Shittalpati
महमा मिसावट गर्ने गिरोह पक्राउ
महमा मिसावट गर्ने गिरोह पक्राउ बुटवलमा महमा अखाद्यपदार्थ मिसावट गरेर उपभोक्तालाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ सिर्जनानगरमा महमा मिसावट गरी उपभोक्तालाई ठगी गर्ने भारतीय गिरोहलाई पक्राउ गरिएको हो ।
विदेशमा छ महिना काम गरेर फर्किएकाले मात्र दुई वटा फोन ल्याउन पाउने
विदेशमा छ महिना काम गरेर फर्किएकाले मात्र दुई वटा फोन ल्याउन पाउने वैदेशिक रोजगारीमा छ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन् । भन्सार विभागले आज एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको छ महिना पूरा भएकाले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने जनाएको हो ।
रामपुर आयुर्वेद औषधालयमा बहिरंग सेवा
रामपुर आयुर्वेद औषधालयमा बहिरंग सेवा जिल्लाको रामपुरमा रहेको रामपुर आयुर्वेद औषधालयमा बहिरंग सेवा शुभारम्भ भएको छ । अस्पतालले यस क्षेत्रका नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सेवा सञ्चालनमा ल्याएको हो ।
रामपुरमा एक महिने निःशुल्क लोक सेवा कक्षा
रामपुरमा एक महिने निःशुल्क लोक सेवा कक्षा लोक सेवाको तयारीका लागि रामपुरमा निःशुल्क कक्षा सञ्चालन गरिएको छ । रामपुर नगर सरकारले लोक सेवामा सबैको पहुँच पुुर्‍याउने उद्देश्यले नगर भित्रका व्यक्तिहरुलाई एक महिने निःशुल्क लोक सेवाको कक्षा सञ्चालन गरेको हो ।
बगनासकालीको बसाई : २२ महिनामा २२ काम
बगनासकालीको बसाई : २२ महिनामा २२ काम पाल्पाको बगनासकाली गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयमा सम्वतले ३ वर्ष, आ.व.ले २ वर्ष, महिनाले २२ महिना, दिनले ६ सय ५१ दिन, (१ वर्ष ९ महिना १३ दिन) सार्वजनिक सेवाप्रवाह सम्बन्धी कार्यसम्पादनमा गाउँपालिकाका आम नागरिक, जनप्रतिनिधिहरू, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, कर्मचारीहरूसँग समन्वय, सम्पर्क, सहजीकरण र सहकार्यमा आफूलाई समर्पित गर्दै इमान्दारीता र...
डढेलोका घटना बढ्नु चिन्ताजनक
डढेलोका घटना बढ्नु चिन्ताजनक पछिल्लो समय डढेलोका घटना बढ्दै गएका छन् । गर्मी मौसम सुरु भएदेखि डढेलोका घटनाका समाचारहरु दिनहुँ आइरहेका छन् । कतै–कतै समुदायमा अझै पनि वनपाखामा डढेलो लगाउने चलन छ । तारन्तार लाग्ने डढेलोका दीर्घकालीन प्रभाव हुन्छन् । हजारौं हेक्टरको वन पैदावार जल्छन् । डढेलोले वनमा भएका पशुपन्छी चराचरको पनि मृत्यु हुन्छ ...
रानीमहल ‘बिच भलिबल’को केन्द्र घोषणा
रानीमहल ‘बिच भलिबल’को केन्द्र घोषणा पाल्पाको रानीमहललाई बिच भलिबल केन्द्रको रुपमा घोषणा गरिएको छ । रानीमहल क्षेत्रमा पर्ने तानसेन नगर सरकार र बगनासकाली गाउँ सरकारले यहाँको क्षेत्रलाई ‘बिच भलिबल’ को केन्द्रका रुपमा घोषणा गरेका हुुन् ।
राष्ट्रिय पुरुषबिच भलिबलको उपाधि आर्मीलाई
राष्ट्रिय पुरुषबिच भलिबलको उपाधि आर्मीलाई चैत्र २८ गतेदेखि भएको राष्ट्रिय पुरुष वीच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । शनिबार सकिएको खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो ।
प्रेस युनियन रुपन्देहीमा नेपाल
प्रेस युनियन रुपन्देहीमा नेपाल नेपाल प्रेस युनियन रुपन्देहीको अध्यक्षमा कविन्द्र नेपाल निर्विरोध निर्वाचित भएका छन् । युनियनको बुटवलमा भएको २१ औँ साधारणसभा तथा नवौँ अधिवेशनले नेपाललाई अध्यक्षमा चयन गरेको हो ।
गाउँले देउराली साप्ताहिकले गाउँमै गएर मनायो ३० औं वार्षिक उत्सव
गाउँले देउराली साप्ताहिकले गाउँमै गएर मनायो ३० औं वार्षिक उत्सव पाल्पाको तानसेनबाट प्रकाशित हुँदै आएको गाउँले देउराली साप्ताहिकले गाउँमै पुुगेर ३० औं वार्षिक उत्सव मनाएको छ । पत्रिकाले पूूर्वखोला गाउँपालिका –१ ढाक्रेवास पुुगेर आफ्नो वार्षिक उत्सव मनाएको हो ।
Weather Update