सरकारलाई सफल बनाइन्छ : अध्यक्ष ओली
शनिबार, पुस २३, २०७९
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
शनिबार, पुस २३, २०७९
मोटरसाइकल दुर्घटनजा हुँदा रुपन्देहीमा एक जनाको मृत्युु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मा शुक्रबारराति मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँन पुुग्दा चालक सोही ठाउँका ३५ वर्षीय विशेष बुढाथोकी भनिने श्याम गोतामेको मृत्युु भएको हो ।
असहाय विद्यार्थीलाई न्यानो कपडा
शनिबार, पुस २३, २०७९
जिल्लाकोे एक सामुुदायिक विद्यालयमा अध्ययनरत असहाय तथा अशक्त विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । यहाँको राधा माधव समिति अन्तर्गत डिभाइन युथ क्लवले इस्मा गाउँपालिका –१ गुर्वामा रहेको रातचौर प्राथमिक विद्यालयका बालबालिकाहरुलाई एक औपचारिक कार्यक्रमकाबिच न्यानो कपडा वितरण गरेको हो ।
रेसुङ्गा विमानस्थलमा तारा एयरले डेमो उडान गर्दै
शनिबार, पुस २३, २०७९
गुल्मीको रेसुङ्गा नगरपालिकास्थित सिमिचौरमा निर्माण सम्पन्न भएर सञ्रुचालनको तयारीमा रहेको रेसुङ्गा विमानस्थलमा तारा एयरले प्रदर्शन (डेमो) उडान गर्दै छ । तारा एयरको ट्वीनअटर जहाजले आइतबार (२४ पुस) डेमो उडान गर्न लागेको हो ।
खुल्ला सीमाका कारण स्वदेशी उत्पादनले बजार पाएन
शनिबार, पुस २३, २०७९
मर्चवार क्षेत्रका व्यवसायी, किसान, स्थानीय तथा सरोकारवालाले खुल्ला सीमाका कारण स्वदेशी उत्पादनले बजार नपाएको गुनासो गरेका छन् । खुल्ला सीमा व्यवस्थित हुन नसकेका कारण सहज रुपमा सामान भित्रिनुले स्वदेशी उत्पादनको बजारीकरणमा समस्या रहेको उनीहरुको भनाइ छ ।
पाल्पा बस दुुर्घटना : एकै गाउँका ६ को मृत्यु, १८ घाइते, सिंगो गाउँ नै शोकमा
शनिबार, पुस २३, २०७९
बिहीबार राति बुटवलबाट पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ खुर्सानेका लागि हिडेको बस रैनादेवी छहरा–८ टाडीस्थित सालझण्डी ढोरपाटन सडक खण्डमा दुर्घटनाग्रस्त भएको छ । रुपन्देहीको सालझण्डीबाट खुर्सानेतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना भएको हो ।
आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृति
शुक्रबार, पुस २२, २०७९
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ । यसै सिलसिलामा श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि आगामी आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुने मन्त्रालयले जनाएको छ ।
पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
शुक्रबार, पुस २२, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाल्पा बस दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । उनले ट्वीट गर्दै बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति श्रद्धाञ्जलि र घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
रामपुर नगरपालिका नगर सभाको १२ औं अधिवेशन
शुक्रबार, पुस २२, २०७९
जिल्लाको रामपुर नगर सरकारको नगर सभा तथा १२ औं अधिवेशन सुरु भएको छ । नगर सभा तथा अधिवेशन विहिबारदेखि रामपुरमा सुुरु भएको हो । सभाको नगर प्रमुख रमण बहादुर थापा र उपप्रमुख बालकुमारी थापाले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
निखिलको च्याउ खेती : मासिक दुई लाख कमाई, छ जनालाई रोजगार
शुक्रबार, पुस २२, २०७९
केही गर्छु भन्ने इच्छा शक्ति भयो भने न त पैसाले रोक्दो रहेछ, न त उमेरले छेक्दो रहेछ । विश्वास पनि अरूले गर्न नपर्ने रहेछ । जब आफूले आफ्नो इमान्दारिता, असल कर्म र सक्रियतामा विश्वास गरे पुग्ने रहेछ । गुल्मीको चन्द्रकोट गाउँपालिका–३ का निखिल खत्रीले आफूले अध्ययन गर्दा सिके अनुसारको व्यवसाय...
आजदेखि स्वस्थानी व्रत सुरु
शुक्रबार, पुस २२, २०७९
प्रत्येक वर्षको पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूणिर्मासम्म चल्ने एकमहिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ । मनोकांक्षा पूरा हुने विश्वासका साथ एक महिना अवधिसम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित मानिन्छ । आज हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुभारम्भ गरिदै छ ...


