निस्दीले गर्यो २० वर्ष पुगी विवाह गर्नेलाई सम्मान
बुधबार, असार १३, २०८०
लोक बाजा संरक्षण गर
बुधबार, असार १३, २०८०
पछिल्लो समय नेपाली समाजमा लोक बाजा हराउँदै गएका छन् । हरेक चाडपर्व र उत्सवमा बजाइने पञ्चेबाजा हिजो आज निकै कम मात्रमा सुनिन थालेका छन् । आधुनिकतासँगै मनोरञ्जनका लागि अन्य साधनको प्रयोग बढ्दा ति मौलिकता खुम्चिँदै गएका हुन् । नयाँ पुस्तामा पञ्चेबाजाप्रति रूचि हराउँदै गएको छ ।
रोटरी क्लव पाल्पा तानसेनले मनायो स्थापना दिवस, गर्यो पदहस्तान्तरण
मंगलबार, असार १२, २०८०
रोटरी क्लव अफ पाल्पा तानसेनले २३ औं स्थापना दिवससँगै पदहस्तान्तरण कार्यक्रम गरेको छ । क्लवले मंगलबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी स्थापना दिवस र पदहस्तान्तरण गरेको हो ।
तानसेनबाट श्रम स्वीकृति
मंगलबार, असार १२, २०८०
जिल्लाको सदरमुकाम तानसेनबाट श्रम स्वीकृति दिन सुरु गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार तानसेन नगर सरकारले नगरपालिकाबाटै श्रम स्वीकृतिको व्यवस्था गरेको हो ।
भैरहवाबाट हङकङ उडान गर्दै नेपाल एयरलाइन्स
मंगलबार, असार १२, २०८०
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ । काठमाडौँबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो ।
मोबाइल प्रयोगले बालबालिकामा यस्ता समस्या
मंगलबार, असार १२, २०८०
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालायले बालबालिकामा मोबाइलको प्रयोगले सर्वाङ्गीण विकासमा असर पार्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको सर्वाङ्गीण विकासमै असर पुग्ने बताउँछन् ।
असार १४ गते सार्वजनिक बिदा
मंगलबार, असार १२, २०८०
नेपाल सरकारले यही असार १४ गते इदका अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी असार १४ गते बकर इद (ईद उल अजहा) पर्व भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ ।
रामपुरमा एक वृद्ध मृत फेला
मंगलबार, असार १२, २०८०
जिल्लाको रामपुरमा एक वृद्ध मृत फेला परेका छन् । मंगलबार विहान रामपुर नगरपालिका–३, चनौलीका ७० वर्षीय नरबहादुर गुरुङ सडक नालीमा मृत फेला परेका हुन् ।
पाल्पाका स्थानीय सरकारका बजेट, कसका कस्ता ?
मंगलबार, असार १२, २०८०
देशभरका अधिकांश स्थानीय सरकारले आइतबार बजेट सार्वजनिक गरेका छन् । स्थानीय सरकारले असार १० भित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था अनुसार आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएका हुन् । पाल्पामा रहेका दशवटै स्थानीय तहले पनि नीति तथा कार्यक्रम सहितको बजेट सार्वजनिक गरेका छन् । यहाँका दुुई नगरपालिका सहित...
रेसुङ्गा नगर सरकारको बजेट ७१ करोड
मंगलबार, असार १२, २०८०
जिल्लाको रेसुङ्गा नगरपालिकाले ७१ करोड भन्दा बढीको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नगरप्रमुख खिलध्वज पन्थीले ७१ करोड ८८ लाख ७८ हजार ७ सय ६० बराबरको बजेट ल्याइएको बताए ।
बाजा बजाउने पेसा हराउँदै
मंगलबार, असार १२, २०८०
दोस्रो पुस्ताले रुचि नदेखाउँदा पछिल्लो समय यहाँको बाजा बजाउने पेसा हराउने अवस्था देखा परेको छ । स्याङ्जाको गल्याङ नगरपालिका–८ बङातीमा पुर्खौंदेखि परियार समुदायले बजाउँदै आएको नौमती बाजा पछिल्लो समय नयाँ पुस्ताले अँगाल्न नसक्दा सो पेसा हराउने अवस्था देखिन थालेको हो ।
बजेट माथि निरर्थक बहस
मंगलबार, असार १२, २०८०
१५ जेठमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको सडकदेखि सदनसम्म आलोचना भइरहेको छ । प्रतिपक्ष र सत्ता साझेदार दलहरुबाटै बजेटमाथि आलोचना हुने गरेको छ । प्रतिपक्षको विरोध स्वाभाविक हो, तर सत्ताधारी सांसदहरूले नै चर्को विरोध गर्दा सरकारलाई त्यसको सामना गर्न अप्ठ्यारो परेको देखिन्छ ।...


