Shittalpati
टापुधाममा १२ लाख शिवलिङ्ग स्थापना
टापुधाममा १२ लाख शिवलिङ्ग स्थापना शालिग्राम शिला क्षेत्रका रूपमा परिचित टापुधाम क्षेत्रमा १२ लाख १२ हजार आठ सय ८८  शिवलिङ्ग स्थापना गरिएको छ । कालीगण्डकी नदीको तटमा अवस्थित पाल्पा रामपुर नगरपालिका–१ स्थित टापुधाम क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न  शिवलिङ्ग स्थापना गरिएको हो ।
गाउँमा जात्राको रौनक, सहरमा भने हराउँदै 
गाउँमा जात्राको रौनक, सहरमा भने हराउँदै  जिल्लाका ग्रामीण क्षेत्रमा दिनभर रोपाइँ जात्राको रौनक देखियो तर, तानसेनका बजार क्षेत्रमा भने कहींकतै पनि रोपाइँ जात्रा देख्न पाइएन । तानसेनको काजीपौवा, अर्चले, धरमपानी, सापाखुम, बराङ्दीलगायतका स्थानबाट विगतमा रोपाइँ जात्रा बजारक्षेत्रमा ल्याउँथे ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पाल्पामा स्नेहमिलन तथा रक्षाबन्धन
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पाल्पामा स्नेहमिलन तथा रक्षाबन्धन शान्ति, योगा, ध्यान जस्ता विषयमा ज्ञान प्रदान गर्दै आएको ब्रहमाकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रिय कार्यालय पाल्पामा स्नेहमिलन तथा रक्षाबन्धन कार्यक्रम गरिएको छ । जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसर पारेर यहाँ स्नेहमिलन तथा रक्षाबन्धन कार्यक्रम गरिएको हो ।
तानसेन–रिडी सडक दिउँसोमा पनि बन्द
तानसेन–रिडी सडक दिउँसोमा पनि बन्द पाल्पाको तानसेन हुँदै गुल्मीको रिडी पाल्पाको तानसेन हुँदै गुल्मीको रिडी जाने सडक दिउँसोमा पनि बन्द भएको छ । रातीमा ६ घण्टा बन्द हुँदै आएको सडक  शुक्रबारदेखि दिउँसोमा पनि बन्द भएको हो । तानसेन–रिडी सडक खण्डको जोर्तो माथिको उकालोमा सुख्खा पहिरोसहित ढुँगा खसेपछि सडक जोखिममा रहेकाले ढुंगा पन्छाउन सडक बन्द गरिएको...
प्रेस युनियन पाल्पाले भन्यो ‘सदस्य ज्ञवालीप्रति धम्की दिनेलाई कानुनी दायरामा ल्याऊ’
प्रेस युनियन पाल्पाले भन्यो ‘सदस्य ज्ञवालीप्रति धम्की दिनेलाई कानुनी दायरामा ल्याऊ’ नेपाल प्रेस युनियन पाल्पा शाखाले कार्यसमिति सदस्य प्रकाश ज्ञवालीप्रति धम्की दिनेलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ । युनियनले शुक्रबार एक विज्ञप्ति निकाली सामाजिक सञ्जालमा गालीगलौज गर्ने, अपशब्द लेखेर धम्की दिएको घटना प्रति ध्यानाकर्षण भएको जनाउँदै धम्की दिनेलाई तत्काल कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको हो ।
बहराइनमाथि नेपालको जित
बहराइनमाथि नेपालको जित आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । 
पदीय जिम्मेवारी निर्वाह गरे जनताको अवस्थामा परिवर्तन आउँछ : सांसद राना
पदीय जिम्मेवारी निर्वाह गरे जनताको अवस्थामा परिवर्तन आउँछ : सांसद राना लुम्बिनी प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री वीरबहादुर रानाले पदीय जिम्मेवारीमा रहेकाले काम गरे मात्रै पनि जनताको अवस्थामा परिवर्तन आउने बताएका छन् । उनले व्यवस्था परिवर्तन  गरे पनि अवस्थामा परिवर्तन हुन नसकेको भन्दै पदीय जिम्मेवारी निर्वाह गरे मात्रै पनि जनताको अवस्थामा परिवर्तन ल्याउन सकिने बताए ।
बगनासकालीमा एक वर्षीया बालिकाको पानीमा डुुबेर मृत्यु
बगनासकालीमा एक वर्षीया बालिकाको पानीमा डुुबेर मृत्यु जिल्लाको बगनासकाली गाउँपालिका – १ चिलाङ्दीमा पानीमाडुुबेर एक वर्षीया बालिकाको मृत्यु भएको छ ।
जनै पूर्णिमा र रक्षाबन्धनको महिमा
जनै पूर्णिमा र रक्षाबन्धनको महिमा जनै पूर्णिमाको दिन मन्दिर, खोला, पोखरी, पानीको मूल आदि स्थानमा ब्रह्माणद्वारा मन्त्रोच्चारण गरी जनै फेर्ने वा रक्षवन्धन बाँध्ने गरिन्छ । यो डोरा लक्ष्मीपूजाको दिन गाईको पुच्छरमा बाँधिदिने प्रचलन छ । धार्मिक मान्यता के छ भने, यसरी विधीपूर्वक डोरा बाँधेपछि रोग ब्याध नलाग्ने, सुख शान्ति मिल्ने हुन्छ ।
तस्वीरमा जनैपुर्णिमा तथा रक्षाबन्धन
तस्वीरमा जनैपुर्णिमा तथा रक्षाबन्धन पाल्पा,
तानसेनको कैलासनगरमा बिजुलीको पोलमा आगलागी, ठूलो क्षती हुनबाट जोगियो
तानसेनको कैलासनगरमा बिजुलीको पोलमा आगलागी, ठूलो क्षती हुनबाट जोगियो तानसेनको कैलासनगरमा बिजुलीको पोलमा आगलागी,ठूलो क्षती हुनबाट जोगियो
Weather Update