नवजनचेतना राष्ट्रिय दैनिक २०७९ मंसिर ४ गते आइतबार
सोमबार, मंसिर ५, २०७९
दुर्घटनामा पत्रकार कँडेलको मृत्यु
शनिबार, मंसिर ३, २०७९
मोटरसाइकल दुर्घटनामा रुपन्देहीका ३५ वर्षीय पत्रकार एनबी (नरबहादुर) कँडेलको निधन भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा शुक्रबार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा लु १ क ५२७६ नंको रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी)ले कँडेल सवार लु ४४ प ८२०१ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो ।
निर्वाचन सामग्रीसहित पाल्पाका मतदान केन्द्रमा खटिए कर्मचारी
शनिबार, मंसिर ३, २०७९
आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाल्पामा कर्मचारी र सुरक्षाकर्मीहरू मतदान केन्द्र हिँडेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार आवश्यक सामग्रीसहित बिहीबार सबैजसो केन्द्रमा कर्मचारीहरू पुगेका हुन् ।
आचारसंहिता उल्लंघन गरे २५ हजार
शनिबार, मंसिर ३, २०७९
बिहीबार रातिदेखि मौन अवधि सुरु भएको छ । यो समयमा चुनावी प्रचार–प्रसार गर्न पाइने छैन् । यति कोही कसैले यो समयमा निर्वाचन आचारसंहिता उल्लंघन गरे २५ हजार जरिवाना तिर्नु पर्नेछ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ मा मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म...
आज विश्व शौचालय दिवस मनाइदैं
शनिबार, मंसिर ३, २०७९
आज विश्व शौचालय दिवस । विश्वमा हरेक वर्ष १९ नोभेम्बरमा शौचालय दिवस मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी शौचालय दिवस मनाइँदै छ । शौचालय र यसको महत्व सबैसामु फैलाउने उद्देश्यले शौचालय दिवस मनाउने गरिन्छ ।
शौचालय दिवसको सन्दर्भ
शनिबार, मंसिर ३, २०७९
प्रत्येक वर्ष १९ नोभेम्बरमा सरसफाइका लागि शौचालयको महत्वबारे जागरुक गराउन विश्व शौचालय दिवस मनाउने गरिन्छ । खासगरी आजको दिनलाई सुरक्षित सरसफाइको व्यवस्था नभएको समुदाय र ठाउँलाई लक्षित गरी विभिन्न कार्यक्रम गरिँदै आइएको छ ।
भैरहवाबाट नेपाल एयरलाइन्स दिल्ली उडान हुने
शुक्रबार, मंसिर २, २०७९
भैरहवाबाट नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भारतको नयाँदिल्लीमा उडान गर्ने भएको छ । उसले मंसिर १२ गतदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने भएको हो । नेपाल एयरलाइन्स यो पहिलो अन्तर्राष्ट्रिय उडान हो ।
थप ८ जनामा कोरोना
शुक्रबार, मंसिर २, २०७९
पछिल्लो २४ घण्टामा नेपालमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न जिल्लामा रिएको कोरोना परीक्षणमा थप ८ जनामा संक्रमण देखिएको हो ।
शेयर बजार अब मङ्गलबार मात्रै खुल्ने
शुक्रबार, मंसिर २, २०७९
धितोपत्र बजारमा शेयर कारोबार अब यही मङ्सिर ६ गते मङ्गलबार मात्रै हुने भएको छ । आज शुक्रबार कारोबार बन्द छ । शनिबार, आइतबार र सोमबारसमेत सार्वजनिक बिदा दिइएकाले शेयर कारोबारसमेत बन्द हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ । मङ्सिर ४ गते आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ ।
नेपालले यूएईलाई हरायो
शुक्रबार, मंसिर २, २०७९
नेपालले यूएईलाई हराएको छ । आसिफ शेख र ज्ञानेन्द्र मल्लको शतकीय साझेदारीमा नेपालले यूएईलाई ६ विकेटले हराएको हो । यूएईविरुद्धको एकदिवसीय शृंखलाको अन्तिम खेलमा ६ विकेटको जितसहित नेपाल च्याम्पियन बनेको छ ।
उत्पादनतर्फ कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक
शुक्रबार, मंसिर २, २०७९
उत्पादनमूलक क्षेत्रतर्फ दोस्रो चरणको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ । गत भदौ २० देखि कात्तिक २१ सम्म सञ्चालित परीक्षाको नतिजा एचआरडी कोरियाबाट प्राप्त भएको इपिएस कोरिया शाखाले जनाएको छ । भाषा परीक्षामा आठ हजार सात सय ८५ जना उतीर्ण भएका छन् ।
अर्थोपार्जनको पर्खाइमा तीनमुखे पुल
शुक्रबार, मंसिर २, २०७९
नेपालका चारधाममध्येको एक धाम रूरू क्षेत्र । जहाँ तीन जिल्लाको संगमस्थल पर्दछ । तीन जिल्लाको सम्बन्ध रूरूक्षेत्र धामले मात्र होइन बजारले पनि जोडेको छ । गुल्मी, पाल्पा र स्याङ्जा जोडेको यस क्षेत्रमा स्थानीय सानै कामका लागि पनि एकअर्काको जिल्लामा आवतजावत गर्नुपर्दछ ।


