सबैमा चेतना भया...!
बुधबार, भदौ २०, २०८०
ग्रेटवाल भत्काउने दुई जना पक्राउ
मंगलबार, भदौ १९, २०८०
चीनको विशाल पर्खाल अर्थात् ग्रेटवाल भत्काएको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ । उत्तरी शान्क्सी प्रान्तमा उत्खनन यन्त्र प्रयोग गरी ग्रेटवाल को एक भागमा क्षति पुर्याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको केबल न्युज नेटवर्क (सिएनएन)ले जनाएका छ ।
घुस लिएको अभियोगमा मुद्दा दायर
मंगलबार, भदौ १९, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकामा कार्यरत लेखापाल टेकनारायण यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
जापानिज इन्सेफ्लाइटिसबाट एकजनाको मृत्यु
मंगलबार, भदौ १९, २०८०
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँका अनुसार कावासोतीका–२ का ६६ वर्षीय एक महिलाको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको हो । बिरामी भएर भदौ ६ गते चितवनस्थित अस्पतालमा भर्ना भएकोमा उनको भदौ ७ गते मृत्यु भएको हो ।
ऐतिहासिक भगवती जात्राको तयारी तीव्र
मंगलबार, भदौ १९, २०८०
पाल्पाको ऐतिहासिक भगवती जात्राको तयारी तीव्र पारिएको छ । यही भदौ २१ गते बिहीबारका दिन हुन लागेको २०३ औं भगवती रथायात्राको तयारी तीव्र पारिएको श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यबस्थापन समितिले जनाएको छ । समितिले सोमबार पत्रकार सम्मेलन गरी जात्रालाई विजय उत्सवकै रुपमा मनाउने गरी तयारी भइरहेको जनाएको हो ।
संसदीय समितिहरू सक्रिय बन
मंगलबार, भदौ १९, २०८०
प्रतिनिधिसभा निर्वाचन भएको नौ महिनापछि त्यस अन्र्तगतका संसदीय समितिहरूले नयाँ नेतृत्व पाएका छन् । दलीय सहमतिको आधार प्रतिनिधिसभाका १० वटै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका हुन् ।
पाल्पामा जनसरोकारका विषयमा छलफल गर्दै माओवादी
सोमबार, भदौ १८, २०८०
नेकपा माओवादी पाल्पाले जनसरोकारको विषयमा छलफल अगाडि बढाएको छ । उसले जिल्लाको शान्ति, सुरक्षा र सुशासनका सम्बन्धमा पाल्पाका प्रमुख जिल्ला अधिकारीसँग छलफल अगाडि बढाएको हो ।
वर्षाका कारण आजदेखि तानसेनमा हुने भनिएको भलिबल प्रतियोगिता स्थगित, खेल भोलिदेखि हुने
सोमबार, भदौ १८, २०८०
,सोमबारदेखि तानसेनमा हुुने भनिएको पुुरुष भलिबल प्रतियोगिता वर्षाका कारण स्थगित भएको छ । तानसेनको टुँडिखेल मैदानमा भदौं १८ गते दिउँसो ३ बजेदेखि सञ्चालन हुने भनिएको खुला पुरुष भलिबल प्रतियोगिता वर्षाका कारण स्थगित भएको हो ।
तानसेनको भिमसेन रथयात्रा निकालियो
सोमबार, भदौ १८, २०८०
तासेनस्थित भिमसेन टोलमा रहेको भिमसेन रथयात्रा निकालिएको छ । यो हरेक वर्ष टक्सारटोलमा रहेको श्री ७ सूर्यविनायक गणेशको रथयात्रा निकालेको भोलिपल्ट निकाल्ने गरिन्छ ।
गाडीसँग ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु
सोमबार, भदौ १८, २०८०
काठमाडौँमा गाडी र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक २७ वर्षीय दावा दोर्जे शेर्पाको मृत्यु भएको छ ।
छैटौं तलाबाट हाम फालेर एकको मृत्यु
सोमबार, भदौ १८, २०८०
वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ । सोमबार विहान २ बजेतिर सर्जिकल भवनको तलाबाट उनले फाम फालेको अस्पतालको सीसीटीभी फुटेजमा देखिएको छ ।
बौद्ध शिक्षाले जीवन सार्थक बनाउँछ : महास्थविर
सोमबार, भदौ १८, २०८०
बुद्ध विहार भृकुटीमण्डप काठमाडौका प्रमुख धर्म कथिक भिक्षु कोण्डन्य महास्थविरले बौद्ध शिक्षा ग्रहण गर्न सकियो भने जीवन सार्थक हुुने बताएका छन् । धर्मचक्र बौद्ध युवा संघ तानसेन पाल्पाको रजत जयन्तीलाई तानसेनमा सम्बोधन गर्दै बौद्ध शिक्षाले मानव जीवनलाई शान्ति र आत्मज्ञानी बनाउँदै सार्थकता प्रदान गर्ने बताएका हुन् ।

