Shittalpati
चिदीपानी पूर्ण संस्थागत सुत्केरी वडा घोषणा

पाल्पा, जिल्लाको माथागढी गाउँपालिका– १ चिदीपानी पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको छ । एक औपचारिक कार्यक्रमका बीच वडालाई पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता वडा घोषणा गरिएको हो ।

सम्पूर्ण मापदण्ड पूरा गरी वडालाई पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता वडा घोषणा गरिएको वडा कार्यालयले जनाएको छ । गाउँपालिकाका अध्यक्ष यम चिदीले वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको प्रमाणपत्र वडा अध्यक्ष राजकुमार पन्थी र स्वास्थ्यचौकी प्रमुख ध्रुवबहादुर सुनारलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । सोही अवसरमा चिदीपानी स्वास्थ्यचौकीको भवन समेत उद्घाटन गरिएको छ । भवनको पाल्पा क्षेत्र नं –२ का प्रतिनिधि सभा सदस्य ठाकुर गैरे, पाल्पा क्षेत्र नं.–१ का प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । भवनको उद्घाटनसँगै पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्दै सांसद ठाकुर गैरेले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रप्रति वडाले देखाएको सक्रियता प्रसंसनिय रहेको बताए । उनले घोषणा गर्नु मात्रै ठूलो कुरा नभएकाले त्यसलाई कार्यान्वयन गर्ने दिशामा समेत सक्रिय बन्न वडा र पालिकालाई आग्रह गरे । 
    अर्का सांसद नारायण आचार्यले वडामा हुने सम्पूर्ण सुुत्केरी महिलाहरुलाई निरन्तर रुपमा स्वास्थ्य संस्थाको पहँुचमा पु¥याउन सके घोषणाले सार्थकता प्राप्त गर्ने धारणा व्यक्त गरे । कार्यक्रममा माथागढी गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया लुङ्चे, पाल्पा जिल्ला अस्पतालका अध्यक्ष गुराँस आत्रेय लगायतले आ–आफ्ना धारणा राखेका थिए । वडाले स्वास्थ्य चौकी भवन निर्माणका लागि जग्गा प्रदान गर्ने चिनीपानी १ निवासी सनातन काफ्ले, बिमाकुमारी रेग्मी र पूर्ण संस्थागत सुत्केरी घोषणा गर्न सहयोग गर्ने महत्वपूर्ण व्यक्ति तथा संस्थाहरुलाई सम्मान समेत गरेको छ । कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख तुलबहादुर सुनारले प्रतिवेदन प्रस्तुत गरेका थिए । वडा अध्यक्ष तथा  चिदीपानी स्वास्थ्यचौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पन्थीको अध्यक्षता, गाउँपालिकाका स्वास्थ्य संयोजक केशव जिसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update