मोहन कन्याको यात्रा ७४ वर्षमा
सोमबार, भदौ १८, २०८०
कृषि उत्पादनमा गम्भीर बन
सोमबार, भदौ १८, २०८०
मुलुकलाई कृषिप्रधान देश भन्छौं तर, हरेक वर्ष आयातको ग्राफ बढ्दै गएको छ । वर्षमा अर्बौैसम्मको खाद्यान्न आयात गर्नु मुलुकको लागि कदापि राम्रो हुन सक्दैन । यसका अलवा दलहन, तेल, तरकारी, माछा, मासुको आयात निरन्तर बढिरहेको देखिन्छ । एक वर्षमा अर्बौको कृषि उपज आयात हुनु हितकर छैन ।
तानसेनमा टक्सारको गणेश रथयात्रा निकालियो
आइतबार, भदौ १७, २०८०
तासेनस्थित टक्सारटोलमा रहेको श्री ७ सूर्यविनायक गणेशको रथयात्रा निकालिएको छ । यो हरेक वर्ष श्रीनगर सिद्धि विनायक गणेशको रथयत्रा निकालेको भोलिपल्ट निकाल्ने गरिन्छ ।
गुल्मीमा चट्याङ लागेर एकको मृत्यु
आइतबार, भदौ १७, २०८०
गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्युु भएको छ । जिल्लाको मालिका गाउँपालिका–२ दर्लिङ ६० वर्षीय हिरा बहादुर घर्ती रोकाको चट्याङ लागेर मृत्यु भएको हो ।
भ्रष्टाचार अभियोगमा मुद्दा दायर
आइतबार, भदौ १७, २०८०
ख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णय
आइतबार, भदौ १७, २०८०
सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित तीन दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । आज बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूलसमारोह समितिको बैठकले संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो ।
व्यवसायीको दुखेसो : ‘दोहोरो कर नीतिले समस्यामा पर्यौं’
आइतबार, भदौ १७, २०८०
नेपालमा सरकारको दोहोरो नीति र राजनीतिक अस्थिरताका कारण जहिल्यै उद्योगी–व्यवसायी मारमा पर्ने गरेको गुनासो छ । प्राकृतिक विपद्, महामारी र राजनीतिक अस्थिरताका कारण व्यवसाय तहसनहस भइरहँदा दोहोरो कर नीतिले झन आफुहरु समस्यामा परेको व्यवसायीहरुले गुनासो गर्दै आएका छन् ।
जात्रा संरक्षणमा चुनौती
आइतबार, भदौ १७, २०८०
जात्रैजात्राको सहरका रुपमा परिचित तानसेनमा यति बेला जात्राहरु विस्तारै हराउँदै गएका छन् । विगतमा निकै हर्षोल्लासका साथ तानसेनका टोल–टोलबाट निकालिने चुइकी फिराई, लाखे नाच, गाईजात्रा, रोपाइँ जात्रा एकदुई वटामा सीमित भएका छन् ।
तानसेनमा बाघ जात्रा
शनिबार, भदौ १६, २०८०
पाल्पाको सदरमुकाम तानसेनमा बाघ जात्रा देखाइएको छ । बाघको स्वरुपमा तानसेनका युवाहरु सडकमा निस्किएका थिए । बाघ जात्राको दिन युवाहरु बाघको विभिन्न आकृतिहरुमा सडकमा निस्किएका हुन् ।
मैत्री क्लवको वार्षिक उत्सव तथा अधिवेशन, अध्यक्षमा शाक्य
शनिबार, भदौ १६, २०८०
जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशील रहेको मैत्री क्लव तानसेनको वार्षिक उत्सव तथा अधिवेशन तानसेनमा भएको छ । क्लवले ४४ औं वार्षिक उत्सव तथा २० औं अधिवेशन गरेको हो ।
प्रभात काव्यगोष्ठीमा जनजीवनका कविता
शनिबार, भदौ १६, २०८०
नागार्जुन साहित्यिक प्रतिष्ठानले आज आयोजना गरेको ‘सुप्रभात काव्यगोष्ठी’ मा कविहरुले जीवन र अस्तित्वबोधसँग सम्बन्धित रचना प्रस्तुत गरेका छन् ।


