घट्दै कोरोना संक्रमण
मंगलबार, असोज ४, २०७९
लुम्बिनीमा ३२ लाख बढी मतदाताले मतदान गर्न पाउने
मंगलबार, असोज ४, २०७९
आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट ३२ लाख बढी मतदाताले मतदान गर्ने पाउने भएका छन् । यहाँका १२ जिल्लाका ३२ लाख ४९ हजार ६ सय ३७ मतदाताले मतदान गर्न पाउने भएका हुन् । यस प्रदेशमा २६ प्रतिनिधि र ५२ प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् ।
गोर्खाली भ्वाईस लोक दोहोरी सिजन–१ सकियो
मंगलबार, असोज ४, २०७९
गोर्खाली भ्वाईस लोक दोहोरी प्रतियोगिताको सिजन –१ सकिएको छ । गत वैशाखदेखि जेएन सनराइज मिडिया प्रा.लि. को आयोजनामा सञ्चालित ‘नेपाल र नेपालीको पहिलो अनलाइन लोकदोहोरी प्रतियोगिता’को पहिलो सिजन सकिएको हो । सिजनको लोक गायक बमबहादुर कार्कीले एक औपचारिक कार्यक्रमका बिच समापन गरेका हुन् ।
पाल्पामा डेंगुको महामारी, एकको मृत्यु, एक सय २१ विरामी
मंगलबार, असोज ४, २०७९
पाल्पामा डेंगुले महामारीको रूप लिएको छ । साउनको पहिलो सातादेखि फाटफुट्ट देखिएको डेंगु अहिले महामारीको रूपमा देखा पर्न थालेको हो । साउन महिनामा मात्र २३ जनामा देखिएको डेंगुको संक्रमण अहिले १ सय २१ जनामा पुगेको छ । एक जनाको मृत्यु भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका–१, ख्याहाका ५८ वर्षीय डेंगु...
शान्ति समाज पाल्पाको अधिवेशन, अध्यक्षमा देवकोटा
मंगलबार, असोज ४, २०७९
मानव अधिकार तथा शान्ति समाज पाल्पा शाखाको २२ औं जिल्ला साधारण सभा तथा ११ औं जिल्ला अधिवेशन भएको छ । समाजले सोमबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण तथा अधिवेशन गरेको हो । सभाको जिल्ला न्यायधिस कमलराज बिष्टले उद्घाटन गरेका हुन् ।
सुरक्षित मातृत्व चुनौतिपूर्ण
मंगलबार, असोज ४, २०७९
सुरक्षित गर्भपतन गर्नु कुनै अपराध होइन । यो महिलाहरूको अन्य प्रजनन् स्वास्थ्य समस्या वा बाध्यताको समाधान हो । तर, ६० प्रतिशत नेपाली महिलालाई यसको जानकारी नै नभएर मृत्यु भोग्न बाध्य हुनुपरेको अवस्था छ ।
गणेश बचत तथा ऋण सहकारीको अध्यक्षमा गाहा
सोमबार, असोज ३, २०७९
गणेश बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा विष्णु बहादुर गाहा निर्वाचित भएका छन् । सहकारीको सोमबार तानसेनमा भएको अधिवेशनले गाहालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । गाहाले यस अघि सहकारीको लेखा संयोजकमा दुई कार्यकालको कूशल जिम्मेवारी समेत सम्हाली सकेका छन् ।
गणेश सहकारीले गर्यो नवौं साधारण सभा तथा अधिवेशन
सोमबार, असोज ३, २०७९
तानसेनमा रहेको गणेश बचत तथा ऋण सहकारी संस्थाले नवौं साधारण सभा तथा अधिवेशन गरेको छ । सहकारीले सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी साधरण सभा तथा अधिवेशन गरेको हो । सभाको प्रमुख अतिथि तथा तानसेन नगरपालिकाका सहकारी विभागका प्रमुख दुर्गाबहादुर थापाले उद्घाटन गरेका हुन् ।
सशस्त्र प्रहरीले गर्यो मन्दिर परिसर सरसफाई
सोमबार, असोज ३, २०७९
सशस्त्र प्रहरीले तानसेनस्थित नारायण मन्दिर परिसर सरसफाई गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ३५ नं गुल्म पाल्पाले संविधान दिवसको अवसरमा मन्दिर परिसर सरसफाई गरेको हो । जिल्लाको शान्ति सुरक्षामा मत्वपूर्ण भूमिका खेल्दै आएको प्रहरीले आफुलाई अन्य सामाजिक कार्यमा सक्रिय बनाउँदै आएको छ ।
पाल्पामा डेंगु संक्रमित पुरुषको मृत्यु
सोमबार, असोज ३, २०७९
पाल्पामा डेंगु संक्रमित एक पुरुषको ज्यान गएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका–१, ख्याहाका ५८ वर्षीय डेंगु संक्रमित पुरुषको ज्याज गएको हो । उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा शनिबार ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
संविधानको मर्म मिच्दै ‘संविधान दिवस’, कतै आशा, कतै निराशा
सोमबार, असोज ३, २०७९
संविधानसभाबाट नेपालको संविधान घोषणा भएको आज ७ वर्ष पूरा भएको छ । आजैको दिन अर्थात् ३ असोज ०७२ मा दोस्रो संविधानसभाका ९० प्रतिशत बढी जनप्रतिनिधिको समर्थनमा ‘नेपालको संविधान’ घोषणा भएको हो । यसैको खुसीयालीमा आज देशभर संविधान दिवस मनाइँदै छ । संविधान जारी भएको दिनको खुसीयाली एकातिर छ भने अर्कोतर्फ...
रामपुरमा अव्यवस्थित जग्गा दर्ता काम गरिदैं
सोमबार, असोज ३, २०७९
अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि पाल्पाको रामपुरमा जग्गा दर्ताको काम सुरु गरिएको छ । बिहीबारदेखि यहाँ जग्गा दर्ताको काम सुरु भएको हो ।


