बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ
स्याङ्जा, जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बहुविवाह मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । स्याङ्जा जिल्ला अदालतबाट बहुविवाह मुद्दामा एक वर्ष कैद सजाय फैसला भई फरार रहेका हरिनास गाउँपालिका–४ का ४१ वर्षीय किम बहादुर थापालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत स्याङ्जाको २०७१ चैत २९ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पुतलीबजार नगरपालिका–१० राङखोलाबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, असार ३२, २०८३
प्रतिक्रिया दिनुहोस्


