निर्वाचन आयुक्त पौड्यालको बिदाइ
बिहीबार, फागुन ४, २०७९
स्ववियु कार्यतालिका सार्वजनिक
बिहीबार, फागुन ४, २०७९
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरे ।
सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बइ लगियो
बिहीबार, फागुन ४, २०७९
ग्याँस सिलिण्डर विस्फोबाट घाइते भएका नेपाली कांँग्रेस सांसद डा.चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बइ लगिएको छ । श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत् भारतको मुम्बईस्थित नेसनल स्किन वर्न अस्पताल उपचारका लागि लगिएको हो ।
ग्याँस सिलिण्डर विस्फोट हुँदा दुई घाइते
बिहीबार, फागुन ४, २०७९
दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा आज खाना पकाउने ग्याँस सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१६ लहलौराका ५० वर्षीया कुसुम केसी र चितवन जिल्ला भरतपुर महानगरपालिका–५ घर भई हाल तुलसीपुर–१६ मा बस्दै आएका २९ वर्षीय आशिष खनाल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
८२ लाख मूल्य बराबरको बियर बरामद
बिहीबार, फागुन ४, २०७९
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले रु ८२ लाख बराबरको बियर बरामद गरेको छ । मङ्गलबार र बुधबार बजार अनुगमनका क्रममा विभागले उपभोग्य मिति सकिएका करिब दुई हजार सात सय ५७ कार्टुन बियर बरामद गरेको हो । दुई दिनको बजार अनुगमनका क्रममा विभागले उपभोग्य मिति सकिएका बियर बरामद गरेको जनाएको...
नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत उपचारका लागि भारत लगिँदै
बिहीबार, फागुन ४, २०७९
बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली काँग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै छ । श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा उपचारका लागि केहीबेरमै लैजाने तयारी गरिएको कांग्रेसका युवा नेता मोती भण्डारीले जानकारी दिए ।
काँग्रेस नेता डा.भण्डारीकी आमाको उपचारको क्रममा निधन
बिहीबार, फागुन ४, २०७९
ग्यास विस्फोटपछि आगलागीबाट जलेर घाइते भएकी सांसद डा.चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ । आज बिहान १० बजेर ५७ मिनेटमा कीर्तिपुर अस्पालमा उपचारका क्रममा ८६ वर्षीया हरिकलाको निधन भएका हो ।
गुल्मीमा नयाँ प्रजातिका चरा भेटिए
बिहीबार, फागुन ४, २०७९
विश्वमै दुर्लभ मानिएका विभिन्न प्रजातिका चरा गुल्मीमा भेटिएका छन् । यहाँको रेसुङ्गा वन क्षेत्रमा थप पाँच प्रजातिका नयाँ चरा फेला परेका हुन् । पक्षी संरक्षण संघ गुल्मीले रेसुङ्गामा चरा सम्बन्धी अध्ययन गर्दा टुइँसी सुँगा, कोटेरो मुनियाँ, चञ्चले सुड्सुडिया, चखेवाचखेवी र तिलहरी प्रजातीका चरा फेला परेका हुन् । अघिल्लो वर्ष ६...
बाइस वर्षदेखि सशस्त्र प्रहरी अस्थायी संरचनामा
बिहीबार, फागुन ४, २०७९
बाइस वर्षअघि निर्माण भएका अस्थायी संरचना । त्यहाँ निर्माण गरिएका बंकर । तिनै चुहिने टिनको छाना तथा जमिनभित्र निर्माण भएका बंकरमा बस्दै आएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी । पानी परेका बेला चुहिएर कुलेसो काटेर तर्काएर निरन्तर जनताको सुरक्षाका लागि खटिँदै आएको छ सशस्त्र प्रहरी बल नेपाल ३० नं गुल्म वालिङ ...
बगनासकालीमा १५ शैयाको अस्पताल शिलान्यास
बिहीबार, फागुन ४, २०७९
जिल्लाको बगनासकाली गाउँपालिका–१ चिलाङ्दीमा १५ शैयाको आधारभूत अस्पताल शिलान्यास गरिएको छ । हरेक पालिकामा कम्तिमा एउटा १५ शैयाको अस्पताल निर्माण गर्ने संघीय सरकारको नीति अनुसार यहाँ अस्पतालको शिलान्यास गरिएको हो ।
मेन्छियाम हाइड्रोपावरले साधारण शेयरको निष्कासन
बिहीबार, फागुन ४, २०७९
मेन्छियाम हाइड्रोपावर लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन १० गतेदेखि आयोजना पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो ।
राष्ट्रपति निर्वाचनको चासो
बिहीबार, फागुन ४, २०७९
निर्वाचन आयोगले २५ फागुनभित्रै राष्ट्रपति निर्वाचन गर्नेगरी तयारी अघि बढाएको छ । आयोगले २५ फागुनकै मितिलाई प्राथमिकतामा राखेको हो । निर्वाचन मिति नजिकिदै जाँदा राष्ट्रपति निर्वाचन राजनीतिक वृत्तमा निकै चर्चा र चासोको विषय बनेको छ । विशेषगरी ठूला राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रपतिका लागि आ–आफ्नै...


