरु व्यस्त भएका हुन् । जिल्लामा १० गाउँपालिका र दुई नगरपालिका गरी १२ पालिका छन् । हालसम्म काँग्रेस, एमाले र माओवादी...
एनसेलले ल्यायो नयाँ वर्ष योजना
मंगलबार, चैत २९, २०७८
एनसेलले नयाँ वर्षमा नयाँ आकर्षक अफरहरु ल्याएको छ । नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको जनाएको हो । उक्त अफरहरु आइतबारदेखि सञ्चालनमा आएको छ ।
चुनावप्रति संशय
मंगलबार, चैत २९, २०७८
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन एक महिना मात्र बाँकी छ । चुनावमा तालमेल गर्ने सैद्धान्तिक सहमति गरिसकेको सत्ता गठबन्धनले कहाँ कसरी तालमेल गर्ने भन्नेबारे टुंगो लगाउन सकेको छैन । उम्मेदवार लिएर चुनावी प्रचारमा निस्किने बेला गठबन्धन दलहरू भने उम्मेदवार चयन गर्न नसकेर आन्तरिक विवादमा फसेका छन् ...
पाल्पामा राप्रपाको घरदैलो अभियान सुरु
सोमबार, चैत २८, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाले पनि घरदैलो अभियान सुरु गरेको छ । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै राप्रपाले चुनावी घरदैलो अभियान सोमबारदेखि सुरु गरेको हो । उसले आसन्न स्थानीय तहको निर्वाचनमा राप्रपालाई अमूल्य मत दिएर विजयी गराउन भन्दै घरदैलो अभियान सञ्चालन गरेको छ ।
जिप दुर्घटनामा ४ घाइते
सोमबार, चैत २८, २०७८
जिल्लाको रामपुरमा भएको जिप दुर्घटनामा ४ जना यात्रु घाइते भएका छन् । सोमबार साझाँ रामपुर नगरपालिका–२, स्थित कालीगण्डकी करिडोर सडक खण्डमा रामपुरबाट नवलपरासीको डेढगाउँतर्फ जाँदै गरेको ग १ ज ५७०९ नम्बरको जिप दुर्घटना भएको हो ।
शैक्षिक व्यक्तित्व उपाध्यायको सम्झनामा स्मृति सभा
सोमबार, चैत २८, २०७८
शैक्षिक र सामाजिक व्यक्तित्व लक्ष्मीदेवी उपाध्याय (खनाल) को सम्झनामा स्मृति सभा आयोजना गरिएको छ । शिवालय टोल विकास संस्था तानसेनको आयोजनामा सोमबार स्मृति सभा आयोजना गरिएको हो ।
आचारसंहिताको पालना गर
सोमबार, चैत २८, २०७८
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि गत शुक्रबारदेखि आचारसंहिता लागु गरेको छ । आयोगले आचारसंहिता लागुभएको घोषणा गर्दै आचारसंहिता उलंघन गर्ने काम क्षम्य नहुने भन्दै निर्वाचन कसुर कानुन बमोजिम कार्वाही हुने बताएको छ । आचारसंहिता लागु भएसँंगै कार्यान्वयनबारे आम चासो बढ्न थालेको छ । चासो बढ्नु पनि स्वाभाविक हो ।
दराजले ल्यायो नयाँ वर्ष योजना, थुप्रै डिस्काउन्ट सहित स्कुटर जित्ने
सोमबार, चैत २८, २०७८
नेपालको अग्रणी अनलाइन बजार दराजले नयाँ वर्ष योजना ल्याएको छ । आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गरी दराजले ‘नयाँ रहर, नयाँ अफर’ ल्याएको हो । यो अभियान चैत्र २७ गतेदेखि सुरु भएको छ । नयाँ वर्षको अवसरमा दराजले आफ्ना ग्राहकहरूलाई विभिन्न अफरहरूका साथै रु ५ हजारसम्मको विशेष छुट भाउचर, अनलाइन भुक्तानीमा...


