विपन्न कुमालको निःशुल्क उपचार
मंगलबार, साउन १७, २०७९
नाग पञ्चमी र यसको परम्परा
मंगलबार, साउन १७, २०७९
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गरी नाग पञ्चमी मनाउने गरिन्छ । हिन्दु संस्कारमा गरिने एउटा कर्म मध्ये नाग पूजा पनि हो । संसारका सबै प्राणीलाई मानिसले यो वा त्यो ढंगबाट सम्मान गर्ने गर्छ । त्यसैक्रममा नाग वा सर्पको पनि पूजा गर्छन् ।
संक्रमण बढ्दै, एकैदिन ८ सय ९५ जनामा कोरोना
सोमबार, साउन १६, २०७९
केही समययता स्थिर रहेको कोरोना संक्रमण दर विस्तारै बढ्दो क्रममा देखिएको छ । देशका अधिकांश स्थानमा अहिले दिनहुँ जसो कोरोना संक्रमितहरु संख्या बढ्दै गएको हो । सोमबार मात्र थप ८ सय ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
खिर खाएर मनाइयो साउने पन्ध्र
सोमबार, साउन १६, २०७९
आइतबार घर घरमा खिर खाएर हर्षउल्लासका साथ साउने पन्ध्र पर्व मनाइएको छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता अनुरुप परिवार र आफन्त जमघट भई खिर खाएर यो पर्व मनाइएको हो । विगत दुई वर्ष कोरोना महामारीका कारण सबै जमघट भई साउने पन्ध्र मनाउन नपाएकाहरुले यस...
‘म बनाउन्छु, मेरो रिब्दीकोट’
सोमबार, साउन १६, २०७९
देश संघीय व्यवस्थामा गएपछि पहिलो निर्वाचित स्थानीय सरकारको पाँच वर्षको पदावधि सकिएको छ । यो अवधिमा स्थानीय सरकार संस्थागत हुँदै गएको देखिन्छ । यो जनता नजिकको सरकार पनि हो ।
सदरमुकामको सडक स्तरोन्नति गर्ने काम अधुरै
सोमबार, साउन १६, २०७९
गुल्मी जिल्ला सदरमुकाम तम्घास बजारको सडक भत्किएकाले डेढ वर्षअघि मर्मत गरियो । लाखौँ खर्च गरेर गरिएको मर्मत गरे पनि अहिले भत्किएर उस्तै छ । जिल्ला अस्पताल, विभिन्न विद्यालय एवं बजारका मुख्य ठाउँमा समेत मर्मत गरेको डेढ वर्ष नहुँदै सडक भत्किएको छ ।
स्याङ्जामा आठ सय ९४ नयाँ उद्योग थपिए
सोमबार, साउन १६, २०७९
स्याङ्जामा गत आर्थिक वर्ष २०७८/७९ मा आठ सय ९४ वटा नयाँ उद्योग थपिएका छन् । जिल्लामा पछिल्लो समय ८ सय ९४ वटा कृषि तथा पशुपक्षी र स–सानो पुँजीका घरेलु तथा साना उद्योग थपिएका हुन् ।
साउन पन्ध्रको महत्व
सोमबार, साउन १६, २०७९
हरेक वर्ष साउन १५ गते खिर खाने प्रचलन रहेको छ । आइतबार पनि खिर खाएर रमाइलो पर्वकै रुपमा मनाइएको छ । वर्ष भरी कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खिर पकाई आपसमा बाँडेर खाने चलन छ ।
हराउँदै खिरको मौलिक स्वाद
आइतबार, साउन १५, २०७९
हरेक वर्ष साउन १५ लाई खिर खाने पर्वको रुपमा लिइन्छ । आज पनि साउन १५, घर–घरमा खिर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ ।

.jpg)
