Shittalpati
प्रदेश प्रमुख शेरचनबाट बकर इद शुभकामना
प्रदेश प्रमुख शेरचनबाट बकर इद शुभकामना लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले इस्लाम धर्माबलम्बीको महान चाड बकर इद (इद उल अजहा)को उपलक्ष्यमा आज शुभकामना सन्देश दिएका छन् । उनले मुस्लिम समुदायको दोस्रो महान् पर्व बकर इद एकापसमा खुसीयाली साटासाट गरी हर्षोल्लासका साथ मनाइने पर्व भएको बताए । 
तानसेनका उपभोक्ताले नगर सरकारलाई भने ‘उपभोक्ता समिति खारेज गरी पानी खुवाऊ’
तानसेनका उपभोक्ताले नगर सरकारलाई भने ‘उपभोक्ता समिति खारेज गरी पानी खुवाऊ’ वर्षैदेखि खानेपानीको समस्या झेल्दै आएका तानसेनवासीले उपभोक्ता समिति खारेज गरी नगर सरकारले जिम्मा लिनुपर्ने बताएका छन् । बुधबार तानसेन नगरपालिकामा भेला भएका उपभोक्ताहरुले वर्तमान खानेपानी उपभोक्ता समिति गैरजिम्मेवार बनेका कारण खानेपानीको समस्या वर्षौंदेखि झेल्नु परेको भन्दै अब समिति खारेज गरी नगर सरकार मातहत ल्याउनुपर्ने बताएका हुन् । 
रामपुर नगर सरकारले पत्रकारिता पढ्नेलाई सहयोग गर्ने
रामपुर नगर सरकारले पत्रकारिता पढ्नेलाई सहयोग गर्ने जिल्लाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रममा पत्रकारिता क्षेत्रलाई प्राथमिकतामा राखेको छ । नगरपालिकाले पत्रकारको क्षमता विकासका लागि स्नातकोत्तर तहमा पत्रकारिता विषय लिएर अध्ययन गर्न चाहने पत्रकारलाई विशेष सहयोग गर्ने भएको हो ।
आज तुलसी रोपी मनाइदैं हरिशयनी एकादशी
आज तुलसी रोपी मनाइदैं हरिशयनी एकादशी आज घरघरमा तुलसीको बिरुवा रोपी हरिशयनी एकादशी मनाइँदै छ । आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीर सागरमा शयन गर्ने धार्मिक विश्वासमा हरिशयनी एकादशी पर्व व्रत, पूजा, पाठ गरी मनाइन्छ ।
बहुउपयोगी तुलसी
बहुउपयोगी तुलसी तुलसीलाई हिन्दू परम्परामा विष्णु भगवानको प्रतिक मानिन्छ । हरेक घरमा तुलसी रोप्ने गरिन्छ । घरमा तुलसीको मठ राखे सुख–समृद्धि हुने धार्मिक मान्यता त छँदैछ, यसको लाभ वैज्ञानिक रूपमा समेत प्रमाणित छ । रुघाखोकी, ज्वरो जस्ता थुप्रै बिरामीहरूको उपचारमा तुलसी, घरेलु औषधिका उपयोगमा ल्याउने गरिन्छ ।
तानसेनमा उपभोक्ताहरुको भेला : खानेपानी उपभोक्ता समिति खारेज गर्ने निर्णय 
तानसेनमा उपभोक्ताहरुको भेला : खानेपानी उपभोक्ता समिति खारेज गर्ने निर्णय  वर्षैदेखि खानेपानीको समस्या झेल्दै आएका तानसेनका उपभोक्ताहरुको भेलाले तानसेन खानेपानी उपभोक्ता समिति खारेज गर्ने निर्णय गरेको छ । बुधबार पूर्णमाया महर्जनको अध्यक्षतामा तानसेन नगरपालिकामा बसेको भेलाले म्याद सकिएपछि पनि गैरकानुनी तरीकाले सञ्चालनमा रहेको समिति तत्काल खारेज गर्ने निर्णय गरेको हो । 
प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८० बहुमतले पारित
प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८० बहुमतले पारित ‘विनियोजन विधेयक, २०८०’ बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेको उक्त विधेयकलाई मत विभाजनमार्फत पारित गरिएको हो । 
स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा बिस्तार गर्न निर्देशन
स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा बिस्तार गर्न निर्देशन दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा पुर्‍याउन निर्देशन दिएको छ । समितिको आज बसेको बैठकमा समिति सभापति प्रकाश पन्थले कार्यक्रम कार्यान्वयनमा देखिएका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गर्दै पहुँच बिस्तार गर्न निर्देशन दिए । 
चलचित्रमा रङ्गकर्मी
चलचित्रमा रङ्गकर्मी रङ्गमञ्चमार्फत चलचित्रमा उदाउने कलाकारको सूचीमा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, कार्म, विपन कार्की, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्मी बर्देवा, विजय बराल, रवीन्द्र सिंह बानियाँ, कमलमणि नेपाल, महेश त्रिपाठी, बुद्धी तामाङलगायत पर्दछन् । उल्लेखित नाम चलचित्रमा स्थापित भएका केही प्रतिनिधि मात्र हुन् ।
राम्दीमा पुल बन्दै
राम्दीमा पुल बन्दै रामनदीधाम राम्दीमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने नमूना पुल बन्ने भएको छ । सिदार्थ राजमार्ग सडकखण्ड अन्तर्गत कालीगण्डकी नदीमाथि नयाँ डिजाइनसहित मोटरेबल पुल बन्न लागेको हो ।
समाजसेवामा प्रतिबद्ध रोटरी क्लब अफ पाल्पा तानसेन
समाजसेवामा प्रतिबद्ध रोटरी क्लब अफ पाल्पा तानसेन रोटरी क्लव एक विशुद्ध सेवामूलक अन्तर्राष्ट्रिय सामाजिक संस्था हो । जसले सामाजिक र मानवीय उत्थानका लागि आफ्नो स्वार्थ भन्दा माथि उठेर विविध सामाजिक गतिविधि गर्दै आएको छ । नेपालसहित विश्वभर रोटरी क्लवहरु स्थापना भएका छन् । पाल्पामा पनि सामाजिक सेवा गर्ने अभिप्रायले सन् २००१, २७ जुनमा रोटरी क्लव अफ पाल्पा...
Weather Update