भारतबाट घुम्न आएकी एक विद्यार्थीको फोटो खिच्ने क्रममा तिनाउ खोलामा डुबेर मृत्यु
मंगलबार, कात्तिक २१, २०८०
काँग्रेस पाल्पाद्वारा मीनबहादुर केसीको निधनप्रति शोक व्यक्त
मंगलबार, कात्तिक २१, २०८०
नेपाली काँग्रेस पाल्पाले पाल्पाका शैक्षिक, सामाजिक एवं पार्टीका अग्रज तथा पूर्व जिल्ला सदस्य मीनबहादुर केसीको निधनप्रति दुःख व्यक्त गरेको छ ।
रुपन्देहीबाट पाल्पा घुम्न आएका बिमलको भुतखोलमा डुबेर मृत्यु
मंगलबार, कात्तिक २१, २०८०
रुपन्देहीबाट पाल्पा घुम्न आएका २२ वर्षीय बिमल आचार्यको भुुतखोलमा डुबेर मृत्यु भएको छ । मंगलबार विहान रुपन्देहीबाट घुम्न आएका सिद्धार्थनगर नगरपालिका–९ का आचार्य तिनाउ गाउँपालिका–३ भुतखोलामा अचानक डुब्न पुगेका थिए ।
गुल्मीमा राहदानी बनाउनेको भीड, एकदिन अगावै टोकन
मंगलबार, कात्तिक २१, २०८०
गुल्मीमा राहदानी बनाउनेको भीड लागेपछि जिल्ला प्रशासन कार्यालयले एकदिन अगावै टोकन उपलब्ध गराउन थालेको छ । दसैँ र तिहारजस्ता पर्वको मौका छोपी राहदानी बनाउन आउनेको भीड बढेकाले एकदिन अगावै टोकन वितरण सुरु गरिएको उक्त कार्यालयले जनाएको छ ।
गुल्मी मनिषा हत्या प्रकरण : बाँकेका रहिस पक्राउ [अपडेट]
सोमबार, कात्तिक २०, २०८०
जिल्लाको चन्द्रकोट गाउँपालिका–४, शान्तिपुर स्थित हुग्दीखोलामा मृत फेला परेकी स्थानीय १५ बर्षीया मनिषा रुचालको हत्याका आरोपित रहिस खान पक्राउ परेका छन् ।
भाइटीकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा
सोमबार, कात्तिक २०, २०८०
यस वर्षको भाइटीकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले २०८० सालको भाइटीकाको शुभ साइत सावर्जनिक गरेको हो ।
गुल्मीको एक पसलमा आगोलागी, लाखौंको क्षति
सोमबार, कात्तिक २०, २०८०
जिल्लाको गुल्मीदरबार गाउँपालिका –७ देउराली चारपालामा पसलमा भएको आगलागीबाट लाखौंको सम्पत्ति जलेर नष्ट भएको छ । देउराली चारपाला फेदी निवासी टोपबहादुर बस्नेतको घरमा आगलागीबाट पसलमा रहेको सम्पूर्ण नगद,मोटरसाइकल सहित सम्पूर्ण खाद्यान्न सामाग्री जलेर नस्ट भएको हो ।
अस्ताए पाल्पाका शैक्षिक, सामाजिक क्षेत्रका धरोहर केसी
आइतबार, कात्तिक १९, २०८०
पाल्पाको शैक्षिक, सामाजिक क्षेत्रका धरोहर मीनबहादुर केसीको ७८ वर्षको उमेरमा आइतबार निधन भएको छ । तानसेन नगरपालिका–३ बसन्तपुर निवासी केसीको उपचारकै क्रममा घरमै निधन भएको हो ।
तानसेनमा ‘चीवर दान’ उत्सवसँगै सकियो तीन महिने वर्षाबास
आइतबार, कात्तिक १९, २०८०
बुद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्व तीन महिने वर्षाबास सकिएको छ । तीन महिना वर्षाबासमा बसेका भिक्षुका लागि गरिने कठिन दानका लागि तानसेनमा ‘कठिन चीवर दान’ उत्सवको आयोजना गरी वर्षाबासको समापन गरिएको हो ।
तानसेनमा सर्वसाधारणलाई कण्डम उपहार
आइतबार, कात्तिक १९, २०८०
पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले तानसेन बसपार्कमा भएको सार्वजनिक कार्यक्रममा आदित्य पोखरेललाई एक प्याकेट कण्डम उपहार दिए । प्रमुख जिल्ला अधिकारी बास्तोलाले दिएको कण्डम उपहार युवक पोखरेलले हासिखुसी स्विकार गरे ।
पाल्पाको रम्भामा ट्याक्सी दुर्घटना हुँदा पाँच घाइते
आइतबार, कात्तिक १९, २०८०
जिल्लाको रम्भा गाउँपालिका–३ सेरास्थित सिद्धार्थ राजमार्गमा ट्याक्सी दुर्घटना भएको छ । बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग १ ज १९७० नम्बरको ट्याक्सी घुम्तिमा अनियन्त्रित भई सडक छेउमा रोकि राखेको ग १ त ५२५० नम्बरको ट्याक्टरमा ठोकिन गई दुर्घटना भएको हो ।
रामपुरका विद्यालयमा ‘बुक फ्रि डे फ्राइडे’
आइतबार, कात्तिक १९, २०८०
पाल्पाको रामपुर नगरपालिका भित्रका विद्यालयमा ‘बुक फ्रि डे फ्राइडे’ कार्यक्रम सञ्चालन भइरहेको छ । रामपुर नगरपालिकाले यही शैक्षिक सत्रदेखि शुक्रबार ‘बुक फ्रि डे’ कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
मनिषाको बलात्कारपछि हत्याको आशंका, प्रहरी भन्छ ‘हत्यारा समात्यौं, भोलि सार्वजनिक गर्छौं’
शनिबार, कात्तिक १८, २०८०
जिल्लाको चन्द्रकोट गाउँपालिका–४, शान्तिपुर स्थित हुग्दीखोलामा मृत फेला परेकी स्थानीय १५ बर्षीया मनिषा रुचालको हत्या प्रकरणलाई लिएर यति बेला शान्तिपुर क्षेत्र तनाव ग्रस्त बनेको छ ।


