Shittalpati
काँग्रेस नेता डा.भण्डारीकी आमाको उपचारको क्रममा निधन

पाल्पा, ग्यास विस्फोटपछि आगलागीबाट जलेर घाइते भएकी सांसद डा.चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ । आज बिहान १० बजेर ५७ मिनेटमा कीर्तिपुर अस्पालमा उपचारका क्रममा ८६ वर्षीया हरिकलाको निधन भएका हो ।

अस्पतालका अनुसार हरिकलाको शरीरको अधिकांश भाग आगोले जलेको थियो । उनको शरीरको ७० प्रतिशत भागमा जलन भएको र श्वासनलीमा तातो हाव र धुँवाका कारणले जलन भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सांसद भण्डारीलाई भने थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ । चिकित्सकहरूको सल्लाहबमोजिम उनलाई मुम्बई लैजाने तयारी गरिएको भण्डारीको सचिवालयले जनाएको छ ।

डा.भण्डारीको काठमाडौं बुद्धनगरस्थित घरमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर विस्फोट भएको थियो । घरमा सिलिण्डर विस्फोट हुँदा डा.भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । भण्डारी र उनकी आमालाई तत्कालै उपचारका लागि एम्बुलेन्सबाट कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको थियो । डाक्टरहरुका अनुसार डा.भण्डारीको शरीरको करिब २५ प्रतिशत र आमाको शरीरको करिब ७० भागमा जलेर असर गरेको हो ।

 

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update