Shittalpati
अब समाजवादी गणतन्त्रमा जानुपर्छ : प्रधानमन्त्री दाहाल
अब समाजवादी गणतन्त्रमा जानुपर्छ : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब समाजवादी गणतन्त्रमा जानुपर्ने आवश्यकता औँल्याएका छन् । उनले मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना गरिए पनि जनताको गणतन्त्र नभएको बताउँदै समाजवादी गणतन्त्रमा जानुपर्ने भनाइ राखे । 
बैकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ
बैकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरिएको छ । 
पाँच वर्षभित्र प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाइने
पाँच वर्षभित्र प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाइने शैक्षिक प्रमाणपत्रमा व्यक्तिगत विवरण नमिलेका विद्यार्थीले अब पाँच वर्षभित्र उमेर, नाम र जात सच्याउन पाउने भएका छन् । यही भदौ ६ गतेको मन्त्रिपरिषद् बैठकले उमेर, जात र नाम सच्याउने (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गरेसँगै विद्यार्थीले शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाउने भएका हुन् । 
भैरहवा-दिल्ली, भैरहवा-हङकङ उडान सुरु
भैरहवा-दिल्ली, भैरहवा-हङकङ उडान सुरु नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा-दिल्ली र भैरहवा-हङकङ हवाई उडान सुरु गरेको छ । आजबाट सुरु भएको नेपाल एयरलाइन्सको भैरहवा-दिल्ली र भैरहवा-हङकङको उडान यात्रुबिहीन भएको छ । भैरहवाबाट काठमाडौँ हुँदै दिल्ली र हङकङका लागि आजबाट नेपाल वायुसेवा निगमले उडान सुरु गरेको छ । 
न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न माग
न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न माग नेपाल ट्रेड युनियन महासंघ जिफन्टले श्रम क्षेत्रमा कार्यरत कामदारको हालै वृद्धि भएको न्यूनतम पारिश्रमिक कार्यान्वयन हुनुपर्ने माग गरेको छ ।  जिफन्ट केन्द्रीय उपाध्यक्ष कमल गौतमले बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले गत साउन १ गतेदेखि लागू हुने गरी बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक लागू गर्न माग गरे ।
नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित नगर
नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित नगर स्वास्थ्य उपचारमा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले सामाजिक सुरक्षाका रूपमा स्वास्थ्य बीमा कार्यक्रम शुरू गरेको छ । स्वास्थ्य बीमा ऐन अन्तर्गत स्वास्थ्य बीमा बोर्ड गठन गरेर सञ्चालन गरिएको यो कार्यक्रममा बीमितहरूले तोकिएका स्वास्थ्य संस्थाबाट बीमा सुविधा अनुसारका तोकिएको औषधोपचार निःशुल्क पाउँछन्, तर सरकारले लामो समयदेखि स्वास्थ्य सेवा दिदै आएका...
निर्वाचनको होइन देश र जनताले जित्ने कुरामा काँग्रेसलाई चिन्ता छ : महामन्त्री शर्मा
निर्वाचनको होइन देश र जनताले जित्ने कुरामा काँग्रेसलाई चिन्ता छ : महामन्त्री शर्मा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसको मिसन २०८४ को निर्वाचन नभएको बताएका छन् । उनले ०८४ को निर्वाचन काँग्रेसको चिन्ताको विषय नभए भन्दै देश बनाउने भष्ट्रचार विरुद्धको अभियान रहेको बताए ।
राष्ट्रपतिद्वारा विभिन्न देशमा राजदूत नियुक्त
राष्ट्रपतिद्वारा विभिन्न देशमा राजदूत नियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले सुधीर भट्टराईलाई गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूत पदमा, तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालको आवासीय राजदूत पदमा र घनश्याम लम्साललाई कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।
चालु पुँजी कर्जाको सीमा बढ्यो
चालु पुँजी कर्जाको सीमा बढ्यो नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्दै उत्पादनमूलक उद्योगलाई सहुलियत दिएको छ । केन्द्रीय बैंकले आज चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन तथा परिमार्जन गर्दै उत्पादनमूलक उद्योगका लागि सो व्यवस्था गरेको हो ।
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 
खोलामा डुबेर दुई जनाको मृत्यु
खोलामा डुबेर दुई जनाको मृत्यु खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । रुपन्देही र कपिलवस्तुमा डुबेर दुई जनाको मृत्यु भएको हो । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देहीको तिलोत्तमा नगरपालिका–६ दश नम्बरस्थित सताहा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । वडा–४ का ५५ वर्षीय विष्णु शर्माको खोलामा डुबेर मृत्यु भएको हो ।
Weather Update