नवजनचेतना राष्ट्रिय दैनिक २०७९ असोज ८ गते शनिबार
शनिबार, असोज ८, २०७९
अन्यौलमा प्रदेशसभाको कार्यकाल
शुक्रबार, असोज ७, २०७९
गत शनिबार प्रतिनिधिसभाको अन्तिम बैठकमा प्रतिनिधिसभाका सदस्य तथा राजनीतिक दलका शीर्ष नेताले अन्तिम सम्बोधन गरेर बिदा भए पनि प्रदेशसभाको कार्यकाल कहिलेसम्म रहने भन्ने विषय अन्यौल छ । प्रदेशको आफ्नो निर्वाचन ऐन नहुँदा अन्यौल देखिएको हो ।
बडा दसैँमा प्रदर्शनमा आउने चलचित्र
शुक्रबार, असोज ७, २०७९
दसैं प्रायजसो सामान्य चलचित्रले पनि धेरै व्यापार गर्ने समयलाई बुझिन्छ । त्यसैअनुरुप यस वर्षको दसैँमा तीनवटा चलचित्र प्रदर्शन गरिने भएका छन् । कोरोना सङ्क्रमणको महामारी अगाडि नै बनेको चलचित्र ‘प्रेम गीत ३’ दसैँको अबसर पारेर आजदेखि प्रदर्शन गरिँदै छ । छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको यो चलचित्र...
आयोगबाट रकमान्तरको विवरण माग
शुक्रबार, असोज ७, २०७९
निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा भएपछि चालु आर्थिक वर्षको स्वीकृत वार्षिक बजेट बाहिरबाट रकमान्तर गरिएको विवरण अर्थमन्त्रालयसँग माग गरेको छ ।
पुल नबन्दा सास्ती
शुक्रबार, असोज ७, २०७९
मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–सिमलटारी सडक खण्डका विभिन्न स्थानमा रहेका खहरे खोलामा पुल नबन्दा स्थानीयहरूले सास्ती खेप्नु परेको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने यहाँका सडकमा कालोपत्रे भएको तीन वर्ष बितिसक्दा समेत यहाँ पर्ने खहरे खोलामा पुल नबन्दा यात्रुले सास्ती भोग्नुपरेको हो ।
स्याङ्जामा नौ सय १५ उम्मेदवारलाई जरिवाना
शुक्रबार, असोज ७, २०७९
गत स्थानीय तहको निर्वाचनको खर्च विवरण नबुझाउने नौ सय १५ जना उम्मेदवारलाई जरिवाना तोकिएको छ । सोे निर्वाचनमा उम्मेदवार बनी खर्च विवरण पेश नगर्ने स्याङ्जासहित देशैभरिका उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना तोकेको हो ।
समृद्धि र रोजगार काँग्रेसको एजेण्डा : सभापति श्रेष्ठ
शुक्रबार, असोज ७, २०७९
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले समृद्धि र रोजगार काँग्रेसको मुुख्य एजेण्डा रहेको बताएका छन् । बिहीबार नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा इकाई समितिले आयोजना शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले देशको समृद्धि र रोजगार सिर्जना काँग्रेसको मुख्य एजेण्डा रहेको बताएका हुन् ।
उम्मेदवार जवाफदेही बन
शुक्रबार, असोज ७, २०७९
निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र राजनीतिक दल वा उम्मेदवारले आयोगले तोकेको ढाँचामा खर्च विवरण बुझाउनु पर्ने निर्वाचन आयोग ऐनमा उल्लेख गरिएको छ । तर ऐनको बेवास्ता गर्दै पाल्पा र गुल्मीका स्थानीय निर्वाचनमा सहभागी १६ सय ४३ उम्मेदवारले समयमा खर्च विवरण बुझाएका छैनन् ।
गुल्मीका भरतलाई दुबईमा ३५ करोडको चिठ्ठा पर्यो
बिहीबार, असोज ६, २०७९
कामको शिलशिलामा दुबई पुुगेका गुुल्मीका ३१ वर्षीय भरत विककालाई ३५ करोडको चिठ्ठा परेको छ । उनलाई महजूज चिठ्ठामा लक्की ड्रमार्फत एक करोड दिराम अर्थात् नेपाली झण्डै ३५ करोड परेको हो ।
पाल्पा र गुल्मीका १६ सय बढी उम्मेदवारलाई २९ करोड ९९ लाख जरिवाना
बिहीबार, असोज ६, २०७९
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन २०७९ को खर्च विवरण नबुझाउने पाल्पा र गुल्मीका १ हजार ६ सय ४३ जना उम्मेदवारलाई जरिवाना गरेको छ । समयमै खर्च विवरण नबुझाउने र चित्तबुझ्दो स्पष्टीकरण नबुझाउने उम्मेदवारलाई आयोगले जरिवाना गरेको हो । उनीहरुलाई आयोगले २९ करोड ९९ लाख ५० हजार जरिवाना गरेको छ ।...
रक्तसञ्चार केन्द्र नहुँदा उपचारमा समस्या
बिहीबार, असोज ६, २०७९
पाल्पा जिल्लाकै सरकारी क्षेत्रमा ठूलो अस्पतालका रुपमा रामपुर अस्पताल पर्दछ । विशेषज्ञसहित सेवा प्रदान गर्ने उद्देश्यले १५ शैयामा सञ्चालित सो अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिएको हो । अस्पतालको स्तरोन्नति भएसँगै पूर्वाधार विकासमा जोड दिइएको छ । हाल यस अस्पतालमा सेवा लिन पुग्ने सेवाग्राहीको चाप दिनहुँ बढ्दो छ । बिरामीको चाप...
कुमारी बैंकको ‘धनवृद्धि रिकरिङ्ग मुद्दती’ योजना
बिहीबार, असोज ६, २०७९
कुमारी बैंक लिमिटेडले ‘धनवृद्धि रिकरि मुद्दती’ योजना ल्याएको छ । बैंकले प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँचदेखि सय गुणा वृद्धि गर्ने विशेष योजना ल्याएको हो । ग्राहकहरूले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्यूतम १० हजारदेखि १० लाखसम्म प्रारम्भिक बिज रकम जम्मा गरी धनवृद्धि लक्ष्य प्राप्त गर्न सक्नेछन् ।


