Shittalpati
पाल्पामा डेंगु संक्रमित पुरुषको मृत्यु

पाल्पा, पाल्पामा डेंगु संक्रमित एक पुरुषको ज्यान गएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका–१, ख्याहाका ५८ वर्षीय डेंगु संक्रमित पुरुषको ज्याज गएको हो । उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा शनिबार ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

पछिल्लो समय पाल्पामा डेंगु संक्रमणको प्रकोप निकै बढ्दै गएको छ । यहाँ दुुई महिनाको अवधिमा १ सय २१ जनामा डेंगुसंक्रमण देखिएको छ । यहाँका युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार गराउन आउनेमा डेंगु संक्रमण देखिएको हो । केही दिनयता दिनहुँ डेंगुसँग मिल्दोजुल्दो लक्षण लिएर आउने बिरामीको चाप समेत यहाँका अस्पतालहरुमा बढेको छ । अस्पतालको आकस्मिक कक्षमा टाउको तथा मांसपेसी दुख्ने, वाकवाक लाग्ने, वान्ता हुने र ग्रन्थी सुन्निने लगायतका समस्या लिएर आउने बिरामीहरू बढेको अस्पतालहरुले जनाएका छन् ।

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update