कृष्ण पोखरेल
पाल्पा,
पाल्पाको तानसेनबाट प्रकाशित हुँदै आएको गाउँले देउराली साप्ताहिकले गाउँमै पुुगेर ३० औं वार्षिक उत्सव मनाएको छ । पत्रिकाले पूूर्वखोला गाउँपालिका –१ ढाक्रेवास पुुगेर आफ्नो वार्षिक उत्सव मनाएको हो ।
अपाङ्ग तथा फरक क्षमता भएका नारायण र माधव सारुलाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले उनीहरुको घरमै पुगेर पत्रिकाले वार्षिक उत्सवसँगै कृति विमोचन तथा सम्मान कार्यक्रम गरेको छ ।
कार्यक्रममा पूूर्वखोला गाउँपालिका अध्यक्ष नूनबहादुर थापाले पत्रिकाका प्रधान सम्पादक रामप्रसाद अर्यालद्वारा लिखित देउरालीको फन्को कृति विमोचन गरेका छन् । पालिका अध्यक्ष थापाले गाउँले देउरालीले ३० बर्षदेखी नाम अनुसारको काम गर्दै आएको बताए । पत्रिकाले नेता मुखी भन्दा जनतामुखी भएर काम गर्दै आएकाले जनताकोबिचमा लोकप्रिय रहेको पालिका अध्यक्ष थापाले बताए । उनले भने‘ विकास निर्माण मात्र ठूूलो कुरो होइन एक्लै रोइरहेको दिलबहादुरलाई आज सबैको साथ मिलेको महशुस गराई सहयोग गरेकोमा गाउँले देउरालीलाई धन्यवाद छ ।’
कार्यक्रममा पत्रकार महासंघका पूूर्व अध्यक्ष राजेश कुमार अर्यालले विनयकुमार कसजुदेखि रामचन्द्र नेपाल सम्म आउँदा अनेक आरोह अवरोह पार गर्दै नियमित रुपमा देउराली पत्रिका पाठकको हात–हातमा नियमित रुपमा पुगेको बताए । पुस्तकमाथि समिक्षा गर्दै वरिष्ठ साहित्यकार निलकण्ठ न्यौपानेले कृतिभित्र विभिन्न विधामा ५८ शिर्षकमा गाउँले परिवेशको यथार्थता, सामाजिक सचेतनात्मक , ब्यङग्यात्मक , शिक्षाप्रेरक विषयवस्तुहरु रहेको बताए । कार्यक्रममा पत्रिकाका प्रधान सम्पादक राम प्रसाद अर्याल, साहित्यकार डा.टंक प्रसाद पन्त धातानन्द शर्मा,नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्द भट्टरार्ई लगायतकाले पत्रिकाले आफ्नो नाम अनुसारको काम गर्दै आएको बताए । वार्षिक उत्सवको अवसरमा स्वदेश तथा विदेशबाट संकलन भएको पँचार हजार रुपैयाँ, समाजसेवी झमानसिं दर्लामीबाट दशहजार र कार्यक्रममा सहभागीबाट दश हजार चार सय रुपैयाँ बालबालिकाका बाबा डिलबहादुर सारुलाई प्रदान गरिएको थियो । आर्थिक अवस्था निकै दयनिय भएकै कारण डिलबहादुरले सम्पर्कको लागि एउटा मोवाइल फोन समेत किन्न सकेका छैनन् ।
पत्रिकाले प्रधान सम्पादक रामप्रसाद अर्याल, संस्थाका सचिव रामचन्द्र नेपाल, कोषाध्यक्ष यादव शर्मा, साहित्यकार डा. टंकप्रसाद पन्त पूूर्व सम्पादक ,धातानन्द शर्मा, गोविन्दप्रसाद भट्टराई सहयोगीहरु झमानसिं दर्लामी , झविन्द्र देवकोटा, व्यवस्थापक रिमा घर्तीलाई सम्मान गरेको छ । संस्थाका अध्यक्ष सोमनाथ अर्यालयको अध्यक्षता, संस्थाकी उपाध्यक्ष शुसिला श्रेष्ठको स्वागत र सचिव रामचन्द्र नेपालको सञ्चालनमा कार्यक्रम भएको थियो । बालबालिकाको दयनिय अवस्थामा केही भए पनि सहयोग रकम जुटाईदिन, सो विषयमा प्रचार–प्रसार गर्न बालबालिकाको घरमै पुुगेर कार्यक्रम गरिएको गाउँले देउराली पत्रिकाका अध्यक्ष सोमनाथ अर्यालले बताए ।