पाल्पा, नेपाली बजारमा महिन्द्राको एक्सयूभी–३०० सार्वजनिक भएको छ । नेपाली ग्राकहरुको मागलाई मध्यनजर गर्दै महेन्द्रले एक्सयूभी–३०० सार्वजनिक गरेको हो ।
नेपालमा नयाँ ग्राहकहरूलाई स्वागत गर्न डब्ल्यू ४ भेरियन्टलाई २०१९ मा जस्तै परिचयात्मक मूल्यमा उपलब्ध गराउने विश्वास कम्पनीले गरेको छ । सार्वजनिक गरिएका एसयूभी चार भेरियन्टमा उपलब्ध हुने र यसको मूल्य ४२ लाख ९५ हजार रुपैयाँदेखि ६० लाख रुपैयाँसम्म हुने कम्पनीले जनाएको छ । शक्तिशाली इन्जिन, उन्नत सुविधाहरू र स्टाइलिश डिजाइनको साथ, एक्सयूभी–३०० ले नेपाली ग्राहकहरूलाई असाधारण ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार एक्सयूभी–३०० लाई सुरक्षालाई उच्च प्राथमिकतामा राखेर डिजाइन गरिएको छ । जसले यसलाई नेपालको सबैभन्दा सुरक्षित सवारी साधनहरूमध्ये एक बनाएको छ ।
यसमा डुअल फ्रन्ट एयरब्यागहरू, ईबीडी सहितको एबीएस, रिभर्स पार्किङ सेन्सरहरू र अन्य धेरै सुरक्षा सुविधाहरू छन्, जसले प्रत्येक यात्रामा यात्रुहरूको सुरक्षा सुनिश्चित गर्दछ । एक्सयूभी–३०० ले ग्लोबल एनसीएपी सुरक्षा परीक्षणहरूमा पनि ५–स्टार रेटिङ प्राप्त गरेका कारण यसले नेपाली सडकका लागि भरपर्दो र सुरक्षित विकल्प बनाएको कम्पनीको भनाइ छ । एसयूभीमा ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्टेयरिङ माउन्टेड कन्ट्रोल र पुस बटन स्टार्ट÷स्टप जस्ता उन्नत प्रविधि सुविधाहरूको दायरा पनि छ । थप रूपमा, शीर्ष–अफ–द–लाइन डब्ल्यू८ भेरियन्टले सनरुफ, लेदरको सिट र डुअल–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल प्रदान गर्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार एक्सयूभी–३०० मा १.२ लिटर टर्बो–पेट्रोल इन्जिनले ११० पीएस र २०० एनएम टर्क प्रदान गर्दछ । इन्जिन ६ स्पीड म्यानुअल गियरबक्ससँग जोडिएको छ । दुईवटा एयरब्याग, एबीएस, सबै पांग्रामा डिस्क ब्रेक, एलईडी टेल–लाइट र चारवटै पावर विन्डोज सबै मोडलहरूमा मानक छन् । एक्सयूभी–३०० को सुविधाहरू र विकल्पहरूको विस्तृत प्याकेज नेपाली उपभोक्ताहरूका लागि एक आकर्षक मूल्य प्रस्ताव हुने बताइएको छ ।