Shittalpati
अवैध क्रसर उद्योग बन्द गर
अवैध क्रसर उद्योग बन्द गर सरकारले केही दिन अघि अनुमति नलिई सञ्चालनमा रहेका क्रसर उद्योगलाई बन्द गर्ने निर्णय गरेको थियो । रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री बनेको १० औं दिन गत पुस २० मा मुलुकभरका अवैध क्रसर उद्योग बन्द गराउने निर्णय गरेका थिए ।
तानसेनमा निकालियो भिमसेनको रथ यात्रा
तानसेनमा निकालियो भिमसेनको रथ यात्रा जिल्लाको सदरमुुकाम तानसेनमा विहीबार धार्मिक आस्थासँग जोडिएको भीमसेनको रथ यात्रा निकालिएको छ । नेवार समुदायले हरेक वर्ष माघ शुक्ल भीमा द्वादशीका दिन भिमसेनको रथ यात्रा निकाल्ने गर्दछन् ।
सांसद चौधरी पक्राउ
सांसद चौधरी पक्राउ सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । बिहीबार दिउँसो बाँकेबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । चौधरी नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित सांसद हुन् ।
लुम्बिनी प्रदेश : मन्त्रालय घटे, दलहरूको दाबी घटेन
लुम्बिनी प्रदेश : मन्त्रालय घटे, दलहरूको दाबी घटेन लुम्बिनी प्रदेश सरकारले १३ बाट घटाएर १० वटा मन्त्रालयको टुंगो लगाएको छ । मुख्यमन्त्री लिला गिरीले सत्तारुढ दलका शीर्ष नेताहरूसँगको छलफलपछि १३ बाट घटाएर १० वटा मन्त्रालयको टुंगो लगाएका हुन् । उनले नियुक्ति भएकै दिन मन्त्रालयको संख्या घटाउने घोषणा गरेका थिए । मुख्यमन्त्री गिरीले यस अघि एक मन्त्रालय घटाइसेका थिए ...
बिचौलियाको मारमा सुन्तला कृषक
बिचौलियाको मारमा सुन्तला कृषक गुल्मीको सदरमुकाम तम्घास बजारमा अहिले सुन्तलाको भाउ प्रतिकिलोग्राम एक सय छ । दानाको आकारका भरमा पाँचदेखि १० तलमाथि भए पनि यो समयमा सुन्तलाको मूल्य स्थिर रहन्छ । गुल्मीमा पर्याप्त मात्रामा सुन्तला उत्पादन, स्थानीय बजारमा खपत र बाहिरी बजारमा निर्यात हुँदै आए पनि यसको फाइदा बिचौलीयाले उठाइरहेका छन् ।
आज विश्व सिमसार दिवस मनाइदैं
आज विश्व सिमसार दिवस मनाइदैं प्रत्येक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने विश्व सिमसार दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘सिमसार क्षेत्र पुर्नस्थापना’ भन्ने नाराका साथ सन् २०२३ को विश्व सिमसार दिवस मनाउन लागिएको हो ।
बढेर आयो इन्धनको भाउ
बढेर आयो इन्धनको भाउ डिजेल र पेट्रोलको भाउ भारतबाट बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई इन्धनको भाउ बढाएर पठाएको हो ।
सिमसार दिवसको सन्दर्भ
सिमसार दिवसको सन्दर्भ प्राकृतिक तथा कृत्रिम रूपमा पानी जमेर वा बगेर, अस्थायी वा स्थायी रुपमा बनेको दलदल क्षेत्रलाई ‘सिमसार’ भनिन्छ । सिमसारमा पानी नसुक्ने र जमिन नलुक्ने क्षेत्रलाई लिने गरिन्छ । तर अहिले यो क्षेत्र संकटमा पर्न थालेको छ । सिमसार क्षेत्रलाई विश्वव्यापी रूपमा संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष फ्रेब्रुअरी २...
पेट्रोल छर्केर बागलुङमा एक पुरुषले गरे आत्मदाहको प्रयास
पेट्रोल छर्केर बागलुङमा एक पुरुषले गरे आत्मदाहको प्रयास केही दिन अघि काठमाडौंमा पेट्रोल छर्केर आत्मदाह गरेको घटना सेलाउन नपाउदै फेरी बागलुङमा एक पुरुषले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग
राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग निर्वाचन आयोगमा रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता प्रक्रिया नै गलत रहेको भन्दै खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । युवराज पौडेल सफलले आयोगसमक्ष उजुरी दिएका हुन् ।
Weather Update