पाल्पा,प्रजातन्त्रवादी पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युनियन पाल्पा शाखाको अधिवेशन यही वैशाख ३१ गते हुने भएको छ । शनिबार बसेको युनियनको कार्यसमितिको बैंठकले वैशाख ३१ गते शाखाको नवौँ अधिवेशन तानसेनमा गर्ने निर्णय गरेको हो ।
युनियनको केन्द्रीय सचिवालयको बैठकले वैशाख १६ देखि ३१ गतेसम्म देशका ७७ वटै जिल्ला शाखाको अधिवेशन गर्ने निर्णय गरे अनुुरुप पाल्पा शाखाले अधिवेशनको मिति तय गरेको युनियनका सभापति भरत शर्माले बताए । उनले भने ‘केन्द्रीय निर्देशन अनुुसार सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गरी केन्द्रमा पठाइसकिएको छ । केन्द्रले समेत अधिवेशनको मिति तय गर्न भनेकाले हामीले वैशाख ३१ गतेलाई अधिवेशन गर्ने निर्णय गरेका छौं ।’
बैंठकले अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्न समिति र उपसमितिहरु गठन गरेको छ । उसले जिल्ला सभापति भरत शर्माको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । समितिमा युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, केन्द्रीय सदस्य शुुसिला रेग्मी, युनियन लुम्बिनी प्रदेशका लेखासमिति संयोजक मुक्ति प्रसाद न्यौपाने, प्रदेश सदस्य सीमा भट्टराई, अनु खनाल, युनियन पाल्पाका शाखाका सल्लाहकार झपेन्द्र गहिरे, जगदीश भट्टराई, प्रकाश नेपाल, युनियनका पूर्व उपसभापति कविराज नेपाल, पूर्व केन्द्रीय पार्षद् शंकर भण्डारी,युनियनका पदाधिकारी, कार्यसमिति सदस्य रहेका छन् ।
यस्तै युनियनका सचिव रामचन्द्र रायमाझीको संयोजकत्वमा निमन्त्रण कार्ड, व्यानर, मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ । जसमा युनियनका सदस्यहरु जीवन तिवारी, सुमन कार्की, भविश्वर पौडेल, दिपक पोखरेल, विष्णुु घिमिरे, सन्तोष गहतराज सदस्य रहेका छन् । युुनियनका कोषाध्यक्ष विष्णुु खनालको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ । जसमा युुनियनका उपसभापति पुष्करराज रेग्मी, केन्द्रीय सदस्य सुशिला रेग्मी, लुुम्बिनी प्रदेशका लेखा समिति संयोजक मुक्ति प्रसाद न्यौपाने, केन्द्रीय पार्षद् दुर्गेश मल्ल, कार्यसमिति सदस्य दानु हिस्की सदस्य छन् ।
यस्तै पत्रकारिता पुरस्कार छनौंट उपसमिति पनि गठन गरिएको छ । युनियनका सल्लाहकार झपेन्द्र गरिहेको संयोजकत्वमा सहल्लाहकारहरु जगदीश भट्टराई, प्रकाश नेपाल सदस्य रहेका छन् । युनियनका कार्यसमिति सदस्य अनिल लिगलको संयोजकत्वमा खाजा व्यवस्थापन उपसमिति गठन गरिएको छ । जसमा कार्यसमिति सदस्यहरु शर्मीला थापा, इमानसिं राना, अनुु खनाल सदस्य रहेका छन् । उपसभापति मन गहिरेको संयोजकत्वमा अतिथि सत्कार उपसमिति पनि गठन गरिएको छ । जसमा केन्द्रीय सदस्य शुसिला रेग्मी, सह–सचिव सरस्वती दंगाल,सदस्यहरु सरिता रेग्मी, वविता विष्ट, प्रेरणा नेपाल, सदस्य रहेका छन् । यस्तै बैंठकले निर्वाचनका लागि अधिवक्ता शिवप्रसाद देवकोटालाई निर्वाचन संयोजक तोकेको छ, भने लेखापरीक्षणका लागि रजिष्टर लेखापरीक्षक राधेश्याम ज्ञवालीलाई लेखापरीक्षक तोकेको छ । बैंठक युनियनका सभापति भरत शर्माको अध्यक्षता, सचिव रामचन्द्र रायमाझीको सञ्चालनमा भएको थियो ।