Shittalpati
मखनटोल टोल विकासले सञ्चालन गर्‍यो तिहार बजार   

पाल्पा, मखनटोल टोल विकास संस्थाले तिहारलाई लक्षित गरी तिहार बजार सञ्चालन गरेको छ । तिहार भाईटिकाको लागि चाहिने आवश्यक फूल, माला, टिका, भाईमसला, ओखर काजु बदाम, गढी छोडा ल्याङ, सुपारी, सप्तरंगी टिका, विभिन्न प्रकार रोटीका परिकार, ढाका टोपी, कपडाहरुको स्टल एकै स्थानमा राखी तिहार बजार सञ्चालन गरेको हो ।

गत बर्षैदेखी मखनटोल टोल विकास संस्थाले तानसेनमा तिहार बजार सञ्चालन गर्दै आएको छ । तिहारका लागि आवश्यक बस्तु चिउरीको पात, सिन्का विविरा, विभिन्न किसिमका फलफूलहरु, मिठाईहरु समेत विभिन्न स्टलहरुमा राखिएका थिए । झिनिया रोटी त तानसनेकै पुरानो रोटीको परिकारमा परिचित रहेको छ ।

तानसेन नगरपालिकाका भित्रको नमुना टोल विकास संस्थाको रुपमा रहेको मखनटोल टोल विकास संस्थाले तिहार बजारको लागि विभिन्न सरसमान देखी लाउने, खाने, सजाउने, जस्ता सरसमानहरुको करीव ३५ वटा स्टहरु सञ्चालन गरेको संस्थाकी अध्यक्ष ज्ञानु कार्कीले बताईन ।  तिहार बजारमा करीव ५ लाख बराबरको कारोबार भएको संस्थाकी पूूर्व अध्यक्ष ज्योती राजभण्डारीले बताईन । आइतबार विहान ११ बजे देखी सञ्चालन भएको तिहार बजार बेलुका सम्म चलिरहेको थियो । तिहार बजारमा सबै किसिमका सरसमानहरु किनमेल गर्न पाएकोमा खुसी लागेको बगनासकाली –१  चिर्तुङ्गधारीकी विमली थापाले बताईन् ।

मखनटोलको तेस्रो सडकमा सञ्चालन भएको तिहार बजारलाई व्यस्थित रुपमा सञ्चालनको लागि संस्थाका पदाधिकारी, सदस्यहरु  विहानै देखी खटिएका थिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update