Shittalpati
प्राकृतिक प्रकोप र यसको व्यवस्थापन

प्राकृतिक प्रकोप न त पूर्वजानकारी अनुसार आउँछ, न त बाजा बजाउँदै आउँछ । प्राकृतिक प्रकोप भनेको मानिसको पहुँचभन्दा बाहिरको कुरा हो । मानिसले चाहेर वा नचाहेर उसले यससँग सम्झौता गर्न र आफ्नो पहुँचमा राख्न सक्दैन । यदि त्यसो हुँदो हो त विभिन्न समयमा आएका महाभूकम्प, बाढी, सामुन्द्रिक आँधीहरुका कारण हजारौं मानिसले जीउज्यान गुमाउन पर्ने, लाखौं मानिसहरु घरबारविहीन बन्नुपर्ने अवस्था हुँदैन थियो । नेपालमा वर्षायाम मात्र होइन हिउँदमा समेत बाढी पहिरो जाने गरेको छ । अहिले पनि एक सातादेखिको निरन्तर वर्षाका कारण धेरै क्षेत्रमा पहिरो,डुवानले ठूलो क्षति पुु¥यायो । बाढी पहिरो मात्र होइन वनजंगलमा डढेलो र आगलागीका कारण आएको यो परिस्थिति आम जनसमुदायका लागि चुनौतीका साथै वातावरण प्रदूषणको कारण पनि रहेको छ । यस्ता क्रियाकलाप हटाउन सबै ध्यान दिन आवश्यक छ । नेपाल सरकारले प्राकृतिक प्रकोप न्यूनीकरणका विभिन्न उपायहरू कार्यान्वयन गर्ने जनाए तापनि व्यवहारमा भने लागू हुन सकिरहेको छैन । प्राकृतिक प्रकोप विश्वमा नै चुुनौतीका रुपमा देखापरेको छ ।

प्राकृतिक प्रकोप नियन्त्रण गर्ने उद्देश्यले हरेक विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाउने गरिन्छ । विश्व समूदायले हरेक वर्षको अक्टोबर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गर्दछ । सन् १९८९ को राष्ट्रसंघको साधारण सभाले प्राकृतिक विपत्ति विरुद्ध पूर्वतयारी र जागरणको अभिवृद्धिका लागि यस दिवसको शुरुवात गरेको हो । आज पनि विश्वमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । दिवस मनाउने गरिए पनि प्राकृति प्रकोप व्यवस्थापन भने चुनौतीका रुपमा नै देखिएको छ । प्राकृतिक प्रकोपले मानव जीवनलाई नै तहसनहस गर्ने गर्छ, जुन प्रकोपहरू आकस्मिक र भयंकर हुने गर्छन् । प्राकृतिक प्रकोपले राष्ट्रिय अर्थतन्त्रलाई क्षति पु¥याउने मात्र नभई सामाजिक एवं व्यक्तिहरूलाई अनावश्यक तनाव बढाउने र सामाजिक तथा भौतिक संरचनाहरूलाई समेत खलबल्याउने, नष्ट गर्ने कार्य गरिरहेको हुन्छ । प्राकृतिक प्रकोप आफैंमा समस्या र समाधान हुन सक्दैन । यिनको प्रकृति र स्वरूपअनुसार पूर्वतयारी गरिनुपर्छ र घटना घटिहाल्यो भने नियन्त्रण, उद्दार र राहतका लागि सकेसम्म हल गर्नाका लागि पहल गरिनुपर्छ । प्राकृतिक प्रकोप व्यवस्थापन समयमै गर्न सकिएको खण्डमा केही हदसम्म भए पनि पीडित नागरिकहरूले राहत पाउने, जनधनको क्षतिबाट बचाउन सकिन्छ । उसर्थ यसतर्फ सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update