नवजनचेतना राष्ट्रिय दैनिक २०८० असार १२ गते सोमबार
मंगलबार, असार १२, २०८०
घुस लिएको अभियोगमा मुद्दा दायर
सोमबार, असार ११, २०८०
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीसमेत तीनजना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सरुवापछि रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही हुने
सोमबार, असार ११, २०८०
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएपछि तोकिएको समयभित्र रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही र तलब भत्ता असुल उपरको नीति कार्यान्वयनमा ल्याएको छ । यस्तै सरुवा भएर जाने कर्मचारीलाई हाजिर नगराउने स्थानीय तहको खाता रोक्काको प्रक्रिया अगाडि बढाउने पनि तयारी सुरू गरिएको छ ।
रैनादेवी छहराले ल्यायो ६५ करोड १८ लाखको बजेट, ३ जिल्ला जोड्ने सडकलाई प्राथमिकता
सोमबार, असार ११, २०८०
रैनादेवी छहरा गाउँपालिकाले आगामी बर्षको लागि ६५ करोड १८ लाख ५६ हजार बजेट विनियोजन गरेको छ । पालिका उपाध्यक्ष युवराज थापाले कुल बजेटको चालुतर्फ ४८ करोड ५८ लाख, ९ हजार र पुँजीगततर्फ १६ करोड ६० लाख ४६ हजार १४ औं गाउँसभामा पेश गरेका हुन् । पालिकाले आगामी बर्ष ९० लाख...
रामपुर नगर सरकारको बजेट : कृषि, पर्यटन र पूर्वाधारमा प्राथमिकता
सोमबार, असार ११, २०८०
जिल्लाको रामपुर नगर सरकारले कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमितामा राख्दै आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । नगर सरकारले नगर सभा तथा १३ औं अधिवेशनमार्फत ६९ करोड ७२ लाख ५० हजार बराबरको बजेट ल्याएको हो ।
तानसेनले ल्यायो एक अर्ब दुई करोडको बजेट, चार विधेयक पारित
सोमबार, असार ११, २०८०
जिल्लाको तानसेन नगर सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि एक अर्ब दुई करोड ८ लाख ६४ हजार ३ सय ३७ बराबरको बजेट सार्वजनिक गरेको छ । शनिबारदेखि सुरु भएको नगरपालिकाको नगरसभा तथा १३ औं अधिवेशनमा उपमेयर प्रतिक्षा गाहा सिंजालीले उक्त बजेट पेस गरेकी हुन् । यो बजेट चालु आर्थिक...
इस्मा गाउँपालिकामा निःशुल्क ‘स्यानिटरी प्याड’
सोमबार, असार ११, २०८०
गुल्मीको इस्मा गाउँपालिकाले सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क वितरण गर्ने भएको छ । आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रममा नै समेटेर महिनावारी हुने उमेरका सबै महिलाका लागि निःशुल्क स्यानिटरी प्याडको व्यवस्था गर्न लागिएको गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताइन् ।
तानसेन र हाम्रो कर्तव्य
सोमबार, असार ११, २०८०
नेपालको लुम्बिनी प्रदेशमा पर्ने पाल्पा जिल्ला ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाले भरिपूर्ण छ । पाल्पाको सदरमुकाम तानसेन काठमाडौं र ललितपुर पछिको तेस्रो तथा पहाडी जिल्लाका नगरपालिकामा पहिलो नगरपालिका हो ।
लागू पदार्थ र अवैध तस्करी रोकौं
सोमबार, असार ११, २०८०
अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस आज विश्वभर मनाइँदै छ । हरेक वर्षको जुन २६ तारिखमा यो दिवस मनाउने गरिन्छ । विश्व समुदायलाई लागु औषधको असर र कारोबारबाट मुक्त गराउनु यो दिवसको उद्देश्य हो । यस वर्ष यो दिवसको नारा जीवन बचाऔँ भन्ने रहेको छ ।
तानसेन नगर सरकारले ल्यायो १ अर्ब २ करोडको बजेट
आइतबार, असार १०, २०८०
जिल्लाको तानसेन नगरपालिकाले आगामी वर्षका लागि १ अर्ब २ करोड बढीको बजेट ल्याएको छ । उसले १३ औं नगर सभामार्फत आगामी वर्ष २०८०/०८१ को लागि १ अर्ब २ करोड ८ लाख ६४ हजार ३ सय ३७ बराबरको बजेट सार्वजनिक गरेको हो ।
मनसुनको समयमा पनि तातो हावाको लहर फैलिनसक्ने
आइतबार, असार १०, २०८०
यसपटकको मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्नेतर्फ सचेत हुन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । प्रि–मनसुनका समयमा फैलिएको तातो हावाको लहरका कारण मानिसको जनजीवन प्रभावित भएको र खेतीबालीमा नराम्ररी असर परेका अवस्थामा मनसुनका समयमा समेत छोटो समयमा देखिन सक्ने भन्दै त्यसतर्फ प्राधिकरणले ध्यानाकर्षण...
नागरिकता प्राप्तिमा असहयोग गर्नेलाई तीन महिना कैद हुने
आइतबार, असार १०, २०८०
नागरिकता प्राप्तिका लागि परिवारका सदस्यले पनि पहिचानका लागि सहयोग गर्नुपर्ने व्यवस्था नेपाल नागरिकता पहिलो संशोधन ऐन, २०७९ मा गरिएको छ । सहयोग नगर्ने परिवारका सदस्यलाई जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेर सहयोग गर्न आदेश दिन सक्नेछ । यस्तो आदेशका अवज्ञा गर्नेलाई तीन महिनासम्म कैद र रु १० हजार जरिवानाको व्यवस्था ऐनमा...


