नवजनचेतना राष्ट्रिय दैनिक २०७९ पुस २१ गते बिहीबार
बिहीबार, पुस २१, २०७९
सहकारीको माध्यमबाट उत्पादन र रोजगारीलाई जोडौं : सांसद गैरे
बुधबार, पुस २०, २०७९
पाल्पा क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले सहकारीको माध्यमबाट उत्पादन र रोजगारीलाई जोड्नुपर्ने बताएका छन् । बुधबार तानसेनमा जिल्ला सहकारी संघ पाल्पाको १० औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै संघीय सांसद् गैरेले जिल्लामा सहकारी अभियानले आर्थिक विकासका साथै उत्पादन, उद्यशीलता र रोजगारीलाई जोड दिनुु पर्ने बताएका हुन् ।
जिल्ला सहकारी संघ पाल्पाले मनायो १० औं साधारण सभा
बुधबार, पुस २०, २०७९
जिल्ला सहकारी संघ पाल्पाले १० औं वार्षिक साधारण सभा मनाएको छ । संघले बुधबार तानसेनमा एक औपचारिक कार्यक्रम गरी साधारण सभा मनाएको हो ।
पत्रकार महासंघ पाल्पाले मनायो स्थापना दिवस तथा साधारणसभा
बुधबार, पुस २०, २०७९
पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ पाल्पा शाखाले ३१ औं स्थापना दिवस तथा साधारणसभा मनाएको छ । संघले तानसेनको श्रीनगरडाँडामा एक औपचारिक कार्यक्रमको आयोजना गरी स्थापना दिवस तथा साधारणसभा मनाएको हो ।
स्वतन्त्र प्रदेश सांसद माओवादी प्रवेश
बुधबार, पुस २०, २०७९
लुम्बिनी प्रदेशका स्वतन्त्र सांसद दिपेन्द्रकुमार पुनमगर नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । प्रदेश सरकार गठनको संघारमै आएर उनी माओवादी प्रवेश गरेका हुन् ।
लुम्बिनी प्रदेशः राजधानी कार्यान्वयन मुख्य उपलब्धि
बुधबार, पुस २०, २०७९
लुम्बिनी प्रदेशको पहिलो कार्यकालमा स्थायी राजधानी कार्यान्वयनलाई मुख्य उपलब्धिका रूपमा लिइएको छ । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माका अनुसार स्थायी राजधानी राप्ती उपत्यका (भालुवाङ)मा तोक्नुका साथै सोही स्थानबाट काम सुरु गर्नु नै पाँच वर्षे कार्यकालको मुख्य उपलब्धि भएको बताए ।
क्याम्पसलाई रेसुङ्गा नगरपालिकाको आर्थिक सहयोग
बुधबार, पुस २०, २०७९
जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसलाई रेसुङ्गा नगरपालिकाले आर्थिक सहयोग गरेको छ । जिल्लाको शैक्षिक धरोहर भनिएको रेसुङ्गा बहुमुखी क्याम्पसलाई आर्थिक संकट भएपछि रेसुङ्गा नगरपालिकाले ५० लाख सहयोग गरेको छ । क्याम्पसलाई सोमबार रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले क्याम्पस सञ्चालन समितिका अध्यक्ष श्रीप्रसाद भलामीलाई ५० लाखको चेक हस्तातरण गरेका हुन् ।
शिविरले ज्येष्ठ नागरिक र अशक्तलाई राहत
बुधबार, पुस २०, २०७९
नरबहादुर रानालाई मिर्गौला सम्बन्धी समस्याले घरदेखि टाढा कामकाजमा आवतजावतमा निकै समस्या छ । डेढ वर्षदेखि मिर्गाैैला सम्बन्धी रोगले ग्रसित रानाले काम विशेषले बाहिर जानुपरेमा एक जना सहयोगीको साहारा लिनुपर्छ । करिब दुई दशकअघि भारतीय सेनाबाट अवकाश लिएका ६५ वर्षीय राना अहिले मिर्गाैलाको नियमित उपचारमा छन् ।
कर्पोरेट एक्सिलेन्सी आईएसपी अवार्ड वल्र्डलिङ्कलाई
बुधबार, पुस २०, २०७९
यस वर्षको कर्पोरेट एक्सिलेन्सी २०२२ आईएसपी अवार्ड वल्र्डलिङ्कले प्राप्त गरेको छ । कर्पोरेट क्लब नेपालले देशकै ठुलो इन्टरनेट सेवा प्रदायकलाई ‘द एचआरएम नेपाल अवार्ड्स् फर कर्पोरेट एक्सिलेन्सी’ प्रदान गरेको अवार्ड वल्र्डलिङ्क प्राप्त गरेको हो ।
मुलुकमा राजनैतिक संकट
बुधबार, पुस २०, २०७९
मुलुक फेरि पनि समस्याहरुको सञ्जालमा पर्ने चर्चा भइरहेकै बेला सातै वटा प्रदेशमा सरकार बन्ने विषय पनि महत्वका साथ हेरिएको छ । नेपाली काँग्रेस भित्रको कलह र साना पार्टीहरुको मिलापका कारण एमाले सरकार बनाउने र चलाउने प्रपन्चमा लागेकै बेला प्रदेशका विषयमा पनि चर्चा सुरु भएका हुन् ।
अनिश्चितकालका लागि राहदानी वितरण कार्य बन्द
मंगलबार, पुस १९, २०७९
राहदानी विभागले मंगलबारदेखि अनिश्चितकालका लागि राहदानी वितरण कार्य बन्द गरेको छ । सिस्टममा समस्या आएको भन्दै विभागले अनिश्चितकालका लागि राहदानी वितरण कार्य रोकेको हो ।
निमाविमा ६ सय ४७ पदमा शिक्षक छनौट हुन सकेनन्
मंगलबार, पुस १९, २०७९
शिक्षक सेवा आयोगले निमावि तहको तृतीय श्रेणीको ६ सय ४७ पदमा शिक्षक छनोट हुन सकेका छैनन् । आयोगले २ हजार ६ सय ६ रिक्त पदमा शिक्षक माग गर्दै परीक्षा सञ्चालन गरेको थियो । तर ६ सय ४७ पदमा शिक्षक छनौट नै हुन नसकेका हुन् ।


