किन बल्झिन्छ पटक–पटक नागरिकताको घाउ ?
बिहीबार, असोज ६, २०७९
प्राथमिक उपचार दिवसको सन्दर्भ
बिहीबार, असोज ६, २०७९
हरेक वर्ष आजकै दिन प्राथमिक उपचार दिवस मनाउने गरिन्छ । आज पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ । प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर २२ मा प्राथमिक उपचार दिवस मनाउने गरिन्छ ।
तानसेनका उपभोक्तालाई विद्युत महशुल निःशुल्क
बुधबार, असोज ५, २०७९
जिल्लाको तानसेन नगरपालिकाले २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई विद्युत महशुल निःशूल्क गरेको छ ।
संविधानको दायरा बाहिर जाने छुट कसैलाई छैन : उपराष्ट्रपति
बुधबार, असोज ५, २०७९
उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकालाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन भनेका छन् । उनले आज वक्तव्य जारी गर्दै संविधानको पालन र संरक्षणका लागि सबै पक्षमा आग्रह गरेका हुन् ।
नेपाललाई जापानद्वारा करिब रु १६ अर्ब सहयोग
बुधबार, असोज ५, २०७९
नेपालको पूर्वी तराईस्थित चन्द्र नहर सिँचाइ प्रणालीको पुनःस्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारले करिब रु दुई अर्ब अनुदान सहयोग प्रदान गरेको छ । यसैगरी काठमाडौँ र पोखराको सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयन गर्न जापानले रु १४ अर्ब २० करोड ऋण सहयोग प्रदान गरेको छ ।
यती एयरलाइन्सद्वारा यात्रु सेवा वृद्धि
बुधबार, असोज ५, २०७९
निजी क्षेत्रको हवाई कम्पनी यती एयरलाइन्सले एक वर्षको अवधिमा १० लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको छ । काठमाडौँबाट भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्जलगायतका विमानस्थल र पर्वतीय उडान भर्दै आएको यती एयरलाइन्सले एक वर्षको अवधिमा १० लाख पाँच हजार छ सय ७७ यात्रुलाई यात्रुसेवा प्रदान गरेको हो ।
कुलो बगेपछि तीन सय ५० परिवार बिजुली बिहीन
बुधबार, असोज ५, २०७९
अविरल वर्षापछि खसेको पहिराले ढोरपाटन नगरपालिका–७ स्थित लघुजलविद्युत् आयोजनाको कुलो बगाएको छ । कुलो बग्दा यहाँका तीन सय ५० परिवार बिजुलीबिहीन अवस्थामा छन् । भुजीखोला लघुजलविद्युत् आयोजना बन्द भएको छ ।
रुपन्देहीमा अटिजम विशेष विद्यालय सञ्चालनको तयारी
बुधबार, असोज ५, २०७९
रुपन्देहीको तिलोत्तमामा अटिजम भएका बालबालिकाका लागि विशेष विद्यालय सञ्चालनको तयारी थालिएको छ । सिकलसेल र अटिजमविरुद्ध अभियान सञ्चालन गरेको रोटरी क्लब अफ तिलोत्तमा अटिजम विशेष विद्यालय सञ्चालनका लागि आवश्यक अध्ययन गरिरहेको क्लबका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।
सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजना सुरु
बुधबार, असोज ५, २०७९
नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले दसैँ–तिहारभरिका लागि ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ ल्याएको छ । कम्पनीले मूल्यमा छुटसहित विभिन्न अफरको योजना ल्याएको हो ।
समयमै रोकौं डेंगु
बुधबार, असोज ५, २०७९
पाल्पा सहित देशैभर डेंगुको संक्रमण द्रुत गतिमा फैलिरहेको छ । पाल्पामा साउनको पहिलो हप्ता छिट्टाफट्टा रुपमा देखिएको डेंगु अहिले १ सय भन्दा बढीमा देखा परेको छ भने १ जनाको ज्यान समेत गएको छ । भदौ महिनायता संक्रमितको संख्या अकासिएको छ ।
शिक्षक संघ माथागढीले भन्यो ‘शिक्षक कुुट्ने लाई कारवाही गरियोस्’
मंगलबार, असोज ४, २०७९
नेपाल शिक्षक संघ माथागढीले शिक्षक माथि कुटपिट गर्नेलाई कारवाही गर्न माग गरेको छ । माथागढी–५ स्थित सिर्जना प्राविका प्रधानाध्यापक हरीप्रसाद न्यौपानेलाई कुटपिट गर्नेहरुलाई तत्काल कडा भन्दा कडा कानुनी कारवाही गर्न संघले सम्बन्धित निकायसँग माग गरेको हो ।
संघले एक विज्ञप्ती जारी गर्दै घटनाको सत्य तथ्य छानविन गरी तत्काल कानुनी कारवाही...


