नवजनचेतना राष्ट्रिय दैनिक २०८१ भदौ १७ गते सोमबार
सोमबार, भदौ १७, २०८१
विकास र समृद्धिका लागि शान्ति र राजनीतिक स्थायित्वः मन्त्री दाहाल
आइतबार, भदौ १६, २०८१
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकास र समृद्धिका लागि शान्ति र राजनीतिक स्थायित्व आवश्यक भएको बताएका छन् । प्रेस चौतारी नेपाल, रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले विकास र समृद्धिकै लागि राजनीतिक स्थिरता दिन संसद्का दुई ठूला दल मिलेर सरकार निर्माण गरेको बताए ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल र डिजेलको मूल्य अब कति ?
आइतबार, भदौ १६, २०८१
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार निगमले आइतबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।
नेप्से परिसूचकमा ५३ अङ्कको गिरावट, कारोबार रकम साढे १० अर्बमा खुम्चियो
आइतबार, भदौ १६, २०८१
साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा करिब दुई प्रतिशतको गिरावट देखिएको छ भने कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक ५३ दशमलव ६३ अङ्कले घटेर दुई हजार छ सय ९५ दशमलव ९३ को विन्दुमा कायम भएको हो ।
देशकै ठूलो अस्पताल बन्दै ‘लुम्बिनी अस्पताल’
आइतबार, भदौ १६, २०८१
लुम्बिनी प्रादेशिक अस्पताल देशकै ठूलो अस्पताल बन्ने बाटोमा अगाडि बढेको छ । लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा लिइएको यो अस्पतालको शनिबार १ हजार २ सय शैयाको भवन शिलान्यास भएसँगै देशकै ठूलो अस्पताल बन्ने निश्चित भएको हो ।
गुल्मीमा तीन हजार करदाताले बुझाएनन् कर विवरण
आइतबार, भदौ १६, २०८१
जिल्लामा ३ हजार करदाताले कर विवरण नबुझाएको पाइएको छ । आर्थिक वर्ष २०८०/२०८१ मा जिल्लामा १३ हजार २ सय ८७ करदाता दर्ता भएकोमा ३ हजार करदाताले कर विवरण नबुझाएको पाइएको हो । करदाता सेवा कार्यालयका अनुसार कूल करदाता मध्ये १० हजार २ सय ८७ करदाताले आफ्नो कर विवरण बुझाए पनि...
सत्य निरूपण विधेयक पारितको सार्थकता
आइतबार, भदौ १६, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रमाणिकरण भएको छ । संघीय संसद्का दुवै सदनबाट पारित भएर आएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम गत बिहीबार प्रमाणीकरण गरिएको हो ।
चन्द्रमा कमजोर भए के हुन्छ र ? स्त्रीलाई :
शनिबार, भदौ १५, २०८१
ज्योतिष शास्त्रमा महत्वपुर्ण ग्रहको आधारमा चन्द्रमा रहेको छ । चन्द्रमा स्त्री कारक ग्रह हो र चन्द्रमा मन को मालिक ग्रह हो । ज्योतिष शास्त्रका विभिन्न ग्रन्थमा चन्द्रमा कमजोर भएमा के के हुन्छ भन्ने कुरा बृहतहरूमा बर्णन गरिएको छ । चन्द्रमा शुभ ग्रह र पापग्रह पनि हो ।
बुटवललाई आर्थिक राजधानी बनाउन सबै एकजुट हुनुपर्छ : अर्थमन्त्री पौडेल
शनिबार, भदौ १५, २०८१
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुटवललाई आर्थिक राजधानी बनाउने विषयमा यहाँका जनप्रतिनिधि, नागरिक समाज, स्थानीय सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।
बिरामी बोकेको एम्बुलेन्समा आगलागी
शनिबार, भदौ १५, २०८१
विरामी बोकेको एम्बुलेन्समा आगलागी भएको छ । स्याङ्जाको पुतली बजार नगरपालिका– ११ करेनडाँडास्थित सिद्धार्थ राजमार्गमा वालिङबाट बिरामी बोकेर पोखरातर्फ गइरहेको एम्बुलेन्समा आगलागी भएको हो ।
प्रेस चौतारी पाल्पाले गर्यो तीज विशेष कार्यक्रम
शनिबार, भदौ १५, २०८१
प्रेस चौतारी नेपाल पाल्पा शाखाले हरितालिका तीजको अवसरमा भेटघाट, शुभकामना आदान प्रदान तथा दर खाने तीज मिलन कार्यक्रम गरेको छ । चौतारी तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष ओमबहादुर घर्तीमगरले चौतारी पाल्पाले मौलिक कला संस्कृतीको जर्गेना गर्दै एक आपसमा भेटघाट गराउदै दुःख सुख साट्ने काम गरेको बताए ।


