निर्वाचनसँगै सुशासन कायम गर्नु यो सरकारको दायित्व हो’
मंगलबार, मंसिर ९, २०८२
विवाह पञ्चमी पर्व देशभर मनाइँदै
मंगलबार, मंसिर ९, २०८२
प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेता युगमा आजअर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो ।
आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस मनाइँदै
मंगलबार, मंसिर ९, २०८२
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस आज विविध कार्यक्रम गरी नेपालमा पनि मनाइँदै छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरे अनुरुप हरेक वर्ष आजकै दिन यो दिवस मनाउने गरिन्छ ।
महिला हिंसा अन्त्य दिवसको सार्थकता
मंगलबार, मंसिर ९, २०८२
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस आज विविध कार्यक्रम गरी नेपालमा पनि मनाइँदै छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरे अनुरुप हरेक वर्ष आजकै दिन यो दिवस मनाउने गरिन्छ ।
किसानलाई बाली जोगाउने चिन्ता
सोमबार, मंसिर ८, २०८२
हरेक वर्षझैँ यस वर्ष पनि किसानको उस्तै पीडा, चिन्ता र सङ्घर्ष छ । गहुँको बीउ छर्न मल अभावले किसान चिन्तित छन् । अर्कोतर्फ बेमौसमी वर्षाका कारण पानीमा डुबेर नष्ट भएको धानबाली निकाल्नै कठिन छ । कृषि पेसामा आत्मनिर्भर बन्ने सपना बोकेका किसानको दैनिकी भागदौड, चिन्ता र निराशाले भरिएको छ ।
पायक पर्ने स्थानमै आँखाजाँच शिविर आयोजना गर्दा...
सोमबार, मंसिर ८, २०८२
दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौरीकी ५३ वर्षीया रस्मिता दाहालले यसअघि आँखा जाँच गरेकी थिइनन् । तर, अहिले गाउँमै शिविर आएपछि जाँच गर्दा दाँया आँखामा मासु पलाएको रहेछ ।
रामपुरमा धुमधामका साथ रामसीता विवाह उत्सव मनाउँदै
सोमबार, मंसिर ८, २०८२
राम र सीताबीचको अटुट प्रेम र आदर्श विवाहलाई यहाँँको रामपुर नगरपालिका –३ सीताकुण्डमा फेरि एक पटक जीवन्त पार्न लागिएको छ । आदर्श जोडीको वैवाहिक सम्बन्धले साँस्कृतिक तथा धार्मिक सम्बन्ध प्रगाढ बनाउने मात्र नभई आदर्श विवाहको महत्वलाई पनि उजागर गर्ने गर्दछ । जसको साक्षी यहाँका हजारौं श्रद्धालु भक्तजन बन्ने छन् ।
लय समात्न नसकेको अर्थतन्त्र
सोमबार, मंसिर ८, २०८२
अर्थतन्त्र सुध्रिएको दाबी गरिए पनि मुलुकको समग्र आर्थिक अवस्था भने सन्तोषजनक बन्न सकेको छैन । मुलुकको आन्तरिक उत्पादन, उपभोग, लगानी, पुँजी निर्माण, रोजगारी सिर्जनाजस्ता आर्थिक पक्षहरू सकारात्मक देखिएका छैनन् । यति मात्र होइन, मुलुकको वित्तीय अवस्थामा समेत सन्तुलन आउन सकेको छैन ।
कमजोर बजेट कार्यान्वयन
आइतबार, मंसिर ७, २०८२
मुलुकको अर्थतन्त्र यतिबेला चलायमान हुन सकेको छैन । आर्थिक क्रियाकलाप प्रायः शून्य अवस्थामा छन् । आर्थिक गतिविधि नभएको कारणले गर्दा राजस्व सङ्कलन हुन सकेको छैन ।


