Shittalpati
१० पदमा ११ को उम्मेदवारी निर्वाचन आज हुँदै
१० पदमा ११ को उम्मेदवारी निर्वाचन आज हुँदै प्रतिनिधिसभा अन्तर्गतका विभिन्न १० विषयगत समितिको सभापति पदको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ । आज हुने निर्वाचनका लागि सत्तारुढ दलसहित प्रतिपक्षी दलका सांसदहरूले उम्मेदवारी दर्ता गराएका हुन् । प्रतिनिधिसभाको सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्को एक सदस्यको समर्थनसहित उम्मेदवारी मनोनयन दर्ता भएको हो ।
स्याङ्जाको छुर्पी अमेरिका निर्यात
स्याङ्जाको छुर्पी अमेरिका निर्यात स्याङ्जाको वालिङ नगरपालिका–८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित  छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले सहकारीले कृषकबाट दूध संकलन गरेर विभिन्न प्रकारका परिकार उत्पादन गर्दै आएको समेत बताए ।
तानसेनमा लायन्स अन्तर्राष्ट्रियको पदस्थापनसँगै प्रशिक्षण
तानसेनमा लायन्स अन्तर्राष्ट्रियको पदस्थापनसँगै प्रशिक्षण जिल्लाको तानसेनमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ पी एरिया २ को आयोजनामा पदस्थापना तथा प्रशिक्षण कार्यक्रम गरिएको छ । जिल्लाको एरिया २ अन्तर्गत रहेका १२ वटा लायन्स क्लब र दुई वटा लियो क्लबको पदस्थापना र प्रशिक्षण कार्यक्रम भएको हो ।
गणतन्त्रका निरीह सरकार र राजनीतिक दलहरु
गणतन्त्रका निरीह सरकार र राजनीतिक दलहरु जताततै बेथिती र गैर कानुनी कार्यले प्रोत्साहन पाईरहेको छ । राज्यका संयन्त्रहरु सुशाशन र विधिको शासन  स्थापित गर्न नसक्ने भईसकेका छन् । सरकारहरु केहि काम गर्न नै नसक्ने भईसकेको छ । दल र तीनका नेतृत्वहरु कार्यकर्तालाई ढाक छोप गर्दा नै समय बेथित गरिरहेको देखिन्छ । जनतालाई जे बोल्न र जे...
बढ्दो ठगी रोक
बढ्दो ठगी रोक वैदेशिक रोजगारमा जाने कयौ नेपालीहरु ठगिने क्रम बढ्दो छ । नेपालका कतिपय मेनपावरले रोजगारीको लोभमा वर्षौंदेखि हजारौं युवायुवतीलाई पटक–पटक ठगिरहेका छन् । सरकारले वैदेशिक रोजगारमा एजेन्टको संलग्नतालाई गैरकानुनी मान्दै व्यक्तिगत प्रक्रियामा रोक लगाएको वर्षौं भएपनि व्यक्तिगत ठगीमा कमी आएको छैन ।
तानसेनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 
तानसेनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु  जिल्लाको तानसेन नगरपालिका –१४ अर्गेलीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार विहान १ :३० बजे भएको दुर्घटनामा चालक सल्यान कालीमाटी गाउँपालिका – २ का  ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको  हो ।  
रोयल्टी रसिद प्रमाणीकरणपछि बोटे युवाहरुको धर्ना स्थगित
रोयल्टी रसिद प्रमाणीकरणपछि बोटे युवाहरुको धर्ना स्थगित गिट्टी, बालुवा निकासीको रोयल्टी रसिद प्रमाणिकरणको माग गर्दै तीन दिनदेखि बगनासकाली गाउँपालिकाको कार्यालयमा धर्ना बस्दै आएका वडा–६, यम्घा दर्पुकका बोटे युवाहरुले धर्ना स्थगित गरेका छन् । आइतबार पालिकाले रोयल्टी रसिद प्रमाणिकरण गरेको प्रमाणित प्रतिलिपी दिएपछि उनीहरुले धर्ना स्थगित गरेका हुन् ।
करेन्ट लागेर एकको मृत्यु
करेन्ट लागेर एकको मृत्यु रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको रोहिणी गाउँपालिका–४ सुईलिहवास्थित गोएल मेटल उद्योगमा काम गर्ने रौतहट गुजरा नगरपालिका–६ बेदौलीका १९ वर्षीय पप्पु पासवानको करेन्ट लागेर मृत्यु भएको हो ।
समाजवादी प्रेस सङ्गठनले असोजभित्र सातै प्रदेश भेला गर्ने
समाजवादी प्रेस सङ्गठनले असोजभित्र सातै प्रदेश भेला गर्ने समाजवादी प्रेस सङ्गठनले आगामी असोजभित्र सातै प्रदेशमा भेला आयोजना गर्ने भएको छ । सङ्गठनको शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले निर्धारित समयमा ती भेला सम्पन्न गरी सङ्गठनको संरचना र सामथ्र्य विस्तार गर्ने निर्णय गरेको हो ।
आम मानिसमा वित्तीय साक्षरता फैलाउन जरुरी 
आम मानिसमा वित्तीय साक्षरता फैलाउन जरुरी  नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले प्रविधिको विकाससँगै आम मानिसमा वित्तीय साक्षरता बढाउन जरुरी रहेको बताएका छन् ।
दाजुभाइको लोभलाग्दो कृषि कर्म
दाजुभाइको लोभलाग्दो कृषि कर्म नेपाली विषयमा डिग्री हासिल गरेका तानसेन –७ काजीपौवाका गम्बीरजंग रायमाझीसँग सरकारी जागिरको कुनै गुञ्जायस थिएन् । पैसा कमाउन विदेश पलायन हुने सोच कहिल्यै आएन । बरु गाउँघरमै आफ्नो बारीमा खेती गर्न पाउँदा उनी औधी रमाउँथे । १६ वर्ष उमेरदेखि नै व्यवसायिक कृषिमा लागेका रायमाझीको दैनिकी बारीमा फल्दै गरेका कृषिजन्य उपजको...
आज १० अर्बको विकास ऋणपत्र जारी हुँदै
आज १० अर्बको विकास ऋणपत्र जारी हुँदै नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्न लागेको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले  छ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो । ऋणपत्रका लागि आज दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
Weather Update