Shittalpati
स्वस्थानीको सन्देश
स्वस्थानीको सन्देश यस वर्षको स्वस्थानी व्रतकथा आजदेखि शुरु भएको छ । माघ शुक्ल पूर्णिमासम्म हिन्दु धर्मावलम्बीहरूले चोखो बसी घरमा स्वस्थानीको पूजा–आराधना गर्नुका साथै कथा सुन्ने र सुनाउने चलन छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानीको कठोर व्रत बसेको र मनोकांक्षा पूरा भएको विश्वासमा स्वस्थानीको व्रतकथा प्रचलनमा आएको पाइन्छ ।
पाल्पाको रैनादेवी छहरामा बस दुर्घटना, ६ जनाको मृत्यू, १८ घाइते
पाल्पाको रैनादेवी छहरामा बस दुर्घटना, ६ जनाको मृत्यू, १८ घाइते पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी ढोरपाटन सडक खण्डमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुर्सानेतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस विहिबार राती दुर्घटना हुँदा खुर्साने गाउँका ६ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा सबै महिला रहेका छन् ।
पानी नपरेका कारण प्रदूषण बढ्यो
पानी नपरेका कारण प्रदूषण बढ्यो पानी नपरेका कारण केही दिनयतादेखि काठमाडाँै उपत्यकासहित देशभर धुलोधुवाँ पनि बढेको र यसका कारण देशभर प्रदूषण बढेको छ ।
लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान
लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज दलहरूलाई आह्वान गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयलाई आर्थिक अभाव
त्रिभुवन विश्वविद्यालयलाई आर्थिक अभाव सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा मुलुकको पहिलो विश्वविद्यालयले आर्थिक अभाव बेहोर्नु परेको छ । पर्याप्त बजेट नहुँदा त्रिभुवन विश्वविद्यालयले अवकाश प्राप्त प्राध्यापक र कर्मचारीलाई साउनयता पेन्सन पठाउन सकेको छैन ।
स्ववियु चुनाव चैत ५ मा गर्न सिफारिस
स्ववियु चुनाव चैत ५ मा गर्न सिफारिस लामो समयदेखि रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गर्न सिफारिस गरिएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले चैत ५ मा स्ववियुको चुनाव गर्न कार्यकारी परिषद्मा सिफारिस गरेको हो ।
ट्याक्टरले किच्दा सहचालकको मृत्यु
ट्याक्टरले किच्दा सहचालकको मृत्यु जिल्लाको पूर्वखोला गाउँपालिका–३, कमेरे स्थित पूर्वखोला–निस्दी भित्री कच्ची सडक खण्डमा ट्याक्टरले किच्दा सहचालकको मृत्यु भएको छ । निस्दीबाट पूर्वखोलातर्फ आउँदै गरेको लु ३ त ६२५९ नम्बरको ट्याक्टरले किच्दा पूर्वखोला–३, भालुकुनका २८ वर्षीय सेते सारुको मृत्यु भएको हो ।
गुल्मीमा १६ प्रतिशतले बढ्यो सुन्तला उत्पादन
गुल्मीमा १६ प्रतिशतले बढ्यो सुन्तला उत्पादन गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा जिल्लामा १६ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए । गत वर्ष पाँच सय ३० हेक्टर क्षेत्रफलमा पाँच हजार नौं सय ३६ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । जिल्लामा कूल नौ सय...
गणेश सहकारीले दियो शेयर सदस्यलाई शिक्षा
गणेश सहकारीले दियो शेयर सदस्यलाई शिक्षा जिल्लाको तानसेनमा रहेको गणेश बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई सहकारी बारे शिक्षा दिएको छ । बचत तथा ऋणको कारोबार गर्ने उद्देश्यले २०७० सालमा स्थापना भएको सो सहकारीले शेयर सदस्यहरुमा सहकारी सम्बन्धी ज्ञान दिनका लागि दुुई दिने सहकारी शिक्षा दिएको हो ।
ग्लोबल बैंकले गर्याे कर्मचारीलाई सम्मान
ग्लोबल बैंकले गर्याे कर्मचारीलाई सम्मान ग्लोबल आइएमई बैंकले कर्मचारीलाई सम्मान गरेको छ । बैंकले आफ्नो १६ औं स्थापनाको वर्षको अवसरमा बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत ५९ कर्मचारीलाई सम्मान गरेको हो ।
सेवा प्रवाह सुधार
सेवा प्रवाह सुधार मुलुकमा प्रभावकारी सार्वजनिक सेवा प्रवाह हुन सकिरहेको छैन । सरकारले आमनागरिकको हित, कल्याण एवं विकासका लागि बिना भेदभाव प्रदान गर्ने सेवालाई सार्वजनिक सेवा भनिन्छ । सार्वजनिक सेवा सरकार र जनता बीचको सम्बन्ध सेतु मात्र नभई सरकारको प्रभावकारिता र क्षमता पहिचान गर्ने माध्यम पनि हो ।
Weather Update