राष्ट्रपति पौडेलद्वारा टिआरसी विधेयक प्रमाणीकरण
बिहीबार, भदौ १३, २०८१
नेप्से परिसूचक ओरालो यात्रामा
बिहीबार, भदौ १३, २०८१
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ३७ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६ दशमलव ८३ अङ्कले ओरालो लागेर दुई हजार सात सय ४९ दशमलव ५७ मा ओर्लेको छ ।
पाल्पामा लागु औषधसहित एक जना पक्राउ
बिहीबार, भदौ १३, २०८१
जिल्लामा लागुु औषधसहित एक जना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको बगनासकाली गाउँपालिका –५ राम्दीस्थित सिद्दार्थ राजमार्गबाट लागुु औषधुसहित एक जनालाई पक्राउ गरेको हो ।
बस दुर्घटनामा दुईजनाको मृत्यु, २७ घाइते
बिहीबार, भदौ १३, २०८१
बाँकेको राँझा चोक नजिकै रत्न राजमार्गको सुर्खेत सडकखण्डमा आज बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
आजको मौसम : कोशी, गण्डकी, लुम्बिनी र कर्णालीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना
बिहीबार, भदौ १३, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ...
जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने
बिहीबार, भदौ १३, २०८१
जापान सरकारले मानव संसाधन विकास छात्रवृत्ति ९जेडिएस० परियोजनाअन्तर्गत नेपाल सरकारलाई करिब रु ४२ करोड ३० लाख ९४५ करोड ४० लाख जापानी येन० बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ ।
बुुटवलमा विद्युतीय सवारीको प्रवर्द्धन गर्न प्रयास
बिहीबार, भदौ १३, २०८१
नेपालमा पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्न विद्युतीय सवारी साधनलाई विकल्पको रूपमा अगाडि सारेर बहस चल्दै आएको छ । न्यून कार्बन उत्सर्जन हुने भएकाले वातावरणविद् पनि विद्युतीय सवारी साधनकै पक्षमा वकालत गरिरहेका छन् ।
आज विश्व आणविक परीक्षण विरुद्धको दिवस
बिहीबार, भदौ १३, २०८१
आज विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै छ । मानव अस्तित्वलाई विनाशकारी र हानिकारक हुनबाट बच्न आणविक परीक्षणहरू अन्त्य गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।
चाडपर्वको सिजन
बिहीबार, भदौ १३, २०८१
यो वर्षका ठूला चाडपर्वहरु हिन्दुहरुको घर आगनमा भित्रिन थालेका छन् । साउने संक्रान्तिदेखि गाईजात्रा–रोपाइँजात्रा सम्मका चाड हामीले यो वर्ष मनाइसकेका छौं भने तिजदेखि छठसम्मका पर्वहरु आउँदै छन् । महान चाडपर्वहरु मनाउन पैसा र सामानको जोहो गर्न थालिसकिएको छ ।
एकीकृत समाजवादीको केन्द्रीय सचिवमा पाण्डेय निर्वाचित
बुधबार, भदौ १२, २०८१
नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवमा पाल्पाली नेता तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेय निर्वाचित भएका छन् । मंगलबार पदाधिकारीका लागि भएको निर्वाचनमा पाण्डेयले १ सय ४१ मत लिएर सचिवमा निर्वाचित भएका हुन् ।
लुम्बिनी सरकारका मुख्य न्यायाधिवक्ताको शपथ
बुधबार, भदौ १२, २०८१
लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता यमलाल खनालले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।


