Shittalpati
पाल्पाका धार्मिक र पर्यटकीय क्षेत्रको विकास गर्छौं  : गठबन्धन उम्मेदवार
पाल्पाका धार्मिक र पर्यटकीय क्षेत्रको विकास गर्छौं : गठबन्धन उम्मेदवार सत्ता गठबन्धनका उम्मेदवारहरुले पाल्पाका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको विकास गर्ने बताएका छन् । उनीहरुले जिल्लाका थुप्रै धार्मिक तथा पर्यटकीय स्थलहरु रहेकाले तिनीहरुको पहिचान गरी विकास गर्ने बताएका हुन् ।
पाल्पामा चुनावको झल्को दिने नमुना मतदान
पाल्पामा चुनावको झल्को दिने नमुना मतदान आसन्न प्रदेशसभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै पाल्पामा नमुना मतदानको अभ्यास गराइएको छ । आम सर्वसाधारणका निम्ति जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा अन्तर्गतको नमुना मतदान अभ्यास गराएको हो । जसले मंसिर ४ मा हुने निर्वाचनको झल्को दिएको छ । बदर मत कम गर्ने लक्ष्य र मतदातालाई सहजताका लागि...
जनताको आवश्यकताले उम्मेदवार भएको हुँ : गैरे
जनताको आवश्यकताले उम्मेदवार भएको हुँ : गैरे नेकपा एमाले पाल्पा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ठाकुर गैरेले जनताको आवश्यकताले आफु प्रतिनिधि सभाको सदस्यमा उम्मेदवार बनेको बताएका छन् । उनले घरलैलो तथा चुुनावी सभालाई सम्बोधन गर्दै उस्तो बताएका हुन् ।
जनताको हितमा काम गछौं : आचार्य
जनताको हितमा काम गछौं : आचार्य नेकपा एमाले पाल्पा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायणप्रसाद आचार्यले आफू निर्वाचित भएपछि जनताको हितमा काम गर्ने बताएका छन् । पूर्वखोला गाउँपालिका–४ देवीनगरका विभिन्न ठाउँमा घरदैलो कार्यमक्रममा उम्मेदवार आचार्यले जनताको आवश्यकता र मागअनुसार काम गर्ने बताएका हुन् । आफू निर्वाचित भएलगत्तै पहिलो काम हुमिन–देवीनगर–जल्पा–बहादुरपुर सडकखण्ड कालोपत्रे गर्ने...
भुतपूर्व सैनिकले प्रतिगामी कि लोकतान्त्रिक कित्ता रोज्ने भन्ने बेला आएको छ : सभापति श्रेष्ठ
भुतपूर्व सैनिकले प्रतिगामी कि लोकतान्त्रिक कित्ता रोज्ने भन्ने बेला आएको छ : सभापति श्रेष्ठ नेपाली काँग्रेस पाल्पाका सभापति तथा गठबंधनका संयोजक हिमालदत्त श्रेष्ठले भुतपुर्व सैनिकहरुले प्रतिगामी कि लोकतान्त्रिक कित्ता रोज्ने भन्ने बेला आएको बताएका छन । उनले दुई पटकसम्म संसद् विघटन गर्नेले फेरि टाउको उठाउन खोजेको भन्दै अब भुतपूर्वक सैनिकहरुले प्रतिगामी कि लोकतान्त्रिक कित्ता रोज्ने भन्ने बेला आएको बताएका हुन् ।
तानसेनमा स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सचेतना र्याली
तानसेनमा स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सचेतना र्याली जिल्लाको सदरमुकाम तानसेनमा स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सचेतना र्याली निकालिएको छ । मिडिया विकास र नीतिगत बहस तथा अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको पाल्पा विकास केन्द्रले विभिन्न संघ संस्थाहरुको सहकार्यमा आसन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउने उद्देश्यले सचेतना र्याली निकालेको हो ।
बैंकहरूले ब्याज नबढाउने
बैंकहरूले ब्याज नबढाउने वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर नबढाउने भएका छन् । मंगलबार बसेको वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले मंसिरमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेका हुन । आम रुपमा बैंकको ब्याजदर घटाउनुपर्ने माग उठ्दै आए पनि बैंकहरुले भने नबढाउने अडान कायमै राखेका छन् । उनीहरुले कात्तिक महिनाकै बराबर ब्याजदर प्रकाशित गर्ने...
सहनशीलता दिवसको सन्दर्भ
सहनशीलता दिवसको सन्दर्भ अन्तर्राष्ट्रिय सहनशीलता दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष नोभेम्बर १६ मा यो दिवस मनाउने गरिन्छ । विश्वभर रहेका सबै समुदायलाई एक–अर्काप्रति सहनशील हुनु र एक–अर्काको स्वरूप र शैलीलाई आह्वान गर्नु यो दिवसको मुख्य लक्ष्य हो । सन् १९९६ मा संयुक्त राष्ट्र संघको महासभामा यसलाई अन्तर्राष्ट्रिय दिवसको...
कालीगण्डकी करिडोरलाई जनताको आर्थिक उपार्जनसँग जोड्छौं : गठबन्धन उम्मेदवार
कालीगण्डकी करिडोरलाई जनताको आर्थिक उपार्जनसँग जोड्छौं : गठबन्धन उम्मेदवार पाल्पा क्षेत्र नं. २ का सत्ता गठबन्धनका उम्मेदवारहरुले कालीगण्डकी करिडोरलाई जनताको आर्थिक उपार्जनसँग जोड्ने बताएका छन् । मंगलबार उनीहरुले बगनासकाली गाउँपालिका वडा नं. ७ को चापखोला, मैदानवारी, झाँक्रीस्थान, टाँकीचौर, दैलातुङ्ग, यम्घाको सिखरडाँडा, मन्द्रान लगायतका क्षेत्रमा घरदैलो तथा चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
गुल्मीमा महिला मृत फेला
गुल्मीमा महिला मृत फेला गुल्मीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको ईस्मा गाउँपालिका–५ स्थित दरिनढुंगाकी ७४ वर्षीया जीवकला थापा आफ्नै घरभित्र मृत फेला परेकी हुन् ।
Weather Update