Shittalpati
राष्ट्रिय जनमोर्चा पाल्पाको अध्यक्षमा पुुनः दर्लामी

कृष्ण पोखरेल
पाल्पा, राष्ट्रिय जनमोर्चा पाल्पाको अध्यक्षमा पुनः विशाल दर्लामी निर्वाचित भएका छन् । राष्ट्रिय जनमोर्चा नेपाल पाल्पाको पाँचौ जिल्ला सम्मेलनबाट दर्लामी पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

दर्लामीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा मान बहादुर बयम्बु, सचिवमा विरेन्द्र मिदुन, सह–सचिवमा नरमती सिंजाली र कोषाध्यक्षमा टिकाराम पौडेल चयन भएका छन् । यसै गरी जिल्ला सदस्यहरुमा पदम पौडेल, उमा सिंजाली, राम प्रसाद गैरे, कमल थाप, पहलसिंह सिंजाली, जग बहादुर क्षेत्री, पुर्ण बहादुर फाल र तिलक गाहा चयन भएका छन् ।

यसैगरी बैकल्पिक जिल्ला सदस्यहरुमा विष्णु प्रसाद ज्ञवाली माया विक, खुम आले र निरु सारु चयन भएको जनमोर्चाले जनाएको छ । देशमा बढ्दो भष्ट्रचार, अनियमिता, घुसखोरी, कमिसनतन्त्रविरुद्ध निरन्तर जनतामा खबरदारी कार्यक्रम गर्ने नवनिर्वाचित अध्यक्ष दर्लामीले बताए । जनतामा सचेतना जगाउने, पालिकादेखी केन्द्र सरकारले गरेका काम गतिविधीमा खवरदारी गर्ने उनले प्रतिवद्धता जनाए ।

 

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update