Shittalpati
पेट्रोलियम पदार्थको मूल्य बढेर आयो
पेट्रोलियम पदार्थको मूल्य बढेर आयो पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको हो । अघिल्लो पटकको तुलनामा पेट्रोल प्रतिलिटर २ रुपैयाँ ४ पैसा तथा डिजेल प्रतिलिटर २ रुपैयाँ ११ पैसा बढेर आएको छ ।
भ्रमण सद्भावनामै सीमित नहोस्
भ्रमण सद्भावनामै सीमित नहोस् प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भारत भ्रमणमा छन् । उनले समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा बुधबारदेखि भ्रमण सुरु गरेका हुन् । भारतीय समकक्षी नरेन्द्र मोदीसहित त्यहाँका शिर्ष नेताहरुसँग प्रचण्डले भेट गरिरहेका छन् । प्राधनमन्त्रीको भारत भ्रमणलाई धेरैले चासोको रुपमा लिएका छन् ।
पाल्पा गोल्डकप : स्वयम्भु युथले हरायो विष्णु पादुका युथलाई
पाल्पा गोल्डकप : स्वयम्भु युथले हरायो विष्णु पादुका युथलाई तानसेनको टुँडिखेलमा जारी कर्णेल उजीरसिंह पाल्पा गोल्डकप फुटबल प्रतियोगिताको चौथो दिन विहीबार भएको खेलमा स्वयम्भू युथ क्लब काठमाडौं विजयी भएको छ । विष्णु पादुका युथ क्लब पोखरालाई २–१ गोलले पराजित गर्दै स्वयम्भु युथ विजयी भएको हो । 
बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या
बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी २२ वर्षीया अञ्जनी थारुको चक्कु प्रहार गरी हत्या गरिएको हो । 
सहकारीको रकम हिनामिना गर्ने छ जना पक्राउ
सहकारीको रकम हिनामिना गर्ने छ जना पक्राउ नेपाल प्रहरीले सहकारीको रकम हिनामिना गर्ने छ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बूढानीलकण्ठ नगरपालिका–९ स्थित एकताबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रू आठ करोड १८ लाख ८९ हजार सात सय ९५ हिनामिना गर्ने छ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
नेपाल र भारतबीच सात मुख्य विषयमा सम्झौता
नेपाल र भारतबीच सात मुख्य विषयमा सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सात मुख्य विषयमा सम्झौता भएको छ । नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुई देशका प्रधानमन्त्रीले सात बुँदे सम्झौतामा हस्ताक्षर गरेको जानकारी गराइएको हो ।
गुल्मीका स्थानीय तहलाई ४ अर्ब ५३ करोड बढीको बजेट
गुल्मीका स्थानीय तहलाई ४ अर्ब ५३ करोड बढीको बजेट संघीय सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि स्थानीय तहलाई २ खर्ब ९५ अर्ब २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो रकम महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाले पाउने छन् । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा प्रस्तुत गरेको बजेट अनुसार स्थानीय तहले पाउने रकम गत वर्षको भन्दा केही घटेको छ ...
सहयोग नहुँदा गौधाम टिकाउनै समस्या
सहयोग नहुँदा गौधाम टिकाउनै समस्या स्याङ्जाको गल्याङ नगरपालिका–११ बन्नेडाँडास्थित कृष्णगण्डकी आलमदेवी गौधाम एवं आध्यात्मिक चिन्तन संस्थामा रहेका गाई पाल्न समस्या हुँदै गएको छ । गोठ र चरन क्षेत्र गरी ११ रोपनी क्षेत्रफलमा फैलिएको गौधाममा लोपोन्मुख स्थानीय जातका १९ काठे गाई छन् । गोठाला खर्च, गाईका लागि घाँस, पराल, गोठ तथा चरन क्षेत्रको अभाव भएपछि समस्या...
माथामालिका एकीकृत कृषिको सार्वजनिक सुनुवाई
माथामालिका एकीकृत कृषिको सार्वजनिक सुनुवाई जिल्लाको माथागढी गाउँपालिका–४, झडेवामा रहेका माथामालिका एकीकृत कृषि प्रालिले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । संस्थाले भए गरेका गतिविधिहरुलाई एक औपचारिक कार्यक्रमका बिच आम नागरिक समक्ष सार्वजनिक गरेको हो ।
बुवा–आमाको सधैँ सम्मान गरौं
बुवा–आमाको सधैँ सम्मान गरौं हरेक वर्ष वैशाख महिनाको कृष्ण पक्षको औंसीमा आमा र भाद्र कृष्ण औंसी अर्थात् कुसेऔंसीमा बुुवाको मुख हेर्ने चलन छ । यो चलन जस्तै हरेक वर्ष जुन १ तारिखमा विश्व आमाबुवा दिवस मनाउने गरिन्छ । आज पनि विश्वभर बुवा आमाको सम्मानमा यो दिवस मनाइंदै छ ।
Weather Update