नवजनचेतना राष्ट्रिय दैनिक २०७९ साउन १९ गते बिहीबार
बिहीबार, साउन १९, २०७९
पाल्पामा एमाले प्रचार विभागको बैठक,कार्ययोजना निर्माण गर्न समिति गठन
बुधबार, साउन १८, २०७९
नेकपा एमाले पाल्पाको प्रचार तथा प्रकाशन विभागको पहिलो बैठक तानसेनमा बसेको छ । विभागको बुधबार तानसेनमा बसेको पहिलो बैठकमा विभागका सदस्यहरुले आ–आफ्ना विषयवस्तु तथा एजेण्डाका विषयमा छलफल गरेका थिए ।
नारायणगढ–बुटवल सडक निर्माण : प्रगति न्यून
बुधबार, साउन १८, २०७९
नारायणगढ–बुटवल सडक निर्माणको अवधि सकिँदासम्म भौतिक प्रगति १८ दशमलव ४४ प्रतिशत रहेको छ । खासगरी निर्माण कम्पनीले कतिपय कुरामा ढिलासुस्ती गर्दा र अन्तरनिकाय समन्वय ढिलाइ हुँदा अवधि सकिँदासम्म पनि प्रगति ज्यादै कम पाइएको छ ।
पाल्पामा अवैध सामान ल्याउने पिकअप गाडी सहित दुई जना पक्राउ
बुधबार, साउन १८, २०७९
जिल्ला प्रहरी कार्यालय पाल्पाले १ लाख ९७ हजार १ सय रुपैयाँ बराबरको अबैध सामान ल्याउने पिकअप गाडी सहित दुई जना पक्राउ परेका छन् । तानसेन बसपार्कमा प्रहरी चेकिङ गर्ने क्रममा बुटवलबाट पाल्पातर्फ अवैध सामान ल्याउँदै गरेको बागमती प्रदेश ०१०२५ च ८३६६ नम्बरको पिकअप गाडी सहित दुई जनालाई पक्राउ गरी कारवाहीका...
शर्माको पुनरागमनले उठाएको प्रश्न
बुधबार, साउन १८, २०७९
अर्थमन्त्री जनार्दन शर्माको अर्थ मन्त्रालयमा पुनरागमनसँगै केही गम्भीर सैद्धान्तिक प्रश्न खडा भएका छन् । शर्माको पुनरागमनले संसदीय छानबिन समितिको औचित्य, सान्दर्भिकता, छानविन प्रक्रिया, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण, नैतिकता र मुलुकको शासन प्रणालीसँगका विषयमा गम्भीर प्रश्न खडा गरेको छ ।
कालीगण्डकी गाउँपालिकाका ५६ छोरीले पाए दुई लाख ८० हजार
बुधबार, साउन १८, २०७९
गुल्मीको कालीगण्डकी गाउँपालिकामा गत आर्थिक वर्षमा जन्मिएका ५६ छोरीले कूल दुई लाख ८० हजार रुपैयाँ पाएका छन् ।
गाउँपालिकाको आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा छोरी जन्मिए आर्थिक सहायता दिने उल्लेख गर्दै कार्यपालिका बैठकले जन्मिएका छोरीकै नाममा जनही पाँच हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो ।
नगरवासीलाई घर–घरमा सामाजिक सुरक्षा भत्ता
बुधबार, साउन १८, २०७९
स्याङ्जाको भिरकोट नगरपालिकाले घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । नगरवासीलाई बैंकसम्म जान समस्या परेको जनाउँदै नगरपालिकाले घरमा पुगेर सो भत्ता वितरण गर्न थालेको हो । नगरकार्यपालिकाको यही यही असार १६ को पहिलो बैठकले घरमा पुगेर भत्ता वितरण गर्ने निर्णय गरेको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताए ।
पाल्पामा ३ अर्ब ३३ करोड बढी बजेट फ्रिज
बुधबार, साउन १८, २०७९
पाल्पामा संघीय र प्रदेश सरकारबाट प्राप्त बजेट मध्ये ३ अर्ब ३३ करोड बढी रकम फ्रिज भएको छ । आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका लागि प्राप्त भएको कूल १४ अर्ब ९७ करोड ६१ लाख ६९ हजार ३ सय २३ बजेट मध्ये ३ अर्ब ३३ करोड ६४ लाख १२ हजार ६ सय...
मनाइयो नागपञ्चमी
मंगलबार, साउन १७, २०७९
नागपञ्चमी पर्व मगलबार परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइएको छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व घरका मूल ढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्वीर टाँसी पूजाआजा गरेर मनाइएकोे हो ।
गाडी किनेको पैसा दिने भन्दै जंगलमा लगेर साथीको हत्या
मंगलबार, साउन १७, २०७९
गाडी किनेको पैसा दिने बहानामा फकाइफुलाइ अर्घाखाँची पु¥याएर जिल्लाका एक व्यक्तिले अफ्फ्नै साथीको हत्या गरेका छन् । बुटवलको मैनाबगरमा गाडी किनबेचको काम गर्दै आएका दीपक भनिने कुलचन्द्र गौतमले गाडी चालक आफ्नै साथी विष्णुबहादुर पाण्डेको योजनावद्ध हत्या गरेका हुन् । अर्घाखाँचीको मालारानी गाउँपालिका–२ घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवास बस्ने...
आज नागपञ्चमी पर्वः घर–घरमा नागको पूजा गरिँदै
मंगलबार, साउन १७, २०७९
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परा अनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजाअर्चना गरी मनाइँदैछ । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने जनविश्वासमा हरेक वर्ष नागको पूजा गर्ने परम्परा रहेको छ । सोही परम्परा अनुसार आज सबैका घर घरमा नाग...
सातै प्रदेशमा कोरोनाको उपचार
मंगलबार, साउन १७, २०७९
सरकारले सातै प्रदेशमा कोरोनाको उपचार गर्ने व्यवस्था मिलाएको छ । कोरोना संक्रमणको दर फेरी बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेशका अस्पतालहरुमा उपचारको व्यवस्था मिलाएको हो ।


