Shittalpati
कृत्रिम फूलमालाले छपक्क बजार
कृत्रिम फूलमालाले छपक्क बजार तानसेनको तेस्रो सडकमा तिहारका लागि बेच्न राखिएको कृतिम फूूलका माला । तिहार नजिकिदै गर्दा तानसेनका बजार प्लाष्टिकका कृत्रिम फूूलमालाले ढपक्क छोपिएका छन् । फूल बेच्ने पसलहरूमा जादा कृत्रिम फूलमालाले रंगिन बनेका देख्न सकिन्छ । तिहारमा सकभर मखमली र सयपत्री माला लगाइने मान्यता भएपनि फूल अभावसँगै कृतिम मालाले बजार लिएका हुन् ...
‘दराज क्लब’ सञ्चालनमा
‘दराज क्लब’ सञ्चालनमा नेपालको अग्रणी अनलाइन बजार दराजले ‘दराज क्लब’ सञ्चालनमा ल्याएको छ । दराजले आफ्नो नयाँ मेम्बरसीप प्रोग्राम अन्तर्गत ‘दराज क्लब’ सञ्चालनमा ल्याएको हो । ग्राहकहरुले दराज एपमार्फत विशेष लाभहरू प्राप्त गर्न सक्नेछन् । यो नयाँ सुविधा मार्फत ग्राहकहरुले दराज एपमा प्रत्येक खरिदमा जेम्स कमाउन सक्ने कम्पनीले जनाएको छ ।
गरिबी निवारण दिवस र यसको अवस्था
गरिबी निवारण दिवस र यसको अवस्था आज अक्टोबर १७ अर्थात् अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि हरेक वर्षको अक्टोबर १७ का दिन अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाउने गरिएको छ । नेपालमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ । नेपाल सरकार र त्यससँग सम्बन्धित निकायहरुले हरेक वर्ष यो दिवस मनाउँदै...
पाल्पामा आचारसंहिताका विषयमा छलफल
पाल्पामा आचारसंहिताका विषयमा छलफल जिल्ला आचारसंहिता अनुगमन समिति पाल्पाले निर्वाचन आचारसंहिता २०७९ कार्यान्वयन तथा परिचालन सम्वन्धी छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरेको छ ।
रामपुरमा अव्यवस्थित पार्किङ गर्नेलाई कारवाही गर्न नगर प्रमुख थापाको निर्देशन
रामपुरमा अव्यवस्थित पार्किङ गर्नेलाई कारवाही गर्न नगर प्रमुख थापाको निर्देशन रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले अव्यवस्थित पार्किङ गरेका सवारीसाधनलाई कारवाही गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।
तानसेनमा पानी भएको बाल्टिनमा डुुबेर १५ महिने शिशुको मृत्यु
तानसेनमा पानी भएको बाल्टिनमा डुुबेर १५ महिने शिशुको मृत्यु जिल्लाको तानसेनमा बाल्टिनमा डुुबेर १५ महिने शिशुुको मृत्युु भएको छ । तानसेन नगरपालिका–७ रक्साका थमन रानाको १५ महिने छोरी प्रिज्मा रानाको पानी रहेको बाल्टिनमा डुुबेर मृत्यु भएको हो ।
रम्भाको कालीगण्डकी किनारमा बेवारिसे शव फेला
रम्भाको कालीगण्डकी किनारमा बेवारिसे शव फेला कालीगण्डकी नदीमा बेवारिसे शव फेला परेको छ । पाल्पाको रम्भा गाउँपालिका – १ अर्सेदीस्थित कालीगण्डकी नदी किनारमा बेवारिसे शव फेला परेको हो । आइतबार विहान शव सडे गलेको अवस्थामा अन्दाजी १४/१५ वर्ष उमेरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तानसेनको नारायणस्थान पोखरीमा डुवेर एक बालकको ज्यान गयो
तानसेनको नारायणस्थान पोखरीमा डुवेर एक बालकको ज्यान गयो जिल्लाको तानसेन नगरपालिका –२ नारायणस्थानस्थित पोखरीमा डुवेर एक बालकको ज्यान गएको छ । आइतबार दिउँसो पोखरीमा पौडी खेल्न गएका तानसेन–६ टुुँडिखेल नजिकै बस्ने शेषकान्त पराजुलीका १२ वर्षीय छोरा सुजल पराजुलीको ज्यान गएको हो ।
प्रत्यक्षतर्फ ४४ लाख मतपत्र छपाइ
प्रत्यक्षतर्फ ४४ लाख मतपत्र छपाइ निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित प्रणाली (प्रत्यक्ष) तर्फ हालसम्म ४४ लाख २१ हजार मतपत्रको छपाइ सकेको छ । छपाइ भएकामध्ये प्रदेशसभा सदस्य निर्वाचनका लागि २१ लाख ३८ हजार र प्रतिनिधिसभा सदस्य निवाचनका लागि २२ लाख ५६ हजार मतपत्र रहेका...
को हुन् सत्यमोहन जोशी
को हुन् सत्यमोहन जोशी पिता शङ्करराज जोशी र माता राजकुमारीका सुपुत्रका रूपमा विसं १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मिएका सत्यमोहन जोशीको आज २०७९ असोज ३० गते ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा निधन भएको छ । जोशीले विसं. २०१३ मा लोकसंस्कृति ग्रन्थमा मदन पुरस्कार प्राप्त गरे ।
पाल्पा उद्योग वाणिज्य संघले मनायो ६७ औं साधारण सभा
पाल्पा उद्योग वाणिज्य संघले मनायो ६७ औं साधारण सभा पाल्पा उद्योग वाणिज्य संघले ६७ औं साधारण सभा मनाएको छ । संघले शनिबार एक कार्यक्रमका बिच तानसेनको गोर्खेकोटस्थित आफ्नै सुविधा सम्पन्न सभाहलमा साधरण सभा मनाएको हो । सभाको प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले उद्घाटन गरेका हुन् ।
Weather Update