Shittalpati
आइतबार देशभर सार्वजनिक बिदा
आइतबार देशभर सार्वजनिक बिदा सरकारले राम नवमीको अवसरमा आइतबार देशभर सार्वजनिक बिदा दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्‍को बैठकको निर्णय अनुसार शनिबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा घोषणा गरेको हो ।
सुत्केरी खर्चले थप्यो पशुपालनमा उर्जा
सुत्केरी खर्चले थप्यो पशुपालनमा उर्जा नागिनी एग्रो एण्ड रिसर्च सेन्टर प्रालिका सञ्चालक नरनारायण अर्यालले ३६ वटा भैँसी सुत्केरी भएवापत ३६ हजार रकम बुझे । सो रकम पशु सुत्केरी पोषण खर्चका निम्ति अर्याललाई उपलब्ध गराइएको हो ।
आज चैते दशैं मनाइँदै
आज चैते दशैं मनाइँदै आज चैत शुक्ल अष्टमी, अर्थात् चैते दशैं । नवदुर्गा भवानीको उपासना गरी चैते दशैं पर्व आज मनाइँदै छ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्य माथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दु धर्मावलम्बीहरुले वर्षमा दुईपटक मनाउने गर्दछन् ।
हरित स्वयंसेवकलाई प्रविधि सिकाइ तालिम
हरित स्वयंसेवकलाई प्रविधि सिकाइ तालिम जिल्लामा हरित स्वयंसेवकका लागि प्रविधि सम्बन्धी सिकाइ तालिम दिइएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीले कृषि क्षेत्रको विकास र विस्तारमा काम गर्दै आएका हरित स्वयंसेवकका लागि प्रविधि सम्बन्धी सिकाइ तालिम दिएको हो ।
अर्थतन्त्रमा ठूलो चुनौती : गभर्नर अधिकारी
अर्थतन्त्रमा ठूलो चुनौती : गभर्नर अधिकारी अर्थमन्त्री जर्नादन शर्माले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो धरासयी नहुने बताउँदै आएका बेला नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने मुलुकको अर्थतन्त्र ठूलो चुनौतीमा हरेको बताएका छन् । उनले नेपालको अर्थतन्त्रमा बाह्य क्षेत्र व्यवस्थापन गर्न नसके थप चुनौती उत्पन्न हुने चेतावनी दिर्दै आएका छन् ।
चैते दशैं र रामनवमी
चैते दशैं र रामनवमी दशैं नेपालीहरुको महान चाड हो । यसलाई सांस्कृतिक महत्वको पर्व पनि भन्ने गरिन्छ । त्यसैगरी चैते दशैं पनि अशोजमा पर्ने मूख्य दशैं को एउटा प्रतिविम्वत पर्व हो भनिन्छ ।
चैते दशैंको महत्व
चैते दशैंको महत्व नेपाली समाजमा मनाइने हरेक चाडपर्वहरूको आफ्नै विशेष महत्व रहने गर्दछ । खासगरी धर्म, समुदाय वा सम्प्रदाय, भूगोल, जातजाति अनुसार फरक–फरक चाडपर्वहरू मनाइने गरिन्छ । फरक धर्मका फरक चाडपर्व त छन् नै, एउटै धर्म भित्र पनि समुदाय र भूगोल अनुसार चाडपर्व र एउटै चाडपर्व मनाउँदा पनि फरकफरक तौर तरिका अपनाएर मनाइने...
उद्योगी, व्यवसायीको सुरक्षामा सरकारले ध्यान दिन्छ : गृहमन्त्री खाण
उद्योगी, व्यवसायीको सुरक्षामा सरकारले ध्यान दिन्छ : गृहमन्त्री खाण गृहमन्त्री बालकृष्ण खाणले उद्योगी र व्यवसायीलाई सरकारले सुरक्षा दिने बताएका छन् । गुल्मीमा शुक्रबार गुल्मी चौथो महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री खाले उद्योगी र व्यवसायीलाई सरकारले सुरक्षा दिने बताएका हुन् ।
गुल्मी महोत्सव सुरू, गृहमन्त्री खाणले गरे उद्घाटन
गुल्मी महोत्सव सुरू, गृहमन्त्री खाणले गरे उद्घाटन चौथो गुल्मी महोत्सव सुरु भएको छ । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न शुक्रबारदेखि महोत्सव सुरु भएको हो । गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको महोत्सवको गृहमन्त्री बालकृष्ण खाणले उद्घाटन गरेका थिए ।
बगनासकाली गाउँ सरकारको चार तले प्रशासकीय भवन शिलान्यास
बगनासकाली गाउँ सरकारको चार तले प्रशासकीय भवन शिलान्यास जिल्लाको बगनासकाली गाउँपालिकाले सुविधा सम्पन्न चार तले प्रशासकिय भवन बनाउन थालेको छ । गाउँपालिकाले कुल ८ करोड ३८ लाख ३० हजार ६ सय ८९ रुपैयाँ लागतमा निर्माण हुने प्रशासकीय भवन बनाउन सुरु गरेको हो । भवनको शुक्रबार गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले एक औपचारिक कार्यक्रमका बिच शिलान्यास गरेका छन् ।
तानसेनमा वाइसीएलको नगर कमिटी गठन
तानसेनमा वाइसीएलको नगर कमिटी गठन तानसेनमा वाइसीयएल नगर कमिटी गठन गरिएको छ । योङ् कम्युनिष्ट लिग नेपाल तानसेनको भेलाले नविन घिमिरेको अध्यक्षतामा ५१ सदस्यीय वाइसीएल नगर कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा मनिष रावल, चेतन फाल मगर, सचिवमा सुरेश बिष्ट, सहसचिवमा मीन अर्घाली र कोषाध्क्षमा महेश कार्की रहेका छन् ।
Weather Update