Shittalpati
पाल्पा उद्योग वाणिज्य संघले मनायो ६७ औं साधारण सभा

पाल्पा, पाल्पा उद्योग वाणिज्य संघले ६७ औं साधारण सभा मनाएको छ । संघले शनिबार एक कार्यक्रमका बिच तानसेनको गोर्खेकोटस्थित आफ्नै सुविधा सम्पन्न सभाहलमा साधरण सभा मनाएको हो । सभाको प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै मन्त्री रानाले संघको बहुुउद्देशीय भवन निमार्णका लागि प्रदेश सरकारको सहयोग रहेको र आगामी दिनमा पनि सहयोग गर्ने बताए । उनले निजी क्षेत्रको विकास भए मात्र देशको समृद्धि हुने भएकाले प्रदेश सरकारले नीजि क्षेत्रको विकासमा विशेष ध्यान दिएको धारणा व्यक्त गरे । मन्त्री रानाले पाल्पाका थुप्रै ऐतिहासिक तथा धार्मिक स्थलहरु रहेकाले तिनीहरुको संरक्षण र प्रवद्र्धनमा प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले सरकारले उद्योगी, व्यवसायीहरुको समस्या बुझ्न नसकेको बताएका छन् । उनले मुलुकको आर्थिक विकासमा उद्योगी, व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहे पनि सरकारले त्यो विषय बुझ्न नसकेको बताए । उपाध्यक्ष श्रेष्ठले उद्योगी, व्यवसायीहरुको समस्याप्रति सरकार उदासिन रहेकाले सरकारका विरुद्ध आफुहरु अब संघर्षमा उत्रिने धारणा व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले सरकारले उद्योगीलाई अनावश्यक कर र मानसिक त्रास सिर्जना गरेकाले उद्योगी व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको बताए ।

पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मोहन प्रसाद श्रेष्ठले पाल्पा जिल्लामा थुप्रै खानी र पर्यटकीय सम्भावनाका क्षेत्रहरु भएपनि भौतिक पूर्वाधारको अभावमा तिनीहरुको परिचालन गर्न नसकिएको बताए । .निजी क्षेत्रको सहयोग विना समृद्ध नेपाल निर्माण हुन नसक्ने भएकाले उद्योगी व्यवसायीको हित र आर्थिक विकासमा सरकारले ध्यान दिनुुपर्नेमा जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघका एसोशियट उपाध्यक्ष अञ्जन श्रेष्ठले कहिले अनुगमनका नाममा त कहिले नयाँ प्रणालीका नाममा व्यवसायीहरुले दुःख पाएको भन्दै उनले कर तिरेर ढुक्कसँग व्यवसाय गर्ने वातावरण सरकारले सिर्जना गर्नु पर्ने बताए । महासंघका केन्द्रीय सदस्य डिबी बस्नेतले नीजि क्षेत्रको लगानीको संरक्षणमा राजनीतिक दल र तीन तहका सरकार समेत उदासिन बनेको आरोप लगाए । नेपाल उद्योग वाणिज्य संघका लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको लक्ष्य पुरा गर्न उद्योगी, व्यवसायीलाई सरकारले विशेष ध्यान दिनु पर्ने बताए । तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिंजालीले जिल्लाको समग्र विकासका लागि निजी क्षेत्रसँग नगर सरकार हातेमालो गरेर अगाडि बढ्ने बताईन् । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले पाल्पाको विकास पर्यटनबाट मात्र संभव रहेकाले त्यसतर्फ ध्यान दिन सरकार र निजी क्षेत्रलाई आग्रह गरे । उनले पर्यटन र अन्य व्यवसायी गर्नेहरुका लागि सरकारले व्याजदरमा छुट गरिदिनुपर्नेमा जोड दिए । नेकपा एमालेका जिल्ला सदस्य त्रिरत्नलाल शाक्यले जिल्लाका उद्योगी व्यवसायीहरुको हितमा संघले ध्यान दिनुुपर्ने बताए । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल किशोर घिमिरेले उद्योगी व्यवसायीहरुको समस्या समाधानमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा एकिकृत समाजवादीका जिल्ला सचिव मोहन गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष डुलबहादुर कुंवर, राष्ट्रिय जनमोर्चाका कोषाध्यक्ष टीकाराम पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत शर्मा , बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजुु, संघका सल्लाहकार हरी रायमाझी, पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेल लगायतले संघको सफलताको शुुभकामना व्यक्त गर्दै जिल्लाको आर्थिक विकाससँगै उद्योगी, व्यवसायीहरुको हितमा संघले नयाँ ढंगले सोच्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, वाणिज्य जस्ता क्षेत्रमा महत्वपूर्ण योगदान पुु¥याएका व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । संघले शिक्षातर्फ विशाखा बज्रचार्य, रचना श्रेष्ठ, असुर्जा श्रेष्ठ, प्रिया शाही, उद्योगतर्फ भिम बहादुर श्रेष्ठ, वाणिज्यतर्फ ज्ञानेन्द्रकाजी शाक्य, कृषितर्फ बेद प्रसाद गैरे, स्वास्थ्यतर्फ रुकमागत शर्मालाई सम्मान गरेको हो ।

सोही अवसरमा संघले स्मारिका समेत विमोचन गरेको छ । कार्यक्रममा महासचिव शैलेन्द्र भट्टराईले महासचिवको वार्षिक प्रतिवेदन प्रस्तुुत गरेका थिए । संघका अध्यक्ष राजुुमहर्जनको अध्यक्षता, वाणिज्य उपाध्यक्ष यादवसिं कार्कीको स्वागत, महासचिव शैलेन्द्र भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

...

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update