करिब दुई केजी सुनसहित एक जना पक्राउ
आइतबार, असार १०, २०८०
तानसेनको नीति तथा कार्यक्रम : ‘पर्यटन र संस्कृति संरक्षणमा केन्द्रित’
आइतबार, असार १०, २०८०
जिल्लाको तानसेन नगर सरकारले शनिबार नीति तथा कार्यक्रम ल्याएको छ । उसले नगर सभाको १३ औं अधिवेशनमार्फत आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याएको हो । नगर उपप्रमुख प्रतिक्षा सिंजालीले १८२ बुँदे नीति तथा कार्यक्रम सभामा पेश गरेकी हुन् । ‘
भूमि पूजाको सन्दर्भ
आइतबार, असार १०, २०८०
मगर समुदायले आज भूमि पूूजा गर्दैछन् । यसलाई भुमे पूजा पनि भन्ने चलन छ । मगर समुदायले असारमा रोपाई सुरु गर्नु अगावै पन्चत्व स्वरूपमा भूमिको पूजन गर्ने परम्परा छ । विशेषगरी रोल्पा, रुकुम, सल्यान, पाल्पा, दैलेख, जाजरकोट दाङ लगायत राप्ती अञ्चलका सबै जिल्लाहरुमा धूमधामसँग भूमि पूूजा गर्ने गरिन्छ ।
स्थानीय तहले आइतबार बजेट प्रस्तुत गर्दै
शनिबार, असार ९, २०८०
आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सात सय ५३ स्थानीय तहको बजेट आइतबार सार्वजनिक हुँदैछ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान स्थानीय...
सामाजिक सुरक्षा कोषद्वारा पाँच अर्ब दाबी भुक्तानी
शनिबार, असार ९, २०८०
सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई झण्डै रु पाँच अर्ब दाबी भुक्तानी गरेको छ । कोषले हालसम्म विभिन्न सुरक्षा योजनाबाट योगदानकर्तालाई रु चार अर्ब ७९ करोड भुक्तानी गरेको हो ।
नक्कली परीक्षार्थी पक्राउ
शनिबार, असार ९, २०८०
सवारीचालक अनुमती पत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ । यातयात व्यवस्था कार्यालय बागलुङले आज माझीबस्तीमा लिइरहेको प्रयोगात्मक परीक्षा‘ट्रायल सेन्टर’मा नक्कली परीक्षार्थी बनेका सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई पक्राउ गरेको हो ।
रिब्दीकोट गाउँपालिकाले ल्यायो ५३ करोडको बजेट
शनिबार, असार ९, २०८०
जिल्लाको रिव्दीकोट गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५३ करोड ६८ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । १३ औं गाउँसभामा उपाध्यक्ष कान्ता अधिकारीले आगामी बर्षको लागि बजेट पेश गरेकी हुन् । उपाध्यक्ष अधिकारीले पुँजीगततर्फ २३ करोड ५६ लाख ६४ हजार र चालु तर्फ २९ करोड ४४ लाख ४ हजार बजेट...
कृषिमा आत्मनिर्भर बनाउने महत्वकांक्षी योजनासहित रैनादेवीले ल्यायो नीति तथा कार्यक्रम
शनिबार, असार ९, २०८०
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउने महत्वकांक्षी योजना सहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ ।
बेपत्ता भएको १२ वर्षपछि घर
शनिबार, असार ९, २०८०
लमजुङ दुतपोखरी गाउँपालिका– ५ कोलीका ८५ वर्षीय बौद्ध गुरुङ्ग बेपत्ता भएको १२ वर्षपछि परिवारको सम्पर्कमा आएका छन् । १२ वर्ष अघि आफ्न्त भेट्न चितवन हिडेका गुरुङ्ग बाटोबाटै वेपत्ता भएका थिए । बेपत्ता उनी अहिले परिवारको सम्पर्कमा आएका हुन् । स्पष्ट बोल्न नसक्ने र गुरुङ्ग भाषा मात्र बुुझ्ने गुरुङ्ग २०६८ सालमा...
महिलालाई पञ्चेबाजा बजाउन सिकाउँदै मदाने
शनिबार, असार ९, २०८०
पछिल्लो समय नेपाली समाजमा पञ्चेबाजा हराउँदै गएका छन् । पञ्चेबाजा संरक्षणमा स्थानीय सरकारले चासो नदिएका कारण पञ्चेबाजा हराउदै जान थालेका हुन् ।
नगरको आन्तरिक स्रोत बलियो बनाउँछौं : नगर प्रमुख थापा
शनिबार, असार ९, २०८०
जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले नगरको आन्तरिक स्रोत बलियो बनाउने दिशामा नगर सरकार लागि परेको बताएका छन् । उनले रकम अभावमा नगरमा पर्याप्त बजेट ल्याउन नसकिएको भन्दै अब आन्तरिक स्रोत वृद्धि गर्नमा लागिएको बताए ।


